पत्रपत्रिका

    Showing ९६१-९७० of १,२६७ items.
  • महासंघको भिजन पेपर : १० वर्षमा १ सय अर्ब डलरको अर्थतन्त्र, २२ लाख रोजगारी

    बिर्तामोड( आर्थिक अभियान दैनिकबाट) मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने तथा २२ लाख रोजगारी सृजना गर्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघको १० वर्षे महत्त्वाकांक्षी योजनाअन्तर्गत ‘भिजन पेपर २०३०’ सार्वजनिक भएको छ । शनिवार महासंघको ५५औं वार्षिक साधारणसभामा उक्त भिजन पेपर सार्वजनिक गरिएको हो । महासंघले १० वर्षमा हाल ३४ अर्ब डलर मात्र रहेको नेपालको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने लक्ष्य लिएको छ । यसका लागि १ सय ५० अर्ब डलर लगानी आवश्यक हुनु महासंघको अनुमान छ । यसमा १ सय ८ अर्ब डलर निजीक्षेत्रले लगानी गर्नेछ ।यसका लागि महासंघले १ सय ओटा योजना अघि सारेको छ । साना तथा घरेलु उद्योगको व

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १८७ पटक पढिएको
  • बजेट कार्यान्वयनप्रति चासो देखाउँदै अर्थसमिति

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट ) कोरोना महामारीका बेला गत जेठ १५ मा सरकारले ल्याएको बजेट कार्यान्वयनप्रति प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले चासो देखाएको छ ।चालू आर्थिक वर्षमा बजेटमार्फत ल्याइएका कार्यक्रमको कार्यान्वयनको अवस्था बुझ्न समितिले अर्थमन्त्री विष्णु पौडेलसहित विकासे अड्डाका उच्च अधिकारीहरूलाई बोलाएर यसै सातादेखि छलफल गर्न थालेको छ । बजेटमा नपरेका कतिपय कार्यक्रमलाई राजनीतिक प्रभावका आधारमा आर्थिक वर्षको बीचैमा आफूखुशी रकमान्तर गर्ने विगत आवदेखिको परिपाटी यसपालि पनि कायम रहेको छ ।त्यसको उदाहारण हो, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको गृहजिल्ला गुल्मीमा बजेटमा नपरेको सडक कार्यक्रमला

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १७४ पटक पढिएको
  • एक सातामै ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप सङ्कलन कम हुने गरेको थियो । नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैङ्कहरूको निक्षेप ह्वात्तै बढेको हो ।कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैङ्कहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो । पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैङ्कहरूलाई चैत महिनाको तेस्रो सातामा निक्षेप बढेपछि सहज भएको छ ।कोरोनाका कारण

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १५७ पटक पढिएको
  • गर्मीसँगै बालबालिकामा सङ्क्रमणको जोखिम

    बिर्तामोड( गोरखापत्र दैनिकबाट) गर्मी मौसमको आगमनसँगै कतिपय रोगव्याधी सल्बलाउन थाल्छन् । गर्मीयामसँगै बालबालिका अझ बढी जोखिममा हुन्छन् । कोरोना भाइरसको जोखिमसँगै अन्य रोगले पनि बालबालिकालाई सताउने हुँदा सतर्क हुनु जरुरी रहेको चिकित्सकको सुझाव छ ।गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेङ्गु, हेपाटाइटिस, छालामा हुने समस्यालगायतका बिरामी बढ्ने गरेको विशेषज्ञको भनाइ छ । बालबालिकालाई यस्तो रोगबाट जोगाउन अझ बढी सतर्क रहनुपर्छ । गर्मीयाममा समयमा खाना, पानी, बसाइ तथा कपडा प्रयोग गर्दा बालबालिकालाई रोगबाट टाढा राख्न सकिन्छ ।सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडो मौसमभन्दा धेरै किसिमका

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १४४ पटक पढिएको
  • हुलाकी राजमार्गको आधाभन्दा बढी काम सम्पन्न

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित समयभन्दा ढिला भए पनि अब हुलाकी सडकले बिस्तारै गति लिन थालेको छ ।बहुप्रतीक्षित तथा राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत यस राजमार्गको अहिलेसम्मको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ६१ प्रतिशत रहेको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । यस आयोजनाअन्तर्गत अहिलेसम्म ६५० किलोमिटर सडक कालोपत्रे भइसकेको हुलाकी सडक आयोजना प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले छ सय क

