काठमाडौं । सञ्चारगृह र नेताको घरअगाडि गरिएको विवादास्पद गाडी पार्किङलाई सरकारको योजनाबद्ध कदम नभएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले स्पष्ट पारेका छन्।


मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सार्वजनिक व्यवस्था बिगार्ने गरी जथाभावी गाडी पार्किङ गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही हुने बताएका हुन्।


मन्त्री पोखरेलका अनुसार प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको छ र संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि उन्मुक्ति नपाउने बताए। उनले सरकारले विधिको शासन र कानुनी कारबाहीमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश पनि दिएका छन्।