राजनीति

    Showing 6,391-6,400 of 10,353 items.
  • लोसपाको मन्त्री छान्ने जिम्मा महन्थ ठाकुरलाई

    काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ।पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए। सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ। बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको उनले जानकारी दिए। रासस

    • प्रकाशित मितिः असार २९, २०८१
    • 230 पटक पढिएको
  • राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण : राप्रपा महामन्त्री धवलशमसेर राणा

    काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशम्सेर राणाले राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन्। राप्रपाको आन्दोलनमा समेत अवकाशप्राप्त सैनिकहरुको अनुभव, ज्ञान र सीप निर्णायक रहनेमा जोड दिएका छन् ।‘पूर्वसुरक्षाकर्मीहरु देशका खम्बा हुन् । यही यथार्थलाई मनन् गर्दै पार्टीले संचालन गरेको आन्दोलनमा पूर्वसुरक्षाकर्मीहरुको सक्रिय र सिर्जनशील योगदान हामीले आश गरेका छौं। विकृति र विसंगति अन्त्य गरेर देश र समाजलाई सही बाटोमा ल्याउन राप्रपाले आन्दोलन जारी राखेको छ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाव प्रमुख राणाले श

    • प्रकाशित मितिः असार २९, २०८१
    • 355 पटक पढिएको
  • कांग्रेसबाट प्रकाशमान र आरजु 'फिक्स', लेखक गृहमन्त्री बन्ने निश्चित

    काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने मन्त्री छान्न नेपाली कांग्रेसले औपचारिकरूपमा थालेको छ।  आज नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमार्फत औपचारिकरूपमा मन्त्रीको लिष्ट थालेको हो। तर बैठक अघि नै कांग्रेसबाट सहभागी हुने मन्त्रीको टुंगो लागेको छ। ती टुंगो लागेका मन्त्रीहरू सभापति शेरबहादुर देउवा निकटस्थ र घरभित्रका रहेका छन्। हालसम्म कांग्रेसबाट प्रकाशमान सिंह सरकारमा जाने लगभग सहमति छ। सिंहले कांग्रेसको तर्फबाट क्याबिनेटबाट नेतृत्व गर्नेछन्। उनी उपप्रधानमन्त्रीसहित दोस्रोे वरीयतामा रहनेछन्। देउवा खेवाबाट हुने मन्त्री टुंगिएको बताइन्छ। तर उनले सबै मन्त्रीको नाम खोल

    • प्रकाशित मितिः असार २९, २०८१
    • 327 पटक पढिएको
  • मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह

    काठमाडौँ- नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। ती दलले धनगढीमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिन ती पार्टीका संसदीय दलका नेताले संयुक्त माग गरेका हुन्। पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए। उनले भने, ‘अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन।’ पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागर

    • प्रकाशित मितिः असार २९, २०८१
    • 270 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

    काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ।  सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलो गरि सुरू भएको हो। आजको बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि निर्णय लिने पार्टीको तयारी छ।

    • प्रकाशित मितिः असार २९, २०८१
    • 404 पटक पढिएको
  • ओली प्रधानमन्त्री बन्ने गरी राष्ट्रपतिबाट सरकार गठन आह्वान

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् ।कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् ।

    • प्रकाशित मितिः असार २८, २०८१
    • 227 पटक पढिएको
  • अब प्रचण्ड कामचलाउ प्रधानमन्त्री

    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार नबनेसम्म अहिलेकै सरकारलाई काम गर्ने अधिकार दिएका छन्।राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको व्यहोरा जानकारी भएको बताएको छ। राष्ट्रपति कार्यालयले संविधानको धारा ७७ (३) अनुसार अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले बताएको छ।  ‘नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म यही मन्त्रिपरिषद्‌ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता

    • प्रकाशित मितिः असार २८, २०८१
    • 272 पटक पढिएको
  • प्रचण्डले पाएनन् विश्वासको मत, ढल्यो सरकार

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भएका छन्।  संसद्मा विश्वासको मत लिन आज मत विभाजन गर्दा उनको पक्षमा जम्मा ६३ मत ल्याएका छन्। उनले यसै संसद्बाट ४ पटक विश्वासको मत पाएका थिए।  उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिएका हुन्। अब अर्को सरकार बन्ने प्रक्रिया सुरु हुन्छ। 

    • प्रकाशित मितिः असार २८, २०८१
    • 332 पटक पढिएको
  • विश्वासको मत लिने प्रक्रिया सुरु

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ। नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।

    • प्रकाशित मितिः असार २८, २०८१
    • 312 पटक पढिएको
  • ओली आजै प्रधानमन्त्री नियुक्त हुने तयारीमा, कांग्रेसबाट सिंह र एमालेबाट पौडेल उपप्रधानमन्त्री बन्ने

    काठमाडौं– प्रतिनिधिसभा संसद्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने अवस्था भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार नयाँ सरकारमा प्रमुख साझेदार नेपाली कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीसहित प्रकाशमान सिंहले नेतृत्व गर्नेछन् । त्यस्तै गृहमन्त्रीमा रमेश लेखक र परराष्ट्रमन्त्रीमा आरजु राणा बन्ने निश्चित भएको छ । यता एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्नेछन्। 

    • प्रकाशित मितिः असार २८, २०८१
    • 359 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.