काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार नबनेसम्म अहिलेकै सरकारलाई काम गर्ने अधिकार दिएका छन्।राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको व्यहोरा जानकारी भएको बताएको छ। 

राष्ट्रपति कार्यालयले संविधानको धारा ७७ (३) अनुसार अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले बताएको छ। 

OM Sai Pathibhara Hospital

‘नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म यही मन्त्रिपरिषद्‌ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।