काठमाडौं— नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले पहिरो पीडितहरूलाई राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खतिवडाले ओखलढुंगासहित देशभर विपद्बाट पीडित भएकाहरूलाई आवश्यकताअनुसार राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्।

खतिवडाले बाढीपहिरोका कारण देशभर धनजनको क्षति भएको उल्लेख गर्दै ओखलढुङ्गाका विभिन्न स्थानमा पनि बाढी पहिरोले जनधनको भएको र घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौंमा उपचार भइरहेको सदनलाई जानकारी गराए। खानेपानी, विद्युत् तथा इन्टरनेट सेवा आपूर्ति, सिँचाइलगायत अत्यावश्यक सेवामा बाधा पुगेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

OM Sai Pathibhara Hospital

बुधबार पहिरोले ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ स्थित थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्रीको घर,गोठ पुरिँदा उनकी  श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको थियो। बाबुराम  र उनकी छोरी मेनुका खत्रीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो।

उनले ओखलढुंगामा गत वर्ष २३ घरधुरी क्षति भएको र १५० बढि घरपरिवार विस्थापित भएको स्मरण गराउँदै ती घरहरूलाई व्यवस्थापन गर्न र पीडितहरूलाई पुनरवासको व्यवस्था गर्नुपर्नेमा जोड दिए। सांसद खतिवडाले एक वर्ष हुँदासम्म त्यहाँका पहिरो पीडितहरुका लागि गृहमन्त्रालयअन्तरगतको विपद प्राधिकरणले प्रभावकारी काम नगरेको भन्दै आपत्ती  जनाए।

एक वर्षअगाडि ताप्लेजुङ र ओखलढुंगामा  भएका विपदका फाइलहरू गृहमन्त्रालयमा थन्किएर रहेको उनको भनाइ छ। नेता खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई विपदमा परेकाहरूको फाइल हेर्न समेत आग्रह गरे। एक वर्षअगाडि ताप्लेजुङ र ओखलढुंगामा  भएका विपदका फाइलहरू गृहमन्त्रालयमा थन्किएर रहेको उनको भनाइ छ।

‘गत वर्ष असार ७ गतेका दिन ओखलढुंगामा एकै गाउँमा बाढीले ४ जनाको मृत्यु भएको थियो। झन्डै २३ घरधुरी क्षति भएका थिए भने १५० बढी घरधुरीहरू विस्तावित भएका थिए। एक वर्षसम्म गृहमन्त्रालयअन्तर्गतको विपद प्राधिकरणअन्तरगतबाट  हुने काम अहिलेसम्म केही भएको छैन। ती घरहरूलाई व्यवस्थापन गर्न र विपदबाट पीडितहरूलाई पुनरवासको व्यवस्था गर्न अनुरोध गर्दैछु। एक वर्षअगाडि ताप्लेजुङ र ओखलढुंगामा  भएका विपदका फाइलहरू गृहमन्त्रालयमा थन्किएर रहेका छन्,’ सांसद खतिवडाले भने, ‘म गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, तपाईं धेरै फाइलहरू हेरिरहनु भएको छ । कमसेकम विपदमा परेका फाइलहरू,जनतालाई राहत दिने फाइलहरू,पुनरस्थापना दिने फाइलहरू, फाइलबाट जनतालाई राहत हुन्छ भने त्यस्ता फाइलहरू हेर्न गृहमन्त्रीको ध्यान जाओस्।

उनले विपदको घडीमा एकतावद्ध भएर अप्ठ्यारोमा परेकालाई सहयोग गर्न अपिल गरे।