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १५८ पटक पढिएको
  • दस वर्षे मार्गचित्र सार्वजनिक

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाल उद्योग वाणिज्य महासङ्घको वर्तमान कार्यसमितिले प्रतिबद्धता जनाएअनुसार आर्थिक रूपान्तरणको मार्गचित्र सार्वजनिक गरेको छ ।मुलुकको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजी क्षेत्रले अबको दस वर्षमा के कस्ता गतिविधिमार्पmत थप योगदान र परिणाम निकाल्न सकिन्छ भन्ने लक्ष्यसहित महासङ्घले आफ्नो ५५औँ वार्षिक साधारण सभामा राष्ट्रिय आर्थिक रूपान्तरण–२०३० सार्वजनिक गरेको हो ।वर्तमान विश्वको आर्थिक गतिवधि नेपालको आवश्यकता र भोलिको अवस्थालाई गहन विश्लेषण गर्दै तयार पारिएको यो रूपान्तरणको खाकाले सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर ब

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १४३ पटक पढिएको
  • थापालाई सांसदबाट हटाउन पत्राचार

    बिर्तामोड (नागरीक दैनिकबाट) माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापाको पद खारेजीको पत्र संसद सचिवालयमा पठाएको छ। शुक्रबार पठाइएको पत्रमा थापाले दल त्याग गरेर एमालेमा गएका कारण उनलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नदिएपछि सांसद पद खारेज गरिएको उल्लेख गरिएको छ।संसद् सचिवालयमा पत्र दर्ता गरेपछि राष्ट्रिसभाको अधिवेशन चालु नरहेकाले १५ दिनभित्र सूचना जारी गरी उनको पद खारेज भएको जानकारी गराउनुपर्ने संसद् नियमावलीको व्यवस्था छ। यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभाका चार सांसदको पद पनि खारेज गर्दै पत्र पठाएको थियो।

    • प्रकाशित मितिः चैत २८, २०७७
    • १४४ पटक पढिएको
  • फैलिँदै डढेलो, मासिँदै वन

    बिर्तामोड (नागरीक दैनिकबाट) सुदूरपश्चिममा तस्करले वन मास्दै गएकाप्रति चिन्ता त गरिन्छ नै, अहिले त्योभन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप पारेको आँकलन प्रदेश वन निर्देशनालयको छ । अत्यधिक गर्मी, त्यसमाथि हावाहुरी चल्दा यहाँ राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन्। डढेलोका कारण निस्कने धुँवाका कारण वायु प्रदूषण अर्को समस्या बनेर उभिएको छ।धनगढीका प्रदेश वन निर्देशनालय सुदूरपश्चिम निर्देशक हेमराज विष्टका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोको मारमा पर्दैछ। ‘तराईबाट चुरेतर्फ हेर्दा ठाउँठाउँमा डढेलो लागेको देखिन्छ,’ उनले

    • प्रकाशित मितिः चैत २८, २०७७
    • १६६ पटक पढिएको
  • तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले आज बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताउनुभयो ।वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।” उहाँले गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताउनुभयो ।मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत

    • प्रकाशित मितिः चैत २८, २०७७
    • १५१ पटक पढिएको
  • राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) पूर्वसहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘सुप्रबल जनसेवाश्री तृतीय । सुशोभन समारोह । राष्ट्रपतिको कार्यालय परिसर ।’ सँगै घाँटीमा सुप्रबल जनसेवाश्री तृतीय’ विभूषण भिरेर राष्ट्रपति भवन शीतल निवास अगाडि उनी उभिएको पूर्ण कदको तस्बिर पोस्ट गरिएको थियो ।संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको उक्त विभूषणलाई नियालेर हेर्दा कालापानीरलिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै थिएन । सुनमा डिजाइन गरिएको विभूषणको मध्य भागमा देशको पुरानै नक्सा र त्यसमाथि राष्ट्रिय झन्डा अंकित लोगो छ । यो लोगो संविधानविपरीतसमेत

    • प्रकाशित मितिः चैत २८, २०७७
    • २१५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.