काठमाडौं— पोखरबाट काठमाडौं फर्कंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत र समर्थन गर्न आफूलाई राष्ट्रवादी शक्ति दाबी गर्नेहरू र्‍यालीसहित अघि बढेका छन्। आइतबार दिउँसो पूर्वराजाका समर्थकहरू र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायतका नेताहरू त्रिभुवन विमानस्थलतर्फ अघि बढेका हुन्।

481999264_1176461577391644_6805566436839360664_n (1)

OM Sai Pathibhara Hospital

उनीहरुले राजतन्त्रको पुनर्बहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन्। पूर्वराजा शाह ३ बजे काठमाडौं फर्कने कार्यक्रम तय भएको छ। उनलाई र्‍यालीले स्कटिङ गर्दै निर्मलनिवाससम्म पुर्‍याउने बताइएको छ।

482064778_1078993520909218_7232045416150487196_n