राजनीति

    Showing 6,221-6,230 of 9,630 items.
  • गृहको लफडाबारे छलफल गर्न प्रचन्डलाइ भेट्न ओली बालुवाटारमा

    प्रदेश ब्युरो  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‌न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेबारे छलफल गर्न ओली बालुवाटार गएका हुन् । पछिल्लो समय पेचिलो बन्दै आएको गृह मन्त्रालय रास्वपालाई दिनुपर्ने ओलीले सार्वजनिक रुपमै बताउँदै आएका छन् । तर प्रचण्ड रास्वपालाई गृहमन्त्रालय नदिने पक्षमा छन् । रास्वपाले दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ।

    • प्रकाशित मितिः माघ २१, २०७९
    • 100 पटक पढिएको
  • रास्वपाका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिए

    झापा । चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै लागे पनि पछिल्लो समय पार्टी खराब हुँदै गएको निष्कर्ष निकालेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन् ।उनले पार्टीमा व्यक्तिवादी हैकम र अराजकता बढी भएको आरोपसमेत लगाएका छन् । उनले पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुन्द ढकाललाई राजीनामा बुझाएका हुन् । पार्टीले जिल्ला कमिटीलाई बेवास्ता गरेको र जिल्ला कमिटीसँग कुनै पनि विषयमा कुनै सरसल्लाहसमेत नभएको आरोप पनि उनले लगाएका छन् ।उनले देशभरका पार्टीका जिल्ला कमिटीहरुको अवस्था यस्तै भएको हुनसक्ने अनुमान पनि गरेका छन् ।पछिल्लो समय रास्वपामा सां

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 127 पटक पढिएको
  • किसानका आवाज उठाउदै सांसद गगन थापा

    प्रदेश ब्युरो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानहरूलाई सरकारले दिने निर्णय गरेको क्षतिपूर्ति रकम यथाशीघ्र भुक्तानी गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै महामन्त्री थापाले सरकारले पहिल्यै निर्णय गरिसकेको ५८ करोड रुपैयाँ क्षतिपूर्ति रकम दिन ढिला सुस्ती भइरहेको प्रति प्रश्न गरे ।‘अहिले सयौंको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । सरकारले बर्ड फ्लुको संक्रमण फैलिन नदिन क्षतिपूर्ति दिने घोषणा गरेर किसानका फार्ममा हुर्किरहेका कुखुरा नष्ट गर्‍यो, सरकारले उनीहरूलाई क्षतिपूर्ति दिने भनेको छ, कृषि मन्त्रालयले निर्णय पनि गरिसकेको छ,’

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 94 पटक पढिएको
  • प्रधानमन्त्रीले भने सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्दै यस्तो बताएका हुन् ।सो अवसरमा प्रधानमन्त्रीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाका हक बारे केही महत्वपूर्ण योगदान गरेको स्मरण पनि गरे । उनले भने, ‘शासन प्रणालीमा जनताको नियन्त्रण निगरानी र हस्तक्षेप  बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ । जतिधेरै जनताका सूसुचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसंगतिलाई रोकथाम ग

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 111 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

    प्रदेश ब्युरो । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।सिन्धुलीका युवराज पौडेलले निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको उक्त पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको सवैधानिक इजलासको फैसलाले अनागरिक भएको ठहर गरेको र निजले दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनत अवैद्यानिक नागरिकता पेश गरी निजको अध्यक्षतामा बैठक बसेर दल खोल्न गरेको निर्णय अवैद्यानिक ठहर भएको रहेको उजुरीमा उल्लेख छ ।उक्त पत्रमा राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने काम अन्तर्गत राष्ट

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 113 पटक पढिएको
  • संसदमा सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने

    झापा – प्रतिनिधिसभाको सून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयमा ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने भएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिले नयाँ संसद नियमावलीमा उक्त प्रावधान समावेश गर्न लागेको छ । संघीय संसदका प्रवक्ता एकराज गिरीले नियमावलीको नियम १५ को सून्य र विशेष समयको दफा २ को १ मा पाँच दिनको सट्टामा सात दिनभित्र सभामुखमार्फत सदनलाई जवाफ उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको बताए ।समितिले प्रतिनिधिसभा नियमावली–२०७५ को परिच्छेद– ४ को नियम ११ देखि १६ सम्म दफावार छलफल गरेको उनले जानकारी दिए । यस्तै कार्यव्यवस्था परामर्श समितिमा २१ सांसद रहने व्यवस्था पनि नियमावलीले गरेको

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 92 पटक पढिएको
  • सत्ता गठबन्धन भत्काउन दौडधुप

    झापा । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ ।विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत नयाँ समीकरण बनाएर सरकार फेरबदल गराउने कोसिसमा रहेका स्रोतको दाबी छ । स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै केही नेता वर्तमान सत्ता समीकरण भत्काउन लाग

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 161 पटक पढिएको
  • काठमान्डौ महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

    प्रदेश ब्युरो । काठमाडौं महानगरपालिकाले जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी आन्दोलित भएका छन्।काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले आइतबार माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 102 पटक पढिएको
  • रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम

    झापा । रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको छ। लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नेपाली नागरिकता पुन: कायम गराएका हुन् ।लामिछानेका सचिवालय प्रमुख  दिपक बोहराले सर्वोच्च अदालतको आदेश बमोजिम आज जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको जानकारी दिएका हुन्। लामिछाने गृह मन्त्री हुँदा बोहरा उनको स्वकीय सचिव थिए ।शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता कायम गर्ने प्रक्रिया सुरु नै नगरेको पाईएको भन्दै उनी नेपाली नागरिक कायम नरहेको आदेश दिएको थियो । साथै उनी नेपाली नागरिक नरहेको अवस्था

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 395 पटक पढिएको
  • आज राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्यो केन्द्रीय समितीको बैठक

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ । समसामयिक विषयमा धारणा बनाउन रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकबाट लामिछानेलाई पार्टी सभापति बनाउने तयारी छ। उनको नागरिकता प्राप्त भएमा लामिछानेलाई सभापति बनाइने केन्द्रीय समितिको तयारी छ।रास्वपाका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति नागरिकता विवादमा मुछिएपछि त्यसपछिको  धारणा बनाउन पार्टीको बैठक बस्न लागेको बताए। नागरिकता विवादमा आएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। गृहमन्त्री जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।शुक्रबार सर्वोच्च अदालतले लामिछानेको न

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 136 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.