प्रदेश ब्युरो । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

सिन्धुलीका युवराज पौडेलले निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको उक्त पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको सवैधानिक इजलासको फैसलाले अनागरिक भएको ठहर गरेको र निजले दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनत अवैद्यानिक नागरिकता पेश गरी निजको अध्यक्षतामा बैठक बसेर दल खोल्न गरेको निर्णय अवैद्यानिक ठहर भएको रहेको उजुरीमा उल्लेख छ ।

OM Sai Pathibhara Hospital

उक्त पत्रमा राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने काम अन्तर्गत राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनियता भंग गर्ने काम गरेको आरोप समेत उल्लेख छ ।

Screenshot_2023_0201_190500सर्वोच्च अदालत संवैधानिक इजलासको फैसलाले निज रवि लामिछानेलाई अनागरिक भएपछि मात्र प्राप्त हुने संवैधानिक व्यवस्था रहेको छ । तर्सथ एउटा गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा उप दफा (ख) र (ग) बमोजिमका राष्ट्रिय गोपनियता भंग हुने कार्य भएका छन् । अत ः राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी खारेज भागी छ तत्काल खारेज गरी पाउँ ।’ उक्त उजुरीमा भनिएको छ