झापा - नेकपा एमालेले 'मिसन ग्रासरूट' सुरू गरेको छ। पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अध्यक्ष केपी शर्मा ओलीले आज शुभारम्भ गरेका हुन्।

OM Sai Pathibhara Hospital

पार्टीलाई जगैदेखि बलियो बनाउने भन्दै एमालेले यो अभियान सुरू गरेको हो। एमालेले यो अभियानअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई गाउँ-गाउँमा खटाएको छ।

पार्टीका तल्ला तहमा गएर संगठन विस्तारका लागि काम गर्ने, सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने जस्ता काम गर्न पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई एमालेले जिम्मेवारीसमेत दिएको छ।