राजनीति

    Showing 6,921-6,930 of 9,634 items.
  • प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण रोक्न माओवादी नेताको माग

    काठमाडाैँ / नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले प्रधानमन्त्री र प्रधानसेनापतिको आसन्न अमेरिका भ्रमण स्थगित गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेता गुरुङले नेपालको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै भ्रमण रोक्न सुझाव दिएका हुन् ।पछिल्लो समय अमेरिकी अधिकारीहरू नेपाल आउने क्रम बढेको र उनीहरूका गतिविधिले नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा सामेल गराउने आशंका बढ्दै गएको उनको भनाइ छ ।मुलुक अमेरिकी सैन्य गठबन्धनमा सामेल भए नेपालले युक्रेनको अवस्था भोग्नुपर्ने बताउँदै उनले भने, ‘प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्दा मुलु

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 135 पटक पढिएको
  • मिटरब्याजीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी सप्तरीका रामदेव तेलीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।तेलीले चर्को ब्याजमा ऋण दिएर सर्वसाधारणलाई दुःख दिने गरेको पाएपछि प्रधानमन्त्री देउवाले उनलाई कारवाही गर्न खाँडलाई निर्देशन दिएका हुन् । तेलीले चर्को ब्याज लिएर सर्वसाधारणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले लगाउने गरेपछि मिडियामा आएको हो । सोही विषयमा संसद्मा समेत सांसदहरुले कारवाही गर्न माग गरेका छन् ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 98 पटक पढिएको
  • एमालेसँग एक्लै निर्वाचन लड्ने कसैको हिम्मत छैन : ओली

    विराटनगर / नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचनमा एक्लै लड्न कसैले आँट नगरेको बताएका छन् । एमाले मोरङले विराटनगरमा शुक्रबार आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अरु सबै दल एकातिर भएपनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी एमाले भएको बताए ।‘उनीहरूले प्राप्त गरेको मत एक्लै होइन । सबैका जुठा गाँस हुन्’, उनले भने, ‘सिट सङ्ख्यामा केही थोरै जित्यौँ, तरपनि मतको आधारमा एमाले सबैभन्दा बढी जनमत भएको पार्टी हो ।’ उनले एमालेसँग एक्लै लड्न नसक्ने भएकाले नै पाँच दलीय सत्ता गठबन्धन बनेको आरोप लगाए । सत्ता ग

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 104 पटक पढिएको
  • ‘फेरि मूल्यबृद्धि गरेकामा सरकारलाई बधाई’

    काठमाडौं / नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारलाई बधाई दिएका छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गरेर जनतालाई उपहार दिएको भन्दै सरकारलाई व्यंग्यात्मक बधाई दिएका हुन् । ‘सरकारले फेरि पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ’ सांसद बस्नेतले भने,  ‘जनता भोकै मर्नुपर्ने गरि सरकारले चालेको यो कदमका लागि प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हार्दिक बधाई छ ।’अब लामो समय विकास बजेट खर्च नहुने अवस्था देखिएको उनले बताए । निर्माण व्यवसायीले भुक्तानी नै नपाएका कारण अब विकास नै नहुने अवस्था बन्ने उनको भनाइ थियो।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 106 पटक पढिएको
  • प्रधानमन्त्रीका कारण मन्त्री हेरफेर रोकियो : नेपाल

    काठमाडौं  / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाका कारण मन्त्री हेरफेर रोकिएको बताएका छन् ।पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी पुगेका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताएका हुन् ।नेपालले भने, ‘टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनुपर्नेछ त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ, नमान्ने कुरै छैन । मन्त्रीको नाम प्रधानमन्त्री समक्ष गइसकेको छ । छिट्टै हुन्छ भन्ने आशा राखेको छु ।’

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 112 पटक पढिएको
  • एमालेले माग्यो गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा

    काठमाडौँ / नेकपा एमालेले गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको राजीनामा मागेको छ । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा एमाले सांसद लालबहादुर थापाले बूढीगंगामा कानुनविपरीत निर्वाचन प्रक्रिया प्रभावित पारिएको भन्दै गृहमन्त्री खाँण र प्रमुख आयुक्त थपलियाको राजीनामा माग गरेका हुन् । बाजुराको बूढीगंगा नगरपालिकामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । बूढीगंगाका केही वडाहरूमा कांग्रेस र एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गरेर मतदान गर्दा कतिपय स्थानमा ९९ प्रतिशत बढी मतदान भएको विवरण सार्वजनि

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 105 पटक पढिएको
  • धरानमा अन्तरघात गर्ने ३ जना कांग्रेस नेताहरूलाई पार्टीबाट आजीवन बहिष्कार

    धरान / धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हराउन लागिपर्ने नेताहरूलाई कारबाहीको प्रकृया अगाडि बढाइने भएको छ । धरान - १२ नम्बर वडा समितिको ज्येष्ठ २३ गतेको बैठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो ।गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान -१२ मा वडाध्यक्षका उम्मेदवार विष्णु तामाङ पराजित भए । उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापति प्रदिप शाक्यले भूमिका खेलेको बैठकको निष्कर्ष छ । शाक्य सहित प्रदेश क्षेत्रीय सदस्य एकराज राई र महाधिवेशन प्रतिनिधि निर्मला शाक्यले समेत कांग्रेस उम्मेदवार हराउन लागि

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 118 पटक पढिएको
  • नेकपा एसको मन्त्री फेर्ने निर्णय देउवाद्वारा अस्वीकार, पुरानैले निरन्तरता पाउने

    काठमाडौँ / सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फेर्ने निर्णय अलपत्र परेको छ । छोटो समयका लागि मन्त्री हेरफेर गर्न नहुने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानपछि तत्काल समाजवादीको निर्णय अलपत्र परेको हो। समाजवादीको आइतबार बसेको सचिवालय बैठकले आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो । सो निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीमा सिफारिस भएका चार जनाको नाम प्रधानमन्त्री देउवालाई बुझाएका थिए ।  समाजवादीले उक्त निर्णय गरेसँगै पार्टी भित्र विवाद भएको थियो । बजेटको व

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 103 पटक पढिएको
  • एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

    काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौंमा जनप्रतिनिधिरुलाई प्रशिक्षण दिने भएको छ । पार्टीको शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नव निर्वाचित मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष, जिल्ला समन्वय प्रमुख र वडा अध्यक्षहरुको लागि अभिमुखिकरण गर्ने उदेश्यले आगामी असार ४ र ५ गते सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।यस्तै बैठकले निर्वाचनमा पार्टी र गठबन्धनको भूमिका सम्बन्धमा समीक्षा प्रतिवेदन तयार गर्न सात नेतालाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।जसका लागि प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधार, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 92 पटक पढिएको
  • एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको शपथ आज

    काठमाडौँ / नेकपा एकीकृत समाजवादीबाट सिफारिस भएकाहरूले आजै पद तथा गोपनियताको शपथ लिने भएका छन् । उनीहरूलाई आनै शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।शीतल निवासमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई शपथ ग्रहण गराउने छिन् । शपथ ग्रहण दिउँसो हुने भनिए पनि समय निश्चित भइसकेको छैन ।पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले हिजो (आइतबार) मन्त्रिपरिषद्मा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको थियो ।एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 89 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.