काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले पारित गरेका निर्णयहरूको कार्यान्वयन र पार्टी सङ्गठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। 

OM Sai Pathibhara Hospital

विशेषगरी, महासमिति बैठकले पारित गरेको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिने र आगामी दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा गहन छलफल हुने बताइएको छ।