राजनीति

    Showing 4,481-4,490 of 5,391 items.
  • एमालेमा कलह : पदका लागि सुनसरीमा भिडन्तमा उत्रिए दुई समुह

    बिर्तामोड / पार्टी विभाजन पछि मत्थर हुने मानिएको एमाले भित्रको कहल फेरि सतहमा प्रकट हुन थालेको छ । १० बुँदे सहमति पछि माधव नेपाललाई छाडेर एमालेमै बस्न तयार भएका नेता र ओली समुहबीचको खटपट सतहमा देखिन थालेको हो ।नेपाल पक्षका नेता र ओली समुहबिच जेष्ठ २ गतेकै संरचना र अवस्थामा पार्टी फर्किने समझदारी भएको थियो । समझदारी अनुसार नै नेता योगेश भट्टराई पार्टीको प्रचार विभाग प्रमुख र प्रवक्ता वनेका थिए ।तर समझदारी भएको केही दिनमा नै ओली समुहका नेता प्रदिप ज्ञवालीले राष्ट्रिय विषयवस्तुमा विज्ञप्ति नै जारी गरेर पार्टी धारणा सार्वजनिक गरेपछि पार्टी भित्रको विवाद र कहल समाप्त नभएको देखिएको हो । ज्ञवालीले प्

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 140 पटक पढिएको
  • कांग्रेस महाअधिवेसन : १९ वर्षीया युवती सभापतिमा निर्वाचित

    बिर्तामोड / नेपाली कांग्रेसको आसन्न महाधिवेशनका क्रममा नेतृत्वमा युवा सहभागिताको माग उठिरहेका वेला १९ वर्षीया युवती सभापतिमा सर्वसम्मत चयन भएकी छन् ।दैलेखको दुल्लु नगरपालिका– वडा नम्बर ३ मा भएको निर्वाचनमा १९ वर्षीया किशोरी स्वस्तिका कुमारी महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।कांग्रेस दैलेखका नेता एवं दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले महत सभापतिमा निर्विरोध चयन भएको जानकारी गराएका छन् । नेविसङ्घको राजनीतिमा सकृय महत कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतकी छोरी हुन् ।

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 252 पटक पढिएको
  • एमाले अध्यक्ष ओली अस्वस्थ

    काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रबारदेखि बिरामी भएको उनका प्रेस सहयोगी रामशरण बजगाईँले जानकारी दिएका छन् ।ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजगाईँले बताए ।

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 117 पटक पढिएको
  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा

    काठमाडौँ//  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।वरिष्ठ उपाध्यक्ष सहित पार्टीको सम्पूर्ण काम जिम्मेबारी परित्याग गरेको भन्दै शुक्रबार साँझ एमाले पार्टी कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई नेता गौतमले राजीनामापत्र बुझाएका हुन् ।राजीनामापत्रमा नेता गौतमले अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशालाई पालना नगरेको र साझा घोषणा लागु नगरेको गुनासो गरेका छन् ।साथै सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको  राजीनामापत्रमा उल्लेख रहेको छ। साथै अध्यक्ष ओलीले पार्टी

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 75 पटक पढिएको
  • पत्रकार बिक लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको प्रेस संयोजकमा नियुक्त

    बिर्तामोड / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले प्रेस संयोजकमा पत्रकार मानसिंह विकलाई नियुक्त गरेका छन् । केसीले लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका रोल्पा समाचार दैनिकका सञ्चालक विकलाई प्रेस संयोजकमा नियुक्त गरेका हुन् ।   रोल्पामा रहेर विकले राष्ट्रिय स्तरमा पत्रपत्रिकामा समेत रिपोर्टिङ गर्दै आएका छन् । उनी हाल लुम्बिनी प्रदेशको प्रेस संगठनको प्रदेश संयोजक समेत हुन् ।

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 70 पटक पढिएको
  • सुध्रिएन ओली समुह : प्रवक्ता हुन पार्टी भित्र लडाई

    बिर्तामोड / पार्टी विभाजन पछि नेकपा एमाले भित्रको आन्तरिक झगडा र कलह सकिने अनुमान गरिएको भएपनि पार्टी प्रवक्ताको विषयलाई लिएर फेरि झगडा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली गुटका नेता प्रदिप ज्ञवालीले पार्टी प्रवक्ताका रुपमा विज्ञप्ति जारी गरेपछि फेरि आन्तरिक झगडा सतहमा आएको हो ।विगतमा माधव कुमार नेपाल समुहमा रहेका नेता योगेश भट्टराई पार्टी प्रचार विभाग प्रमुख बनाईएपनि ओली समुहका नेता ज्ञवालीले विभिन्न विषयमा पार्टी प्रवक्ताको हैसियतमा विज्ञप्ति जारी गर्न थालेपछि आन्तरिक कहल सुरु भएको हो ।माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमा नै बस्ने निर्णय गरेका नेता र ओली समुहबिच पार्टीलाई २०७५

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 107 पटक पढिएको
  • स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँ : वरिष्ठ नेता पौडेल

    काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् ।पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका हुन् । वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सवल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गरेका छन्। यस्तै पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि आज एक विज्

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 67 पटक पढिएको
  • आजदेखि कांग्रेसको वडा अधिवेशन शुरु

    काठमाडौँ  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । उनका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेका मतदान अधिकृतले आफ्ना वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ ।क्रियाशील सदस्यता सूची प्

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 68 पटक पढिएको
  • विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री आचार्यको नियुक्ति बदर गर्न माग

    बिर्तामोड / विपक्षी गठबन्धनमा रहेका दलहरूले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेका छन् ।नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी , जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मन्च सम्मीलित गठबन्धनको बिहीवार सम्पन्न बैठकले मुख्यमन्त्री आचार्यको नियुक्ति असंवैधानिक भएको भन्दै बदर गर्न माग गरेको हो । विपक्षी गठबन्धनले एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी दललाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको अवस्थामा बहुमत छ भन्दै हतार हतार मुख्यमन्त्री नियुक्त गरिएको भन्दै मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरेको एक नेताले बताए । प्रदेशका सांसद

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 73 पटक पढिएको
  • संवैधानिक इजलास रोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं  / सर्वोच्च अदालतले संबैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई नगर्न अन्तरिम आदेश दिएको छ ।अदालतले उक्त रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न भनदै अन्तरिम आदेश दिएको हो । बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 63 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा