राजनीति

    Showing 4,611-4,620 of 9,601 items.
  • बालेनविरुद्व बोलिन सुनिता– कोठामा बसेर निर्देशन नदिन चेतावनी

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिन बरु समस्या समाधान गर्न मेयर बालेन शाहलाई चेतावनी दिएकी छिन् ।बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराउने विषयमा विवाद भएपछि सुनिताले यस्तो चेतावनी दिएकी हुन् ।नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोडको प्रयास समेत गरेका थिए ।मेयर नआएपछि उपमेयरको नेतृत्वमा बैठक बसेको थियो । बैठकमा उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन आग्रह गरिन ।

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 362 पटक पढिएको
  • नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

    काठमाडौँ । तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् । दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 268 पटक पढिएको
  • जनताले वंशवादमा आधारित शासन व्यवस्था हटाइसकेकाले फेरि त्यसको कुरा गर्न आवश्यक छैनः अध्यक्ष नेपाल

    राजविराज (सप्तरी) । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको आन्दोलनले वंशवादमा आधारित शासन व्यवस्था हटाइसकेकाले फेरि त्यसको सम्भावनाको कुरा गर्न आवश्यक नरहेको बताएका छन् ।बुधबार राजविराजमा पार्टीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पूर्वराजालाई राजनीति गर्ने मन भए मौजुदा व्यवस्थाअनुसार पार्टी खोलेर आउने बाटो खुल्ला रहेको बताए । पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनबाट बहुमत ल्याएर आफ्नो नीति तथा कार्यक्रम लागू गर्ने व्यवस्था सुनिश्चित रहेको भन्दै  वंशवादको विगततर्फ फर्किने सपना नदेख्न आग्रह गरे ।राजतन्त्रकालमा भएको दमनको भुक्तभोगी आफूसमेत भएको र द

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 254 पटक पढिएको
  • तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

    काठमाडौँ । तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले जनही रु १० लाख राहत दिने भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो । तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सविन महर्जनको परिवारलाई जनही रु १० लाख दिने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।तीनकुनेमा यही चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनी भएको घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए । महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 371 पटक पढिएको
  • सुदन किराती भन्छन दुर्गा प्रसाईं ओली सरकारको अक्सिजन हुन्

    काठमाडौं— प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किरातीले दुर्गा प्रसाईं वर्तमान सरकारको अक्सिजन बनेको टिप्पणी गरेका छन्। झापाको बुद्धशान्ति गाउँ कमिटीको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ​कुलमान घिसिङको बर्खास्त गरेसँगै भ्रष्टाचार र बेथितिले चौतर्फी घेरिएको केपी ओली सरकार राजावादी दुर्गा प्रसाईंका कारण जोगिएको दाबी किरातीको छ। ‘कुलमान घिसिङलाई नियोजित अपदस्त गरेसँगै भ्रष्टाचार र बेथितिले  चौतर्फी घेरिएको ओली सरकार ढल्नै लागेको थियो’, उनले भने, ‘तर तीनकुने घटनालाई  देखाएर एकपटक विषयलाई मोडन सफल भयो। त्यसकारण दुर्गा प

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 318 पटक पढिएको
  • प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

    बैङकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका  प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच आज भेटवार्ता भएको छ ।भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए ।त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावात्राले स्वागत गरेका थिए ।परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 362 पटक पढिएको
  • एमाले कार्यवाहक अध्यक्षको जिम्मा ईश्वर पोखरेललाई

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेक को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक गएपछी वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।पार्टी अध्यक्ष ओलीले एमालेको विधान २०४९ को (संशोधन २०७८) को व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 419 पटक पढिएको
  • सांसद गौतम भन्छिन गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा गर्नुपर्छ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन्। मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको राजीनामा माग गरेकी हुन।उनले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरवाही गर्दा युवकको ज्यान गएको बताईन । गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको भन्दै मार्ग प्रशस्त गर्नुपर्ने बताईन। उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता अर्कै रहेको बताई। उनले आगजनी भइरहेको बेलामा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन उपस्थि

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 425 पटक पढिएको
  • सरकारको अपिल राजावादी समूहको प्रदर्शनमा सहभागि नहुनु

    काठमाडौं— राजावादी समूहको प्रदर्शनमा सहभागि नहुन सरकारले आम नागरिकलाई अपिल गरेको छ ।मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागि नहुन सरकारले अपिल गरेको बताएका छन् । गत शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले गर्ने निर्णय भएको उनले बताए।उनले भने, ‘तीनकुने घटनाको सत्यतथ्य छानिवनि गरी दोषिउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । साथै, यस किसिमको अराजक गतिविधिहरुमा संलग्न नहुन आम नागरि

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 438 पटक पढिएको
  • सांसद गिरी भन्छन नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक छ

    काठमाडौं— नेपाली काँग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले यस्तो बताएका हुन् । उनले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए। नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भएपनि चलखेल गरिएको उनको आरोप छ ।उनले भने, ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त । त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दु राष्ट्रलाई हटाउ भनेको

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 302 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.