काठमाडौं— जसपाका सांसद रञ्जुकुमारी झाले बलात्कारसम्बन्धी कानुन भएपनि कार्यान्वयन नहुँदा बलात्कारका घटनाहरू भइरहेको भन्दै सरकारसँग कानुन कार्यान्वयन गर्न माग छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेकी हुन् । उनले आफ्नै जिल्लामा भएका बलात्कारका घटनाको उदाहरण दिँदै भनिन्,‘जबसम्म कडा रूपमा कानुन कार्यान्वयन हुँदैन तबसम्म यस्ता अपराधीहरूको अपराध समाजबाट हुन छाड्दैनन् ।’

उनले सप्तरीबाट गाजा तस्करी बढेको भन्दै त्यसको नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गरिन् ।