राजनीति

    Showing 5,541-5,550 of 6,741 items.
  • अमेरिकाका नेपाली राजदूत डा. खतिवडा नेपाल फर्किए

    काठमाडौँ / सरकार परिवर्तन भएपछि अमेरिकाका लागि १८औँ नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल आएका छन् । डा. खतिवडा हिजो (बुधबार) नेपाल आएका हुन् । पूर्वमन्त्री रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।डा. खतिवडाले अमेरिका र यसका क्षेत्रहरू र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालामा पनि गैरआवासीय राजदूतको रुपमा काम गरेका थिए ।एक वर्ष भन्दा एक वर्षभन्दा कम समय अमेरिकाको बसाइपछि बुधबार उनी कतार एयरवेजको जहाजबाट नेपाल फर्किएका हुन् ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 92 पटक पढिएको
  • चार बजे एमाले स्थायी कमिटि बैठक बस्दै

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिएका छन् ।राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने उनले जानकारी दिएका छन् । एमालेको राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा पनि हुने उनले बताए । एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरेको थियो । केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 85 पटक पढिएको
  • पूर्वन्यायाधीश लम्सालको निधन

    बिर्तामोड / सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरव प्रसाद लम्सालको आज बिहान निधन भएको छ । लम्सालको उपचारको क्रममा ८४ वर्षको उमेरमा चावहिलको मेडिकेयर अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएका छन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ । उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 85 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुँदै

    काठमाडौं /  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ ।  ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलनमा सहभागी हुने क्रममा दुई देशका समकक्षीबीच भेटवार्ता हुने भएको हो । प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्दैछन् । सम्मेलनका क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता तय भएको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 81 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक आज दिउँसो २ बजे बस्दै

    बिर्तामोड  / प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।यसअघि प्रतिनिधि सभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि अवरोध गर्दै आएको छ । आज पनि एमालेको अवरोध कायमै रहनेछ ।पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवादकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रतिनिधि

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 76 पटक पढिएको
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुँदै

    मकवानपुर / आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि गठबन्धनका तर्फबाट समाजवादीका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुने भएका हुन् । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरूको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्र

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 79 पटक पढिएको
  • बागमतीको मुख्यमन्त्रीमा बिहीबार ३ बजे सम्ममा दावी पेश गर्ने आह्वान

    बिर्तामोड / बाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिएसँगै प्रदेश प्रमख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाएकी थिइन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 69 पटक पढिएको
  • मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

    काठमाडौँ / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पदबाट राजिनामा दिएकी हुन् ।प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि शाक्यले राजिनामा दिएकी हुन् । शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठले जानकारी दिइन् । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल क

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 81 पटक पढिएको
  • मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

    काठमाडौँ / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने भएकी छिन् । प्रदेशसभामा बहुमत नजुट्ने भएपछि मुख्यमन्त्री शाक्यले पदबाट राजिनामा दिने भएकी हुन् ।शाक्यले गत कात्तिक ४ गते प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव टेबुल गरेकी थिइन् । विश्वासको मत माग्ने क्रममा विपक्षी दलहरूले उठाएको प्रश्नको जवाफ दिएर उनले सदनबाटै राजीनामा दिने प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार प्रदेशसभामा सम्बोधन गरेर शाक्य राजीनामा बोकेर प्रदेश प्रमुखको जाने तय भएको बताइन् । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३,

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 77 पटक पढिएको
  • मंसिर भित्रै महाधिवेशन गर्न सभापति देउवाको निर्देशन

    बिर्तामोड / प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जारी रहेको चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरूप मङ्सिर महिना भित्रै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।मंगलबार सिंहदरबारस्थित कांग्रेसको संसदीय कार्यालयमा पार्टीको पदाधिकारी र केन्द्रीय निर्वाचन समितिबीच भएको बैठकमा सभापति देउवाले मङ्सिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रमहरू अगाडि बढाउन निर्देशन दिएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए ।‘महाधिवेशनको मिति पछाडि सर्ने भन्दा पनि मंसिर ९ देखि १३ गतेसम्म चौधौं महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा सभापति ज्यूले कडाइका साथ भन्नुभएको छ । एक, दु

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 123 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा