काठमाडौं । पूर्वसभामुख एवं नेकपा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटको निर्णय फेरि सरेको छ।


OM Sai Pathibhara Hospital

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निर्णय सुनाउने भने पनि अन्तिम समयमा फेरि सारिएको हो। असार १२ गते निर्णय सुनाउने भनिएकामा प्रधानन्यायाधीशपछिका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत अनुपस्थित भएका थिए।


उनी अदालतको निरीक्षण गर्न भन्दै बाग्लुङ पुगेका थिए। उक्त निर्णय सुनाउने तिथि पनि न्यायाधीश राउत सम्मिलित इजलासले नै तोकेको थियो।  जेठ २३ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउन असार १२ को दिन तोकेको थियो।


आज पनि तिनै न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन भएको थियो। काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मुद्दा चलाउन माग राखी दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजालसले बहस सुनिसकेर यसअघि नै निर्णय सुनाउने दिन तोकिसकेको थियो।


०६९ मंसिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।