राजनीति

    Showing 4,501-4,510 of 5,391 items.
  • प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । उनले आज काठमाडौँ महानगरपालिका –१३ विष्णुमती करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गरेका हुन् । सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जानकारी दिए ।कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो ।

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 78 पटक पढिएको
  • बागमती प्रदेशका मन्त्री कृष्ण खनालद्वारा राजीनामा

    बागमती / बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि सोही दिन मन्त्री नियुक्त भएका खनालले १५ दिन नपुग्दै राजीनामा दिएका हुन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताइएको छ ।  उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका खनालले बुधवारमात्रै प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एसको पक्षम

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 77 पटक पढिएको
  • एमाले नेता कोईरालाद्धारा १२ लाख हिनामिना !

    बिर्तामोड / नेकपा एमाले विभाजन पछि पार्टीकै तल्लो तह सम्म त्यसको असर देखिन थालेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ता एक अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएका छन् ।  एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पार्टी विभाजनको असर सतहमा नै देखिन थालेको छ । विभाजनपछि स्थानीय नेता आरोप प्रत्यारोपमा उत्रिएका छन् ।एमालेबाट निर्वाचित बिर्तामोड नगर पालिका बडा नं २ का वडाअध्यक्ष नगेन्द्र संगौलाले एमालेका केन्द्रीय सदस्य रबिन कोइरालामाथि पार्टीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् ।विगतमा माधव नेपाल समुहमा रहेका कोइरालामाथि उनले ०७० सालमा झापा एमालेको खातामा जम्मा भएको १२ लाख रुपैयाँ हि

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 166 पटक पढिएको
  • सुदूरपश्चिमका १० सांसद नयाँ पार्टीमा

    कैलाली / सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टी रोजेका छन् ।नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा  (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन ।विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् ।नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 60 पटक पढिएको
  • वाईसियलमा नयाँ केन्द्रिय समिति

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसियल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ ।विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसियल नेपालको आज सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ ।केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरू भने चयन गरिएको वाईसियलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिनु भयो । नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन ।इन्चार्ज दिपशिखाका अनुसार वाईसियलको बिधानमा १० प्रतिशत सदस्

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 72 पटक पढिएको
  • आफ्नैले साथ छाडेपछि तनावमा मुख्यमन्त्री शाक्य

    काठमाडौँ  / बागमती प्रदेशका १२ सांसद नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेसंगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ ।एमाले एक्लैको बहुमत सांसद रहेको बागमती प्रदेशमा १२ सांसदले एमाले छाडेपछि शाक्यको पद धरापमा परेको हो । हाल बागमती प्रदेशसभामा ११० सदस्यीय रहेका छन् भने एमाले एक्लैको ५६ सांसद रहेका थिए ।मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई १२ सांसदले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् ।

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 97 पटक पढिएको
  • मन्त्रालय भागबन्डामा सहमति जुटेन

    काठमाडौँ / सत्तारुढ गठबन्धनको बैठकले बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार टुंग्याउने निर्णय गरेको छ । यद्दपी आजको बैठकमा मन्त्रालय भागवण्डाबारे भने सहमति जुटेको छैन ।भोलि बिहान पुनः बैठक बसेर मन्त्रिमण्डल विस्तार टुंग्याउने विषयमा शीर्ष नेताहरु सहमत भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए ।देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा जनस्तरबाटै सरकारको आलोचना भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 90 पटक पढिएको
  • विवेकशील फुटको सङ्घारमा

    काठमाडौँ / विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फी रुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका थिए । तर बुधबार केन्द्रीय सदस्यहरूलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 48 पटक पढिएको
  • ओली समुहको गिद्धे नजर : जहाँ सरकारी जग्गा , त्यहाँ ओली समुह

    बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो दलको संरक्षणमा रहेको समुहलाई ताप्लेजुङको फकताङलुङ गाउँपालिका, खम्बाचेनको १ हजार ५ सय रोपनी सरकारी दिने प्रयास गरेको सार्वजनिक भएको छ । सर्वोच्चको आदेशसँगै सरकार ढलेपछि ओली समुहको त्यो योजना विफल भएको हो । आफ्नो दलको सरकार रहेको समयमा सरकारी जग्गा जोगाउने काम भएको भनेर एमाले नेताहरूले प्रचार गरिरहेका वेला ओली समुहकै योजनामा मूल्यवान सरकारी जग्गा व्यक्तिलाई सुम्पेका विषय तथ्य सहित सार्वजनिक भईरहेका छन् । केही समय अघि ओली नेतृत्वकै सरकारले आर्थिक प्रलोभनमा परेर&nb

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 78 पटक पढिएको
  • प्रदीप नेपालले छाडे माधवको साथ

    बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) गठनमा साथ दिएका प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडको बताएका छन् ।  अध्यक्ष नेपालले झेली गरेको भन्दै नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पर्टी छाडेको फेसबुक मार्फत बताएका हुन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा बहुदलीय जनवाद उल्लेख हुनुपर्ने आफ्नो अडान रहेको र बहुदलीय जनवाद नभएकाले आफू पार्टीमा नरहेको नेता नेपालले बताएका छन् । नेपालले आफू केपी ओलीसँग नजाने पनि स्पष्ट पारेका छन् ।उनले फेसबुकमा लेखेका छन् – ‘म केपीसँग जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ, तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’ नेपालले भनेका

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 84 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा