राजनीति

    Showing 6,491-6,500 of 9,630 items.
  • केपी ओलीलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवार पाठक (भिडियाे रिर्पाेटसहित)

    झापा / निर्वाचन आयोगको तथ्याङ्कअनुसार यस पटक प्रतिनिधिसभा चुनावका लागि देशभरबाट ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसमध्ये कतिपय पार्टीबाट बागी उम्मेदवार बनेका छन् । तर, कतिपय उम्मेदवारहरू यस्ता पनि छन्, जो त्यस क्षेत्रको चुनावी परिणामको निर्णायक बन्ने हैसियत राख्छन् ।चुनाव जिते पनि वा नजिते पनि ती स्वतन्त्र उम्मेदवारका कारण गठबन्धनको जोड कमजोर बन्न सक्छ । त्यस्तै, आफ्नो किल्ला सम्झने नेताहरूका लागि यी उम्मेदवारहरूले यस पटक राम्रै पाठ भने पक्कै पनि सिकाउनेछन् ।यस पटकका चर्चित स्वतन्त्र उम्मेदवारमध्येका एक हुन् दीपक कुमार पाठक (युग पाठक) । उनी यस अर्थमा पनि चर्चित छन् कि झापा –५ मा एमाल

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 115 पटक पढिएको
  • चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा

    चितवन  / सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ ।चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।चुनाव नजिकिँदै जाँदा नेताहरू देश दौडाहामा छन् । गठबन्धनका नेताहरू केही दिन अघि मात्र सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर फर्केका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मंसिर ४ गते देश भर एक साथ आम निर्वाचन हुने भएको छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 97 पटक पढिएको
  • बेतना सिमसार अगाडि सर्पदंश उपचार केन्द्र खोल्छु : डा. शर्मा

    मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले बेलबारीको बेतना सिमसार अगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने भन्दै स्थानीय स्तरमै तत्काल उपचारको व्यवस्था मिलाउन सर्पदंश उपचार केन्द्र सञ्चालनको योजना बनाएको बताए । किसान परिवारको बसोबास उल्लेख्य रहेको बेलबारी क्षेत्रमा वर्षेनी सर्पदंशबाट मानिसहरूको ज्यान जा

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 90 पटक पढिएको
  • मतदातालाई रेखा थापाको प्रश्न - छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?

    बेलबारी / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर -३ की उम्मेदवार रेखा थापाले पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने भन्दै मतदातालाई प्रश्न गरेकी छन् । शुक्रवार थापाले घरदैलो कार्यक्रमको २५ औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन् पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ रु आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाइको महान् पार्टी कहिलेसम्म जोगाइदिने र ? कस्कोलागी जोगाइदिने ? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ थापाले युवा पुस्त

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 89 पटक पढिएको
  • आफू विरुद्ध अनैतिक गतिविधि नगर्न कांग्रेस र राप्रपाका कार्यकर्तालाई डम्बर गिरीको आग्रह

    बिर्तामोड  / सामाजिक सञ्जाल ‘फेसबुक’ मा हालेको पोस्टमा जथाभावी कमेन्ट नगर्न र आम मतदाताहरूमा मिथ्या सूचना नफैलाउन डम्बर गिरीले सबैलाई आग्रह छन् । कांग्रेस र राप्रपाका कार्यकर्ताहरूले सामाजिक सञ्जाल ‘फेसबुक’मा हालेको पोष्टहरुमा जथाभावी कमेन्ट गर्ने, पम्प्लेटमा कोरिदिने र झन्डाहरू उखालेर फाल्दिने गरेको भन्दै यस्तो अनैतिक काम नगर्न गिरीले खबरदारी गरेका हुन् । सामाजिक सञ्जालमा राप्रपा र कांग्रेसका कार्यकर्ताहरूले कसैलाई हराउन  पैसा खाएर उठेको भन्दै गलत प्रचार गर्ने उनको आरोप छ । चुनाव हार्ने भएपछि नेताहरूले नै कार्यकर्तालाई यस्तो अनैतिक गतिविधि गर्न लगाएको उनको भनाइ छ ।आसन

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 150 पटक पढिएको
  • चुनाबी सभा र प्रचार प्रसारमा व्यस्त गठबन्धनका उम्मेद्वार

    बिर्तामोड / झापा क्षेत्र नं-२ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार राना, प्रदेशसभ-२ का उम्मेद्वार खगेन्द्र मैनाली, प्रदेशसभा–१ का उम्मेद्वार पुष्प पोखरेल सहित गठबन्धनका कार्यकर्ताहरूले अर्जुनधारा एवं बिर्तामोड नगरपालिकाका विभिन्न वडामा प्रचार अभियान सम्पन्न गरेका छन् । क्षेत्र नं-२ प्रदेशसभा-२ अन्तरगत अर्जुनधारा वडा नं-११ मा घरदैलो एवं कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार रानाले आफूले अर्जुनधारा नगरप्रमुखको भूमिकामा रहँदा थुप्रै जनमुखी एवं विकास निर्माणका काम गरेको उदाहरण पेश गर्दै संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं जन-समृद्धिका क्षेत्रमा काम

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 92 पटक पढिएको
  • बागी सहित १० जना नेता तथा कार्यकर्तालाई एमालेले गर्यो कारबाही

    झापा / नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीले बागी उमेदवारलाई सहयोग गरेको भन्दै धरानका १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीको निर्णयविरुद्ध गतिविधिमा लागेको भन्दै कारबाही गरिएको एमालेले जनाएको छ ।  एमाले प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीसहित १० नेतालाई जिल्ला कमिटी सुनसरीले कारबाही गरेको हो । कारबाहीमा परेका कार्की एमालेबाट विद्रोह गर्दै प्रतिनिधिसभामा उम्मेदवारी दिने मनोज मेन्याङ्बोको निर्वाचन परिचालन कमिटीका सदस्य छन् । कारबाहीमा पर्ने उद्धव श्रेष्ठ एमाले परित्याग गरी राप्रपा प्रवेश गर्दै प्रदेशसभा

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 87 पटक पढिएको
  • ओलीलाई बहुमत दिनु भनेको पुनः संविधान च्यात्नु हो : प्रचण्ड

    झापा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बहुमत दिनु भनेको पुनः संविधान च्यात्नु जस्तै भएको टिप्पणी गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका-६, नयाँसाँघुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।अहिले पनि राजतन्त्रकै पुनर्स्थापना गर्नुपर्‍यो भन्ने दलसँग तालमेल गरेर मुलुकको एकतालाई कमजोर पार्न चाहने तत्त्वहरूसँग फेरि संविधान मिच्ने दुस्साहस भइरहेको उनको भनाई छ । ‘मैले जनतासँग भन्ने गरेको छु । अरू गठबन्धनका नेताहरूलाई छोड्नुपर्ने हुन्छ । उहाँहरू भन्नुहुन्छ, खासगरी केपी ओली जी’ ले क

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 105 पटक पढिएको
  • उम्मेदवारले अनलाइन सञ्चारमाध्यममा पनि चुनावको विज्ञापन गर्न पाउने

    झापा  / निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले मंसिर ४ मा हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको हो ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारसमेतले पालना गर्नु पर्ने सञ्चार माध्यमको प्रयोग सम्बन्धी आचरण अन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था छ ।तर, अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्ल

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 106 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.