राजनीति

    Showing 4,841-4,850 of 6,741 items.
  • एमसीसीको विरोध गर्नेलाई सरकारबाट हट्न अध्यक्ष भट्टराईको चेतावनी

    काठमाडौं / जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन् । उनले गएराति सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो बताएका हुन्  । एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने उनको तर्क रहेको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 65 पटक पढिएको
  • शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरबीच भेटवार्ता

    काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका विषयमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो । सो भेटवार्तामा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सवलीकरणको लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह समेत गरेका छन् । देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्याउने सरकारको योजना रहेको बताउँदै शिक्षामन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गर्नुएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।स्वीस

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 55 पटक पढिएको
  • स्वास्थ्यमन्त्रीले झुट बोलेको भन्दै एमालेले माग्यो राजीनामा

    काठमाडौं / प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई पदबाट राजीनामा दिन मागेको छ । मंगलबार एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले प्रेस विज्ञप्ति जारी गरेर मन्त्री खतिवडालाई पदबाट राजीनामा दिन माग गरेका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’ मन्त्री खतिवडाले केही दिनअघिको एउटा अन्तर्वार्तामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आफूले पाँच हजार तिरेर पहिलो खोप लगाएको भनेका थिए ।मन्त्री खतिवडाको उक्त भनाइ सरा

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 69 पटक पढिएको
  • माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । मसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ । गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन ।बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 82 पटक पढिएको
  • बुधबारको बैठकमा एमसीसी पेश हुनसक्ने नेता कोइरालाको भनाई

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश हुनसक्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।कोइरालाले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारेका छन् । नेता कोइरालाले एमसीसीको रुपरेखाहरू नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताए ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 150 पटक पढिएको
  • मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो : सचिवालय

    काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्।सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन्।मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 64 पटक पढिएको
  • सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता

    काठमाडौँ / सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, अवरुद्ध संसद् र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बताइएको छ।आज नै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ। माघ २८ गतेदेखि जारी बैठकमा आज विशेषगरी म्याद सकिएका कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूका

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 90 पटक पढिएको
  • एमसीसी संसदमा पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

    काठमाडौँ / नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।भोलिको संसद बैठकमा एमसिसी पेश गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बैठक जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गर्नुभएको थियो ।संसद् बैठक भोलिका लागि बोलाइएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आजै बस्दै छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 62 पटक पढिएको
  • मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन १० गते बस्ने

    काठमाडौं / मधेस प्रदेशको प्रदेशसभाको बैठक यहि फागुन १० गते दिउँसो २ बजे बस्ने भएको छ ।आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएकोथियो । प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ ।गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेस गरेका थिए ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 110 पटक पढिएको
  • कामु प्रधानन्यायाधीश कार्कीले बोलाए शुक्रबारका लागि सर्वोच्चको पूर्ण बैठक

    काठमाडौँ / संसदमा महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका दीपककुमार कार्कीले सर्वोच्चको पूर्ण बैठक बोलाएका छन्। न्यायाधीशहरू सँगको छलफलपछि कार्कीले शुक्रबारका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । जबरा निलम्बनमा परेपछि सर्वोच्चमा हाल १९ न्यायाधीश छन् । तेजबहादुर केसी, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुँडाल बिदामा रहेका छन् । बाँकी १६ न्यायाधीशको अनौपचारिक बैठकपछि कार्कीले पूर्ण बैठक बोलाएका हुन् ।बिदामा रहेका न्यायाधीश पनि सहभागी हुन सक्ने गरी बैठकको मिति तय गरिएको बताइएको छ । सर्वोच्चकै न्यायाधीशहरूल

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 82 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा