राजनीति

    Showing 5,581-5,590 of 10,351 items.
  • जसपा नेपालमा पदाधिकारी र कार्यकारिणी सदस्य थपिँदै

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालमा केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गरिने भएको छ ।केन्द्रीय समितिको बैठकबाट पार्टी विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न जसपा नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उनका अनुसार, जातीय, सामुदायिक तथा लैंगिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको छ । संशोधित विधानानुसार थप दुई उपाध्यक्ष र एक महासचिव तथा ११ केन्द्रीय कार्यकारिणी सदस्य थप गरिनेछ ।अब केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 231 पटक पढिएको
  • ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा बैठकमा विपक्षी दल सहभागी नहुने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् ।प्रधानमन्त्री ओलीले भोली दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभाका विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी) ले सो बैठकमा अनुपस्थित रहनेबारे छलफल अगाडि बढाएका हुन् ।विपक्षी दलहरूसँग प्रदेश सरकारले कुनै छलफल नगरेको, विपक्षीले उठाएका प्रश्नको उत्तर मुख्यमन्त्रीले नदिएको र विपक्षीप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्नसक्ने जनाएका हुन् । यसअघि आइतबार ब

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 360 पटक पढिएको
  • चैत १ गते एकीकृत समाजवादीले आन्दोलनको घोषणा गर्ने

    काठमाडौं— नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार ११ बजेपछि बस्ने गरी बोलाएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए । बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने सो पार्टीका नेताहरूले बताएका छन् । सो पार्टीले आगामी चैत १ गते पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।  सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको एकीकृत समाजवादीका नेताहरूले बताउँदै आएका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 297 पटक पढिएको
  • सरकारले संवैधानिक आयोगहरुको पुनरावलोकन शुरू गर्दै

     काठमाडौं— सरकारले संवैधानिक आयोगहरुको पुनरावलोकन थाल्ने भएको छ।  संविधानको भाग २७ मा व्यवस्था भएका आयोगहरुको संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलकोन गर्ने संविधानमै व्यवस्था गरिएको छ। २०७२ साल असोज ३ गतेबाट प्रारम्भ भएको संविधान आगामी असोजमा कार्यान्वयनमा आएको १० वर्ष पूरा हुन्छ।  यस विषयमा राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले छलफल सुरु गर्न लागेको हो।आज बिहान ११ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुको पुनरावलोकनका बारेमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ। बैठकमा कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल, लोकसे

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 301 पटक पढिएको
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्दैछ ।बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ । अभियान रोकेर नेताहरू काठमाडौं आइसकेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 303 पटक पढिएको
  • यो संविधान कुनै व्यक्तिले दिएको होइनः प्रधानमन्त्री

    धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाका विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गरेका हुन् । उनले पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै प्रधानमन्त्री ओली

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 334 पटक पढिएको
  • समर्थकले पूर्वराजालाई स्वागत गर्न पुगेपछि सवारी आवतजावत प्रभावित

    काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (आज) काठमाडौं फर्कंदा सडकमा सवारी जाम भएको छ । उनलाई स्वागत गर्न उनका समर्थक प्रदर्शन गर्न त्रिभुवन विमानस्थल पुगेका कारण सवारी आवागमन प्रभावित भएको हो ।उनका समर्थकको प्रदर्शनका कारण गौशाला, मित्रपार्क, चाबहिल, धुम्बाराहीलगायत चक्रपथ रुटमा सवारी आवागमनमा समस्या भएको छ । राजावादीको भीडका कारण सवारी आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी सञ्जय राउतले बताए ।ट्राफिक प्रहरीले विभिन्न सडकबाट सवारीसाधन ‘डाइभर्सन’ पनि गरिरहेको एसपी राउतले बताए । पूर्वतयारी गरेरै राजावादी स्वागतका निम्ति विमानस्थलबा

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 355 पटक पढिएको
  • काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र समर्थकहरुको स्वागत

    काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौ आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।पूर्वराजालाई स्वागत गर्न दिउँसोदेखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 389 पटक पढिएको
  • चैत ४ गतेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं— राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ ।  राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए । त्यसअघि सांसदहरूले महिला बालबालिका, हिंसा र बलात्कारका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीलगायतमा उठेका प्रश्नको सरकारलाई जवाफ दिन अध्यक्ष दाहालले निर्देशन दिएका छन्

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 416 पटक पढिएको
  • राजा ल्याउन राष्ट्रवादीको शक्ति प्रदर्शन

     काठमाडौं— पोखरबाट काठमाडौं फर्कंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत र समर्थन गर्न आफूलाई राष्ट्रवादी शक्ति दाबी गर्नेहरू र्‍यालीसहित अघि बढेका छन्। आइतबार दिउँसो पूर्वराजाका समर्थकहरू र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायतका नेताहरू त्रिभुवन विमानस्थलतर्फ अघि बढेका हुन्।उनीहरुले राजतन्त्रको पुनर्बहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन्। पूर्वराजा शाह ३ बजे काठमाडौं फर्कने कार्यक्रम तय भएको छ। उनलाई र्‍यालीले स्कटिङ गर्दै निर्मलनिवाससम्म पुर्‍याउने बताइएको छ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 382 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.