काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भएका छन्।
संसद्मा विश्वासको मत लिन आज मत विभाजन गर्दा उनको पक्षमा जम्मा ६३ मत ल्याएका छन्। उनले यसै संसद्बाट ४ पटक विश्वासको मत पाएका थिए।

उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।
नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिएका हुन्। अब अर्को सरकार बन्ने प्रक्रिया सुरु हुन्छ।