राजनीति

    Showing 4,891-4,900 of 10,339 items.
  • स्पेन भ्रमणमा सहभागी केही व्यक्ति फर्किएनन् भन्ने दाबीले संसद तात्यो, रास्वपा–एमाले–माओवादीबीच कडा बहस

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणसँग जोडिएको विषय संसदमा विवादको कारण बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भ्रमणमा सहभागी भएका केही व्यक्ति स्वदेश नफर्किएको दाबी गरेपछि सत्ता र प्रतिपक्षका सांसदबीच चर्को भनाभन भएको हो।गौतमले मंगलबारको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा दुरुपयोगको विषय उठाउँदै, हालै सम्पन्न स्पेन भ्रमणका क्रममा समेत "केही व्यक्तिहरू उतै रोकिएको" समाचार आएको दाबी गरिन्। उनले यस्तो विषय गम्भीर भएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरिन्।“प्रधानमन्त्री सहभागी कार्यक्रमको नाममा गएका केही प्रतिनिधि स्वदेश फर्क

    • प्रकाशित मितिः असार २४, २०८२
    • 281 पटक पढिएको
  • देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन् : कुलमान घिसिङ

    दोहा (कत्तार) – नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् ।विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न मध्यपूर्र्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका कार्यकारी निर्देशक घिसिङले  आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताए । कत्तारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स)बाट नेपालको अर्थतन्त्र

    • प्रकाशित मितिः असार २४, २०८२
    • 334 पटक पढिएको
  • रसुवा घट्नाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी

    काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने भनाइ व्यक्त गरे । ‘रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनपर्ने देखिरहेको छ । यस्तो बेला उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने हुन्छ । अब सरकार चुप बस्न हुँदैन’ उनले भने ।

    • प्रकाशित मितिः असार २४, २०८२
    • 285 पटक पढिएको
  • राप्रपा र रास्वपाले गर्यो संसद् बैठक बहिष्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार पनि संसद् बैठक बहिष्कार गरेका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ ।सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २४, २०८२
    • 448 पटक पढिएको
  • जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग

    काठमाडौँं – विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जिबी राईलाई सरकारले नै लुकाएको आरोप लगाउँदै तत्काल फिर्ता ल्याउन माग गरेका हुन ।उनले यसअघि राईलाई पक्राउ गरेर ल्याउछु भन्ने गृहमन्त्रीले त्यसतर्फ चासो नदेखाएको बताए । शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेकोजस्तै भिजिट भिसामा पनि छानबिन समिति गठन हुनुपर्ने भन्दै संङख्याको आधारमा नभएर अपराधको आधारमा समिति बनाउन माग राखे ।‘जिबी राई कहाँ छन, राईलाई अहिलेको सरकारले कति अर्बमा डिल

    • प्रकाशित मितिः असार २४, २०८२
    • 429 पटक पढिएको
  • ‘रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस’

    काठमाडौं – नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले रसुवाको लेन्दे नदीमा आएको बाढीले पु¥याएको क्षतिपछि उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै मंगलबार शर्माले वर्षायामसँगै गम्भीर घटना हुन थालेको भन्दै सरकार सचेत हुनुपर्ने बताए । उनले बाढी जलवायु परिवर्तनको कारण हो कि के हो यसतर्फ पनि ख्याल गर्ने समेत बताए । ‘रसुवाको लेन्दे नदीमा १८ बढी बेपत्ता, नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । एक सय बढी कन्टेनर गाडी बगाएको दुःखद् खबर आएको छ । जल्दै गरेको चितासहितको लास बगाएको मार्मिक घटना सार्वजनिक भएको छ,’ शर्माले भने । उनले भने,‘न

    • प्रकाशित मितिः असार २४, २०८२
    • 290 पटक पढिएको
  • रास्वपाको हस्ताक्षर अभियानमाथि प्रश्न: न्यायिक स्वतन्त्रतामाथि दबाब कि जनमतको अभिव्यक्ति?

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको देशव्यापी हस्ताक्षर अभियानले न्यायपालिकाको निष्पक्षतामाथि बहस चर्काएको छ। सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेमाथि अभियोग लागिरहँदा, उनीप्रति जनसमर्थन देखाउन थालिएको यो अभियान अहिले न्यायालयमाथि दबाब सिर्जना गर्ने रणनीतिको रूपमा हेरिन थालेको छ।असार ७ गतेबाट सुरु भएको अभियान काठमाडौंका विभिन्न चोक-जस्तै बसपार्क, बसन्तपुर—देखि देशभरका ७७ जिल्लामा फैलिएको छ। रास्वपाका स्थानीय संयोजकहरूले सर्लाहीमा मात्र एकैदिनमै २० हजारभन्दा बढी हस्ताक्षर संकलन भएको दाबी गरेका छन्।यसबीच, सामाजिक सञ्जालमा वकिल तथा राजनीतिक विश्लेषक स्वागत नेपाल

    • प्रकाशित मितिः असार २४, २०८२
    • 322 पटक पढिएको
  • संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनाहरूमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले बाढीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार र राहत कार्यका लागि सरकारले सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताएका छन् ।  साथै, उनले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन् ।मौसमविद्हरूले यो वर्ष औसतभ

    • प्रकाशित मितिः असार २४, २०८२
    • 245 पटक पढिएको
  • जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्ययोजना तयार गरिंदै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समितिहरू गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।साथै, यी समितिहरूको अधिवेशन २०८२ पौष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका संयोजक किरणराज शर्मा पौडेलले यो जानकारी दिएका हुन् ।कांग्रेसले प्रवासमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्न र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा जनसम्पर्क समितिहरू गठन गर्ने निर्णय गरेको छ । यो कदमले विश्वभर छरिएर रहेका नेपाली

    • प्रकाशित मितिः असार २४, २०८२
    • 195 पटक पढिएको
  • चरम असफलता पछि: मध्यावधि निर्वाचन किन नगर्ने?

    सर्लाही— २०६२/६३ को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले नेपालमा स्थायित्व र समावेशीताको नयाँ युग प्रारम्भ गर्ने अपेक्षा गरिएको थियो। तर दुई दशक कटिसक्दा पनि राजनीतिक अस्थिरता, सरकार परिवर्तनको खेल, र जनता बीचको वितृष्णा अन्त्य भएको छैन। हालसम्म बनेका हरेक प्रकारका गठबन्धन असफल मात्र होइन, विश्वासको संकटमा छन्। यसै सन्दर्भमा, वर्तमान अवस्थामा मध्यावधि निर्वाचन नै जनताको अभिमत लिन र स्थायित्व खोज्न उपयुक्त माध्यम हो भन्ने बहस थप तीव्र बनेको छ।हालका प्रमुख गठबन्धनहरूस् प्रयोग र विफलता१. माओवादी केन्द्र – एमाले – रास्वपा – राप्रपा गठबन्धन (२०८०)यो गठबन्धन “राष्ट्रिय स्वार्थका नामम

    • प्रकाशित मितिः असार २३, २०८२
    • 818 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.