राजनीति

    Showing 351-360 of 7,477 items.
  • एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

    काठमाडौं— नेकपा (एमाले)को केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने तय भएको हो।यो बैठक हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक हो।आजको बैठकले पार्टीको आगामी कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा छलफल गर्नेछ ।तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार नै शपथग्रहण गरिसकेका छन्।११औँ महाधिवेशनबाट एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 340 पटक पढिएको
  • एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

    काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ ।पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन दिएको हो । बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ ।पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने सभा

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 189 पटक पढिएको
  • निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

    काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न अध्यादेशमार्फत कानुनी प्रबन्ध गरिन लागेको हो ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय जनगणना, २०७८ को अन्तिम प्रतिवेदनअनुसार विभिन्न क्लस्टरको प्रतिशत मिलान गर्न निर्वाचन ऐनमा संशोधन गर्ने निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 211 पटक पढिएको
  • शुक्रबार रिहाइ हुनेछन् रवि, यी हुन् रिहा गर्न अदालतले दिएका पाँच आधार

    काठमाडौं । उच्च अदालत तुलसीपुरले दिएको आदेशपछि रास्वपाका सभापति रवि लामिछाने शुक्रबारमात्रै थुनामुक्त हुनेछन् ।सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको हो ।"प्रतिवादी रवि लामिछानेको निवेदनका सन्दर्भमा विचार गर्न निजले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरीपा

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 188 पटक पढिएको
  • अध्यक्षमा भारी मतान्तरले जितेका ओली केन्द्रीय सदस्यमा हारे, ईश्वर पोखरेल विजयी

    काठमाडौँ । नेकपा एमालेको अध्यक्ष बन्न भारी मतान्तरले विजयी भएका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने पराजित भएका छन् । एमालेको विधानअनुसार पदाधिकारीमा उठ्नेले केन्द्रीय सदस्यमा पनि उठ्न सकिन्छ ।अध्यक्षमा १ हजार ६ सय ६३ मत ल्याएर विजयी भएका ओलीले सदस्यमा भने ९ सय ७९ मत पाएर पराजित भए । एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुला केन्द्रीय सदस्यको २८ औँ नम्बरमा रहेका ओली पराजित भएको देखिन्छ ।रोचक कुरा अध्यक्षमा ५ सय ६४ मत ल्याएर पराजित भएका ईश्वर पोखरेल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । पोखरेल खुला केन्द्रीय सदस्यको ९ नम्बरमा रहेर विजयी भएको एमालेको निर्वाचन

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 144 पटक पढिएको
  • शंकर पोखरेल भन्छन अनुभवी र स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गरेको छ

    काठमाडौं— नवनिर्वाचित एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सफल भएकाले सबैले विगतका कुराहरु विर्सेर एकढिक्क भएर अगाडि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन् ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै संचारकर्मीहरुसँग कुरा गर्दै अनुभवी र स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गर्नुपर्ने भएकाले ओलीको विजयी स्वभाविक भएको बताए ।उनले भने,‘अधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गरेका छौं । हिजो कहाँ थियो भन्ने विर्सेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । राष्ट्रका सामू उत्पन्न भएका चुनौतिहरुलाई सामना गर्न र पार्टीलाई निर्णायक शक्तिका रुपमा स्थापित गराउने कार

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 383 पटक पढिएको
  • एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङको सर्वाधिक मत

    काठमाडौं— नेकपा (एमाले)को उपाध्यक्ष पदमा पाँच जनाको टुंगो लागेको छ ।बिहीबार पदाधिकारी तहको मतगणनाको नतिजा सार्वजनिक भइसक्दा पाँच जना पदाधिकारीको टुंगो लागेको हो । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत १७३७ ल्याएका छन् ।त्यस्तै, विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए । गोकर्ण विष्ट ईश्वर पोखरेल पक्षका हुन् ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 382 पटक पढिएको
  • एमालेको ११ औं महाधिवेशनः सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी

    काठमाडौं— नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन् । जित्ने मध्ये पहिलो नम्बरमा महेश बस्नेत छन् । उनले १५४४ मत प्राप्त गरेका छन् । पद्माकुमारी अर्याल र शेरधन राईले १५३० मत प्राप्त गरेका छन् ।छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 388 पटक पढिएको
  • नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी

    काठमाडौं— नेपाली कांग्रेसका नेता गुरु राज घिमिरेले अबको नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने दाबी गरेका छन् ।बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले नेपाली कांग्रेसले आगामि दिनमा देशको प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशबाटै नेतृत्व गर्नेमध्येकालाई दिने निर्णय गरेको जानकारी गराएका छन् ।बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिमिरेले नेपाली कांग्रेस नेतृत्वमा आउने बित्तिकै प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशलाई दिने संकल्प गरेको घोषणा गरेका छन् ।उनले देशको प्रथम राष्ट्रपति पनि नेपाली कांग्रे

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 384 पटक पढिएको
  • ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी

    काठमाडौं— नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएर विजयी भएका हुन भने उपमहासचिवमा योगेशले १३४८ मत पाएका हुन् । ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 396 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा