राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली नागरिक भएको  राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले दाबी गरेका छन्सा

माजिक सञ्जालमार्फत उपाध्यक्ष मिश्रले लामिछाने नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक भएको बताएका हुन्। उनले धेरैले लामिछाने अनागरिकरराज्य विहीन भएको टिप्पणी गरेको भन्दै यस्तो दाबी गरेका हुन्। 

OM Sai Pathibhara Hospital

नेपालको संविधान, पृष्ठ ४ मा नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्, लेखिएको छ मिश्रले भनेका छन्– उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिकरराज्य विहीन होइनन्,। 

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको सांसद पद खारेज गरेको हो।