काठमाडौं— आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस, विधेयकमाथि विचार तथा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धि अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन् ।त्यसैगरी अर्थमन्त्री डा. स्व
काठमाडौं । सञ्चारगृह र नेताको घरअगाडि गरिएको विवादास्पद गाडी पार्किङलाई सरकारको योजनाबद्ध कदम नभएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले स्पष्ट पारेका छन्।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सार्वजनिक व्यवस्था बिगार्ने गरी जथाभावी गाडी पार्किङ गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही हुने बताएका हुन्।मन्त्री पोखरेलका अनुसार प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ र संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि उन्मुक्ति नपाउने बताए। उनले सरकारले विधिको शासन र कानुनी कारबाहीमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश पनि दिएका छन्।
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट श्रद्धाञ्जली र शोक समवेदना व्यक्त गर्न तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका छन्।भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलको शोक सन्देश कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। उपराष्ट्रपतिसँग उच्च सरकारी अधिकारीहरूको टोली पनि रहेको छ। उनी असार ३२ गते स्वदेश फर्कने कार्यक्रम छ।
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ।बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली–२०८३ स्वीकृत गरेको छ। साथै सशस्त्र प्रहरी बलका खोज तथा उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरिएको छ।त्यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने भएको छ। सरकारले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी पनि दिएको छ।यस्तै, मिटरब्याजसम्बन्धी विगतमा गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान
काठमाडौं । मिटरब्याज पीडितको आन्दोलन चर्किरहेका बेला सरकारले विगतमा गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाई प्रतिवेदन कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।यो निर्णय गृहमन्त्री सुधन गुरुङले बारामा मिटरब्याज पीडितसँग वार्ता गरेको केही घण्टामै आएको हो। जनकपुरबाट काठमाडौंतर्फ न्याय मार्च गरिरहेका पीडितहरूले भने लिखित प्रतिबद्धता र ठोस कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने अडान दोहोर्याएका छन्।
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको नेतृत्वमा ठूलो फेरबदल गर्दै महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारी समेत दिएको छ।मंगलबारको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै श्रेष्ठलाई निगमको सञ्चालक समिति अध्यक्ष र महाप्रबन्धक दुवै पदको कार्यभार सम्हाल्ने निर्णय गरेको हो।सरकारको यो निर्णयसँगै अब निगमको व्यवस्थापन र नीतिगत नेतृत्व एकै व्यक्तिको जिम्मामा रहने भएको छ। सरकारले यसबाट संस्थाको निर्णय प्रक्रिया छिटो हुने र सुधारका काम प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरेको छ।
काठमाडौं । मिडियाको गेट अवरुद्ध हुने गरी पार्किङ गरिएका गाडीको घटनालाई ुशंकास्पदु भन्दै रास्वपा सभापति रवि लामिछानेले निष्पक्ष छानबिन र दोषीमाथि कारबाही अनिवार्य हुने बताएका छन्।सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दोषी जो भए पनि उन्मुक्ति हुँदैन, आफ्नै पार्टीका कार्यकर्ता संलग्न भए पनि कानुनी कारबाही हुन्छ भन्ने स्पष्ट सन्देश दिएका हुन्।रास्वपाले यसअघि नै घटनालाई गलत भन्दै विज्ञप्ति जारी गरिसकेको स्मरण गराउँदै लामिछानेले पार्टी आफ्नो अडानबाट पछि नहट्ने बताए। उनले रास्वपाले विगतमा आफ्नै सांसदमाथि पनि ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै ूपार्टीभन्दा माथि कानुनू भन्ने नीति दोहोर्याए।
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह घटनापछि काठमाडौं महानगरका नगर प्रहरीमाथि प्रश्न उठिरहेका बेला पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उनीहरूको पक्षमा खुलेर बोलेका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गर्दै सरकार उनीहरूको साथमा रहेको बताएका हुन्।मन्त्री लम्सालले नगर प्रहरीकै सक्रियताले विगतमा धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेको र धेरैको ज्यान जोगिएको उल्लेख गरे। उनले नगर प्रहरीको मनोबल कमजोर हुँदा त्यसको असर नागरिकको सुरक्षामै पर्ने भन्दै आफ्नो जिम्मेवारीबाट पछि नहट्न आग्रह गरे। ‘परिवर्तनमा समय लाग्छ, आशावादी भएर काम गर्नुहोस्, सरकार तपाईंहरू
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक सकिएसँगै अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगनको घोषणा गरेका हुन्।आजको बैठकमा तीन संवैधानिक तथा सरकारी निकायका वार्षिक प्रतिवेदन सदनमा पेस गरिएका छन्। साथै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले समसामयिक विषयमा सदनलाई सम्बोधन गरेका थिए। संसद्का नियमित विधायी र सरकारी कार्यसूची अघि बढाउँदै बैठक बुधबारका लागि सारिएको हो।
काठमाडौं । करार कर्मचारी हटाएर आउटसोर्सिङ प्रणालीमार्फत नयाँ जनशक्ति भित्र्याउने सरकारी तयारीविरुद्ध देशभरका १८ मन्त्रालयमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन्। मंगलबार उनीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य गेटमै धर्ना दिँदै प्रस्तावित निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।आन्दोलनरत कर्मचारीले सरकारले आउटसोर्सिङ लागू गरे हजारौं करार कर्मचारीको रोजगारी संकटमा पर्ने दाबी गरेका छन्। वर्षौंदेखि सेवा दिँदै आएका कर्मचारीलाई विस्थापित गर्ने निर्णय अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ।उनीहरूले आफ्नो सेवाको सुनिश्चितता गर्न, करार कर्मचारीको भविष्य सुरक्षित बनाउन तथा आउटसोर्सिङमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.