काठमाडौं : नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्। २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी भएका हुन्। उनी निवर्तमान महासचिव पनि हुन्।

बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाए। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए। सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो।

OM Sai Pathibhara Hospital

निर्वाचनमा १५१७ मत खसेको थियो। त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन्। उनले ७३३ मत प्राप्त गरे ।उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले  विजयी भएका छन्।