काठमाडौं– प्रतिनिधिसभा संसद्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने अवस्था भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार नयाँ सरकारमा प्रमुख साझेदार नेपाली कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीसहित प्रकाशमान सिंहले नेतृत्व गर्नेछन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै गृहमन्त्रीमा रमेश लेखक र परराष्ट्रमन्त्रीमा आरजु राणा बन्ने निश्चित भएको छ । यता एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्नेछन्।