प्रदेश ब्युरो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानहरूलाई सरकारले दिने निर्णय गरेको क्षतिपूर्ति रकम यथाशीघ्र भुक्तानी गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै महामन्त्री थापाले सरकारले पहिल्यै निर्णय गरिसकेको ५८ करोड रुपैयाँ क्षतिपूर्ति रकम दिन ढिला सुस्ती भइरहेको प्रति प्रश्न गरे ।

‘अहिले सयौंको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । सरकारले बर्ड फ्लुको संक्रमण फैलिन नदिन क्षतिपूर्ति दिने घोषणा गरेर किसानका फार्ममा हुर्किरहेका कुखुरा नष्ट गर्‍यो, सरकारले उनीहरूलाई क्षतिपूर्ति दिने भनेको छ, कृषि मन्त्रालयले निर्णय पनि गरिसकेको छ,’ थापाले भने, ‘तर मन्त्रालयले दिन चाहेको छैन, मन्त्रालय किसानलाई क्षतिपूर्ति दिँदैन, तर बैंकले किसानलाई उठिबास लगाइरहेका छन् ।

OM Sai Pathibhara Hospital

बैंकको ऋणले थिचिएका साना किसानहरुले क्षतिपूर्ति रकम लिन कहिलेसम्म कुर्न पर्ने हो ? कि किसानले अप्रिय निर्णय नगरेसम्म नदिने हो ?’ थापाले सरकारले किसानलाई ५८ करोड रुपैयाँ क्षतिपुर्ति दिने निर्णय गरेपनि अहिलेसम्म नदिएको भन्दै ध्यानाकर्षण गराए ।