झापा- गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडीमाथि हातपात भएको छ । जनयुद्धको विषयमा सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू(क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले मंगलबार बिहान  क्याम्पस प्रमुखमाथि हातपात गरेका हुन् ।

OM Sai Pathibhara Hospital


इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वमा आएका विध्यार्थहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेबलसमेत तोडफोड गरेका छन् । दवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिको विरोधमा अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइले सोमबार राति विज्ञप्तिसमेत जारी गरेको थियो । दवाडीले ‘कथित जनयुद्ध शब्दलाई वैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ भन्ने अभिव्यक्ति दिएको भन्दै १२ घण्टाभित्र सार्वजनिक रुपमा माफी  माग्नुपर्ने  विद्यार्थीले विज्ञप्ति उल्लेख गरेका थिए । माग पुरा नभए पछि मंगलबार क्याम्पस प्रमुखकै कार्यकक्षमा प्रमुखमाथि हातपात गरेका हु्न् ।