झापा । रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको छ। लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नेपाली नागरिकता पुन: कायम गराएका हुन् ।

लामिछानेका सचिवालय प्रमुख  दिपक बोहराले सर्वोच्च अदालतको आदेश बमोजिम आज जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको जानकारी दिएका हुन्। लामिछाने गृह मन्त्री हुँदा बोहरा उनको स्वकीय सचिव थिए ।

OM Sai Pathibhara Hospital

शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता कायम गर्ने प्रक्रिया सुरु नै नगरेको पाईएको भन्दै उनी नेपाली नागरिक कायम नरहेको आदेश दिएको थियो । साथै उनी नेपाली नागरिक नरहेको अवस्थामा  नै पार्टी दर्ता गरेको, निर्वाचन लडेको, विजय भएको, सांसदको सपथ लिएको, मन्त्री भएको देखिएकोले अदालतले ति सबै काम बदर गरिदिएको थियो । सोहि अनुसार लामिछानेले शुक्रबार नै उपप्रधान तथा गृह मन्त्रीको पदबाट राजिनामा दिएका थिए ।

अब उनको नेपाली नागरिकता पुन: कायम भएसँगै उनी फेरी पार्टी सभापति रहन सक्ने छन् । त्यस्तै उनले फेरी गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने चर्चा छ । उनको सांसद पद पनि गुमेकोले उनी निर्वाचित भएको चितवन २ मा भने उपनिर्वाचन हुने छ । नेपाली नागरिक कायम भईसकेकोले उनले सो स्थानमा  उम्मेदवारी दिन सक्ने छन् ।