काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा झलनाथ खनालले घनश्याम भुसाललाई साथ दिने भएका छन्।

खनालले आज भुसाललाई अध्यक्ष बन्न सहयोग गर्ने भएका हुन्। भुसाल आज सहयोग माग्दै खनाल निवास डल्लु पुगेका थिए। भुसाललाई खनालले वैचारिकरूपमा एक भएपछि सहयोग गर्ने बताएका थिए।

OM Sai Pathibhara Hospital

भुसाल निकट स्रोतका अनुसार खनालले तपाई हड्नुहोस्, मैले छाडे भनेका थिए। 

यही असार १६ देखि हुने नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल दाबेदार थिए। खनालले छाड्दा अब नेपाल र भुसाल मात्र दाबेदार देखिएका छन्। यता नेपाल आफै अध्यक्ष हुने तयारीमा छन्। 

यता नेपाल भने एक्लिएका छन्। उनी आफै अध्यक्ष बन्न तयारी गरिरहेका छन्।

केही दिनअघि मात्रै अध्यक्षमा सहयोग गर्न भन्दै नेपाल खनाल निवास पुगेका थिए। तर खनालले यसबारे चासो राखेनन्।

समाजवादी निकट स्रोतका अनुसार खनाल र नेपालबीच वारपारको द्वन्द्व छ। नेपाललाई खनाल नेतृत्वमा देख्न चाहदैनन्। यही कारण पनि भुसाललाई सहयोग गरेका हुन्।

भुसाल निकट स्रोत भने खनालसँग सामान्य छलफल मात्र भएको बताउँछ। तर पछिल्ला गतिविधि हेर्दा खनाल र भुसाल एक भएर जाने सम्भावना देखिएको छ।