काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईले अवसरवादी र गद्दार चिन्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले क्रान्ति र योगदानको विषय जोड्दै त्यसैबाट अवसरवादी र गद्दार चिन्नुपर्ने बताएका छन्। 

क्रान्ति लामो समयको अभियान रहेको भन्दै क्रान्तिको कठिन परिस्थितिमा भाग्नेले नै विजयी भएपछि अवसर लिन क्रान्तिवीरको अभिनय गर्ने उल्लेख गरेका छन्। 'क्रान्ति र जनबिद्रोह भनेको पहिला बुझ्न र आत्मसात लिन जरुरी छ। क्रान्ति र जनविद्रोह भनेको क्षण भरमै हुने कुरा होइन्,' प्रसाईले भनेका छन्। 

OM Sai Pathibhara Hospital

क्रान्तिबारे व्याख्या गर्दै उनले भनेका छन्, 'क्रान्ति र जनविद्रोह सुरु गर्दा सुरुसुरुमा धेरै असिमित मानिसहरूको भिड भेला हुने गर्दछ । जब क्रान्ति र जनविद्रोह अघि बढ्छ र अघि जम्मा भएको असिमित भिडभाडबाट आत्मासमर्पण गर्ने कोही लुक्ने भाग्ने गर्छन्। क्रान्ति र जनविद्रोह छाडेर कोही बीच बाटामै हराउँछन् मानौँ कि एकपटक क्रान्ति र जनविद्रोह एक्लो जस्तो हुन्छ । जब क्रान्ति र विद्रोह उत्सर्गमा पुग्छ र क्रान्तिले विजय हासिल गरेपछि भाग्ने ,लुक्ने, बीच बाटामै हराउने फेरि फर्केर क्रान्तिवीरको नाममा हामीले ठूलो क्रान्ति गरेयौँ भन्दै विजय उत्सव मनाउन आफैँ अबिर ल्यएर आफैँलाई दलेर विजय उत्सवमा जम्मा हुने भिडलाई अवसरवादी र गद्दारको भिड भन्ने बुझ्नुपर्छ!'