काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (आज) काठमाडौं फर्कंदा सडकमा सवारी जाम भएको छ । उनलाई स्वागत गर्न उनका समर्थक प्रदर्शन गर्न त्रिभुवन विमानस्थल पुगेका कारण सवारी आवागमन प्रभावित भएको हो ।

उनका समर्थकको प्रदर्शनका कारण गौशाला, मित्रपार्क, चाबहिल, धुम्बाराहीलगायत चक्रपथ रुटमा सवारी आवागमनमा समस्या भएको छ । राजावादीको भीडका कारण सवारी आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी सञ्जय राउतले बताए ।

OM Sai Pathibhara Hospital

ट्राफिक प्रहरीले विभिन्न सडकबाट सवारीसाधन ‘डाइभर्सन’ पनि गरिरहेको एसपी राउतले बताए । पूर्वतयारी गरेरै राजावादी स्वागतका निम्ति विमानस्थलबाहिर पुगेका थिए । पूर्वराजा शाह अपराह्न करिब ४ बजे काठमाडौं आइपुगेका हुन् ।

पूर्वराजालाई समर्थकले विमानस्थलबाट र्‍यालीसहित निर्मलनिवाससम्म पुर्‍याउँदै छन् ।