काठमाडौं / गण्डकी प्रदेशसभाको बैठक फागुन २६ गते बस्ने भएको छ । असोज ५ गते स्थगित भएको बैठक फागुन २६ गते बस्न लागेको हो ।करिब पाँच महिनाअघि प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक गत असोज ५ गते पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।अब बस्ने बैठकमा सरकारले खानेपानी, सिंचाइ र सूचनाको हक सम्बन्धी विधेयक सहित चार वटा विधेयक पेस गर्ने तयारी गरेको छ ।
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल हुने भएको छ । एमसीसीसँगको सम्झौता संसद्बाट पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल बढाएका छन् ।एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबाट सहयोग प्राप्त नहुने भएपछि देउवाले एमालेको साथ खोजेका छन् । शुक्रबार राति पनि एमाले अध्यक्षसहित एमाले नताहरुकसँगको छलफलका लागि देउवासहित कांग्रेस नताहरु बालकोट पुगेका थिए ।बिहीबार र शुक्रबार विभिन्न चरणमा भएका छलफलमा सहमति जुट्न नसकेपनि वार्ता भने जारी राख्ने सहमति भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाई छ ।
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । आज बस्ने जसपाको बैठकमा एमसीसीको सम्झौतापत्रबारे छलफल हुनेछ ।जसपाका नेताहरुलाई शुक्रबारको बैठकमा एमसीसी सम्झौता पत्र वितरण गरिएको थियो । उक्त सम्झौता पत्रबारे शनिबार (आज) छलफल हुने नेता ईस्तियाक राईले जानकारी दिए । वितरण गरिएको सम्झौता पत्र अध्ययन गरेर शनिबारको बैठकमा धारणा राख्न सदस्यहरुलाई निर्देशन दिइएको थियो । त्यसका लागि आज मध्यान्ह १२ बजेका लागि बैठक राखिएको हो ।यस्तै शुक्रबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ता गराउने निर्णय पनि भएको छ । बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको छ ।
पोखरा / एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी ल्याउनुपर्छ भनेर सम्झौता गर्नेहरूले विरोध गर्दै हिँडेको र आफूमाथि ढुङ्गा प्रहार गरेको बताएका छन् । शुक्रवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन् । ‘एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुङ्गा हान्दैनन्। ताली बजाउँछन्। बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिँड्दा ढुङ्गा हानेनन्। नेपाली कांग्रेसले एमसीसी पास गराउनुपर्छ भन्छ । सभामुखले टेबुल गरेका छन्। ढुङ्गा हानिँदैन। एमसीसी ठिक छ भनेर कुरा टुङ्ग्याउने कृष्णबहादुर महरा बाटोमा हिँड्द
काठमाडौं / अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित गरिएको छ।शुक्रबार सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर गृहकार्यका नपुगेको भन्दै समय मागेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो ।प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि तय भएको थियो। बिहीबारका लागि तोकिएको बैठक अन्तिम समयमा आएर शुक्रबारको लागि तोकिएको भए पनि आज पनि अन्तिम समयमा आएर सारिएको हो।गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महा
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एमालेले शुक्रबार आयोगको कार्यालय पुगेर दल दर्ता गराएको हो । दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली आयोगको कार्यालय पुगेको थियो । दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले एमाले चुनावको तयारीमा जुटेको बताए । अहिले सरकार परिवर्तन गर्नुपर्ने पक्षमा आफूहरू नरहेको पनि उनले बताए । संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसी लगायत विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक गराउने उनले बताए ।
काठमाडौं / पूर्व-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पोखरा जाँदै छन् ।पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि उनी आज शुक्रबार पोखरा जाने कार्यक्रम रहेको नेकपा एमालेका कार्यालय सचिब शेरबहादुर तामाङले बताएका छन् । अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको उनले बताएका छन् ।
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) को आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । एमसीसीसँगको सम्झौताका विषयमा निर्णय लिनका लागि (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।सो बैठकमा एमसीसीसँगै विधान अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । राष्ट्रिय बहस बनेको एमसीसी सम्झौताका विषायमा अनिर्णित हुन नहुने भन्दै पार्टी संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले दवाव दिएपछि केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवले सो बैठक बोलाएका हुन् ।
काठमाडौँ / आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ । छलफलका लागि हिजो बिहीबार नै बैठक बोलाइएकोमा राजनीतिक सहमति जुट्न नसक्दा बैठक आजका लागि सारिएको थियो ।आज १ बजे बस्ने बैठकमा एमसीसी सम्झौताबारे छलफल अघि बढ्ने आकलन गरिएको छ । तर त्यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच सहमतिको प्रयास जारी रहेको बताइएको छ । सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा रहेका छन् । उनीहरुको सहमतिविना या एमालेको समर्थनविना कांग्रेस एक्लैले एमसीसी पास गर्न सक्दैन ।सहमति वा समर्थन जुटाउन बिहीबार दिनभर प्रधा
विराटनगर / स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।विहीबार प्रदेश निर्वाचन कार्यालय मोरङले विराटनगरमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी निर्वाचनमा अधिक भन्दा अधिक मतदाताको सहभागिताका लागि राजनैतिक दलहरु संवेदनशील हुनुपर्ने जानकारी दिदै प्रदेश निर्वाचन अधिकारी लेवन कश्यप अधिकारीले त्रुटिरहित मतदानका लागि मतदाता नामावली अद्यावधिकको कार्यक्रम ल्याइएको बताए ।उनले निर्वाचनमा सहभागिताका लागि फागुन १९ गतेदेखि २६ गतेसम्ममा मतदाता नामावलीमा नाम सच्याउन, हटाउन तथा अद्यावधिक गर्न आग्रह गरेका छन् । सो कार्यक्रममा निर्वाचन आयोगल
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.