काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने मन्त्री छान्न नेपाली कांग्रेसले औपचारिकरूपमा थालेको छ।
आज नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमार्फत औपचारिकरूपमा मन्त्रीको लिष्ट थालेको हो। तर बैठक अघि नै कांग्रेसबाट सहभागी हुने मन्त्रीको टुंगो लागेको छ।

ती टुंगो लागेका मन्त्रीहरू सभापति शेरबहादुर देउवा निकटस्थ र घरभित्रका रहेका छन्। हालसम्म कांग्रेसबाट प्रकाशमान सिंह सरकारमा जाने लगभग सहमति छ। सिंहले कांग्रेसको तर्फबाट क्याबिनेटबाट नेतृत्व गर्नेछन्। उनी उपप्रधानमन्त्रीसहित दोस्रोे वरीयतामा रहनेछन्।
देउवा खेवाबाट हुने मन्त्री टुंगिएको बताइन्छ। तर उनले सबै मन्त्रीको नाम खोलेका छैनन्। यता, कांग्रेस प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्नेछन्। योसँगै देउवा पत्नी आरजु पनि मन्त्री बन्नेछिन्।
कांग्रेसको समानुपातिक सांसद आरजु परराष्ट्रमन्त्री बन्ने चर्चा छ। यसबाहेक अन्य मन्त्री टुंगो नलागेको कांग्रेस स्रोत बताउँछ। देउवाबाहेक गगन थापा गुट, डा. शशांक कोइराला र डा. शेखर कोइराला गुटबाट पनि मन्त्री बन्नेछन्। एमालेसँगको सहमति अनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउनेछ।