काठमाडौँ- एक महिनाअघि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षमा लड्न तयार रहेको दाबी गरे। सार्वजनिक मन्चदेखि बैठकसम्म उनले समाजवादलाई अघि बढाउन आफू अध्यक्षमा लड्ने कसिलो कुरा राखे।

उनले अध्यक्षमा लड्नकै लागि मध्य बानेश्वरमा सचिवालय पनि खोले। उनले सचिवालयमार्फत सन्चारमाध्यमलाई भने, 'म अध्यक्षमा लड्छु, महासचिवमा घनश्याम भुसाल।'

OM Sai Pathibhara Hospital

यो कुरा बाहिरिएपछि भने उनको सचिवालय हडबढायो। आफूहरूले सचिवालय नखोलेको बतायो। यता भुसालसँग कुरा भए पनि लड्ने गरी कुराकानी नभएको बतायो।

खनालले भने सार्वजनिक मन्चमा सधै नेतृत्व लिन तयार रहेको दाबी गरिरहे। समाजवादीभित्र सर्वसम्मत अध्यक्षको कुरा आउँथ्यो, तर तीन नेताले दाबी गरिरहन्थे। अहिलका अध्यक्ष माधव नेपालदेखि महासचिव भुसालसम्म अध्यक्षको दाबेदार रहन्थे। तर तिन नेता नै भन्थे, 'हामी सर्वसम्मत टुंग्याउँछौ, भिड्दैनौ।' तर बाहिर यसो भने पनि नेतालाई आ आफ्नो तयारी अघि बढाए।

एमालेका पूर्वअध्यक्ष रहेका खनालले त छाड्ने कुरै भएन। तर, हिजो एक्कासि खनालको सचिवालयबाट बाहिरियो, खनालले नेतृत्वमा दाबी छाडे। भुसाललाई समर्थन गरे।

भुसाल खनाल निवास डल्लु पुगेका थिए। उनले सार्वजनिक गरेका तस्बिर हेर्दा लाग्थ्यो, खनालले अभिभावकत्व ग्रहण गर्दै नेतृत्वमा दाबी छाडे। सन्चारमाध्यममा खनाल निकट नेताहरूले यस्तै बताए। तर एकाएक बेलुकाखेरी खनालको सचिवालयले भन्यो।, 'नेतृत्व छाड्ने कुरा भएको छैन।'

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले आधिकारिक रूपमै विज्ञप्ति निकालेपछि खनालमाथि प्रश्न उठ्यो। खनालको सचिवालयको दाबी थियो, 'अबका दिन भुसालसँग एक भएर जान्छौ। तर भुसालको सचिवालय यो मान्दैन।'

खनालले दाबी छाडेको निरन्तर बताइरहेको छ। खनालले आजको सचिवालय बैठकमा पनि  आफूले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट पारेका छन्। 

आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै नेता खनालले आफ्नै नाममा सहमति हुनुपर्ने अडान राखे।

खनाल किन बोलिफेरिरहेका छन्, बुझ्न सकिने अवस्था छैन। उनी निकट स्रोत भने सर्वसम्मत भए खनाल र भिड्नु परे भुसाल अघि सर्ने बताउँछ। तर यो कुरा खुलाएर खनालको सचिवालय भन्न चाहदैन। यसै कारण खनालको बोली लडबडाएको छ।