काठमाडौं— काभ्रेको खानीखोला गाउँपालिका वडा नं. ४ का विभिन्न पार्टी परित्याग गरि तीन दर्जन बन्दा बढी नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

शनिबार माओवादी केन्द्र खानीखोला–४ कमिटिले आयोजना गरेको भ्याली सहरी क्षेत्रमा विभिन्न पेशा व्यवसायमा रहेका माओवादी केन्द्र सम्बद्ध नेता कार्यकर्ताहरुको भेला तथा प्रशिक्षणमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं संघीय सांसद सुर्यमान दोङ, माओवादी केन्द्र बागमती प्रदेश समितिका सचिव एवं खानीखोला गाउँपालिका सरकार प्रमुख इन्द्रबहादुर थिङ, संघीय सांसद उर्मिला माझी, काभ्रे जिल्ला संयोजक भोला अर्याल, बागमती प्रदेश सचिवालय सदस्य दैवलाल घिसिङ, मिना पाख्रिन लगायतले स्वागत गरे ।

कार्यक्रममा माओवादी प्रवेश गर्नेहरुमा कमल घलान्, हिरा हिम्डुङ, सरोज स्याङतान, दिपक मोक्तान, दिलनाथ लोप्चन, भगत बहादुर हिम्डुङ, ङेमा हिम्डुङ, सन्देश हिम्डुङ, मनिशा मोक्तान, ज्ञानमान घलान, सुरेश हिम्डुङ, शरिन बल, अनिल घलान, यमा घलान, रेशम बल, कुल बहादुर स्याङतान, फुर्साङ जिम्बा, रजिन्त स्याङतान, पविना स्याङतान र सुरेश स्याङतान, माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यस्तै, सुरेश मोक्तान, सञ्जय जिम्बा, औतार गोले, पेमा गोले, सविना गोले, मार्साङ घलान, कोपिला माझी, माइलीमाया बल, सभम बल, तेज बहादुर थिङ, शान्ति माया हिम्डुङ, सविना हिम्डुङ, सरस्वती हिम्डुङ, भक्त बहादुर बल, प्रशिस स्याङतान र सविना वाइबा लगायत तीन दर्जन बन्द बढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुर्यमान दोङले काभ्रेमा माओवादी केन्द्रको उत्साहजनक उपस्थिति र युवाहरूको जुझारुपनले आगामी दिनमा खानीखोला विकाससँगै पार्टी निर्माणमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा युवाहरूको साथ आवश्यक भएको र विशेषगरी विकट खानीखोलाको विकासका लागि केन्द्र सरकारसँग प्राथमिकताका आधारमा बजेट ल्याएर ठेक्का प्रक्रियामा सदुपयोग गर्नुपर्ने बताए।

संघीय सांसद उर्मिला माझीले आफ्नो जन्मथलो खानीखोला–४ मा भेटघाट गर्न पाउँदा खुशी व्यक्त गर्दै यस आर्थिक वर्षमा सिंचाइका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गराउन सफल भएको जानकारी दिइन्। उनले आगामी दिनमा पनि जन्मथलोको विकासका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाइन्।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले खानीखोला–४ का युवाहरू एकजुट भई देश निर्माण र गाउँको समृद्धिको लागि जुटिरहेको देखेर खुशी व्यक्त गरे। उनका अनुसार, नवप्रवेशी युवाहरूको सक्रियता गाउँको विकासको बाटोमा महत्वपूर्ण हुने समेत बताए ।