प्रविधि

    Showing ३८१-३९० of ४७१ items.
  • मुगुमा ४.८ म्याग्निच्यूडको भूकम्प

    काठमाडौं— मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा क्षेत्र आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ । प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । यस विषयमा थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः असार १५, २०८२
    • ६३५ पटक पढिएको
  • १२ जिल्लामा दुई दिन भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

    काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका पश्चिमी भागका १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको बताएको छ। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा ती जिल्लाहरूमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जानकारी दिए ।जोखिममा परेका जिल्लाहरूमा सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ रहेका छन्। यस्तै, अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जना

    • प्रकाशित मितिः असार १५, २०८२
    • ५७१ पटक पढिएको
  • अदालतको अवहेलना मुद्दामा ‘दृष्टि अनलाइन’का सञ्चालक र सम्पादकमाथि धरौटी माग

    काठमाडौं - अदालतको अवहेलनासम्बन्धी मुद्दामा विशेष अदालतले ‘दृष्टि अनलाइन’का सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतले बिहीबार जारी गरेको आदेशमा उनीहरूलाई धरौटी बुझाएर तारेखमा राख्न निर्देशन दिएको हो। आदेशमा भनिएको छ, “विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा उर्फ मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत लिएर तारेखमा राख्नू।” धरौटी वा जमानत नबुझाए विशेष अदालत नियमावली, २०८० अन्तर्गत थुनुवा पुर्जी जारी गरी थुनामा राख्न सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।उक्त मुद्दा दृष्टि साप्ताहिकमा

    • प्रकाशित मितिः असार १३, २०८२
    • ५३७ पटक पढिएको
  • हिम स्टार उर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन

    काठमाडौं  -   हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । आईपीओको अंकित मूल्य १०० रूपैयाँ रहेको छ । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा निष्कासन गरिरहेको छ ।आयोजना प

    • प्रकाशित मितिः असार १३, २०८२
    • ३६१ पटक पढिएको
  • ८ जिल्लामा ‘एल्लो अलर्ट’, सतर्कता अपनाउन बाढी महाशाखाको सुझाव

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार ८ जिल्लामा एल्लो अलर्ट जारी गरेको छ ।बाढी महाशाखाका अनुसार शुक्रबारसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।यस्तै काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, कास्की, गोरखा, लमजुङ, मकवानपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले ती नदीका तटीय क्षेत्रमा

    • प्रकाशित मितिः असार १३, २०८२
    • ६७६ पटक पढिएको
  • माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज

    काठमाडौं  - बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ ।बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरेको बंगलादेशको स्थानिय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ ।भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेड र एसजेभीएनले अछाम, सुर्खेत र दैलेख जिल्लाको सिमाना कर्णाली नदिमा यो परियोजना निर्माण गरिरहेका छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • ५६८ पटक पढिएको
  • विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाख बराबरका आवश्यक सामाग्री वितरण

    काठमाडौँ -  काठमाडौँ महानगरपालिकाको १० नम्बर वडा कार्यालयले नेपाल प्रहरी, वडा भित्रकै विभिन्न विद्यालय र स्थानिय समुदायहरुलाई करीब २५ लाख रुपैयाँ बराबरका विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।बुधबार वडामा आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमा छलफल कार्यक्रमका अवसरमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।वडा कार्यालयले महानगरीय प्रहरी वृत्त बानेश्वरलाई लाइफ ज्याकेट, स्टेचर, सेफ्टी बुट, सेफ्टी ग्लोब्स, फायर रेसिस्टेन्स ज्याकेट, हेल्मेटलगायत सामान प्रदान गरेको छ । साथै, रत्नराज्य माध्यमिक विद्यालय र रुद्रमती आधारभूत विद्यालय सहित ३ वटा सामु

    • प्रकाशित मितिः असार १२, २०८२
    • ४२४ पटक पढिएको
  • ‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद

    काठमाडौं  - ‘टेक एण्ड पे–पीपीए’को प्रावधान बजेटबाट हटाएकोमा स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले सरकारलाई धन्यावाद दिएको छ ।इप्पानले विहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारलाई धन्यवाद दिएको हो । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को बजेटमार्फत रनअफ दी रिभर (आरओआर) प्रकृतीका जलविद्युत परियोजनामा टेक एण्ड पे विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने घोषणा गरेको थियो ।पहिल्यै देखि कायम रहेको टेक अर पे पीपीएको मोडललाई हटाएर उर्जा उद्यमीलाई संकट तर्फ लैजान खोजेको भन्दै इप्पानले सरकारको उक्त कद्मको विरोध गर्दै आएको थियो । टेक एण्ड पे को प्रावधान लागु भएको खण्डमा बैंक तथा

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३७६ पटक पढिएको
  • १७ दिनपछि फाप्लु विमानस्थलमा उडान पुनः सुरु, यात्रु र बिरामीहरूलाई राहत

    सोलुखुम्बु — पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार पहिलोपटक जहाज अवतरण भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि स्थगित उडानहरू बुधबारबाट पुनः सञ्चालनमा आएका हुन्।प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले बुधबार काठमाडौँ–फाप्लु उडान भरेको हो। जहाज १२ जना यात्रु लिएर फाप्लु पुगेको र फर्किँदा १० जना यात्रु काठमाडौंतर्फ लगेको जानकारी उनले दिए। मौसम बारम्बार परिवर्तन हुने भएकाले फाप्लुमा उडान नियमित गर्न चुनौती रहँदै आएको उनले बताए।लगातार १७ दिनसम्म वर्षा र बाक्

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३४५ पटक पढिएको
  • ओभरलोड ट्रक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकको निर्देशन

    काठमाण्डौं -  गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका मालबाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।  बुधबार गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद्को पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा कार्यक्रममा मन्त्री लेखकले देशका विभिन्न स्थानहरुमा रहेका तौलपुलहरुलाई दुरुस्त बनाउँदै भारबहन क्षमताका आधारमा सम्पूर्ण मालबाहक सवारीलाई नियमन गर्दै ओभरलोड सवारी साधनलाई सडकमा गुड्न नदिन निर्देशन दिएका हुन् । गृह सचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्

    • प्रकाशित मितिः असार १२, २०८२
    • ३७३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.