पत्रपत्रिका

    Showing ९११-९२० of १,२६७ items.
  • धरहराको मुख्य निर्माण सम्पन्न

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) गत २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उद्घाटन यही वैशाख ११ गते हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जानकारी दिनुभयो । वैशाख ८ गते धरहराको २२औँ तलामा भीमसेन थापाकै पालाको शिवलिङ्ग

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • १६३ पटक पढिएको
  • ‘म सरकारको विरोधमा छैन’

    बिर्तामोड (नागरीक दैनिकबाट) जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण नभएको बताएका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताएका छन्।  ‘हामीले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ’, प्रधानमन्त्री ओलीसँग भेटेपछि जसपा अध्यक्ष ठाकुरले भने, ‘यही विषयमा छलफल गर्न आज (बिहीबार) भेट भएको हो।’ कुन प्रक्रिया र कसरी माग सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी उनले दिए। आ

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १५४ पटक पढिएको
  • आइतबारदेखि विद्यालय बन्द, भारत जान रोक

    बिर्तामोड( नेपाल समाचारपत्र दैनिकबाट) दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ ।नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपमहानगरपालिकाले आफ्नो निर्णयलाई बिहीबार नै बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को बैठकमा जानकारी गराएको थियो ।नेपालगन्ज उमपहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले चारवटा सामुदायिक र तीनवटा संस्थागत विद्यालयका दश शिक्षक र ५ विद्यार्थीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।पछिल्लो एक सातामै बाँकेमा ३ सय ६६ जनालाई कोरोना पुष्ट

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १७४ पटक पढिएको
  • १४ जिल्ला ‘अति जोखिम’

    बिर्तामोड( कान्तिपुर दैनिकबाट) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट अति प्रभावित जिल्लामा संक्रमण विस्तार हुने गतिविधि अविलम्ब बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै तोकिएका क्षेत्रमा सहभागी नहुन अपिल गरेको छ ।बिहीबार ‘अत्यन्त जरुरी अपिल’ सार्वजनिक गर्दै मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । ती जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने भए पनि विद्यालय, सभा, सम्मेलन, बैठक तथा भेलाहरूमा सहभागी नहुन मन्त्रालयले अपिल गरेको हो । खेलकुद,

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १६१ पटक पढिएको
  • सीमा बैठकप्रति भारतको बेवास्ता

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाफ पठाएको छैन ।भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठक प्रभावित भएको हो । बीडब्लूजीको पछिल्लो बैठक सन् २०१९ नोभेम्बरमा देहरादुनमा भएको थियो ।कोभिडका कारण फिल्डमा जान सम्भव नरहेको जस्ता कारण देखाएर भारतले अनौपचारिक रूपमा बैठकको मितिप्रति असहमति जनाएको छ तर औपचारिक जवाफ आएको छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । नेपालले गत वर्ष ज

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १५२ पटक पढिएको
  • शिक्षण संस्था बन्द गर्ने कि नगर्ने  ?

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि त्यसलाई नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा परेको छ । विद्यालय बन्द गर्न सरकारमाथि अभिभावकको दबाब बढ्दो छ तर सरकारका निकायहरूले निर्णय लिन सकेका छैनन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सुझावसहित सिफारिस गरेको छ । सीसीएमसी र मन्त्रिपरिषद्मा उक्त सुझावबारे छलफल भए पनि निर्णय हुन सकेको छैन । शिक्षा मन्त्रालयले कोरोनाको जोखिम बढे पालिकाहरूले विद्यालय बन्दको निर्णय लिन सक्ने दोहोर्‍याएको छ । तर कोरोना संक्रमित भेटिएका र बढी जोखिममा रहेका पालिकाले शिक्षण संस्था बन्

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १५५ पटक पढिएको
  • रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

    बिर्तामोड ( राजधानी दैनिकबाट ) नेपाल कम्युनिस्ट पार्टी (एमाले)र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सता सहकार्य हुने भएको हो ।प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागिता रहेको थियो । ओली र ठाकुरबीच छलफल सकेर बिहीबार साँझ कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्मको प्रगतिका विषयमा समेत छलफल भएको छ ।छलफलमा सहभागी ए

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १५२ पटक पढिएको
  • १४ जिल्लामा भीडभाडका क्षेत्र बन्द गर्न अपील

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) सरकारले कोभिड–१० को दोस्रो लहर बढेको निष्कर्ष निकाल्दै १४ अतिप्रभावित जिल्लाको वर्गीकरण गरी विद्यालयसहित भीडभाडका क्षेत्र बन्द गर्न अपील गरेको छ । बिहीवार भएको सरकारको सचिवस्तरीय बैठकले १४ अतिप्रभावित जिल्ला छुट्ट्याएर कडाइ गर्ने निर्णय गरेको हो ।सरकारले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर र कैलालीलाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको छ । यसैगरी मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई पनि अतिप्रभावित जिल्लामा वर्गीकरण गरी मन्त्रालयले ती स्थानमा विद्यालय नजान र बढी भीडभाड हुने स्थानमा सहभागी नहुन अपील गरेको हो ।बिहीवार स्वास्थ्य

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १५७ पटक पढिएको
  • नेपालले भारतको एक्सचेन्जबाट विद्युत् किन्न सक्ने

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ ।भारतको ऊर्जा मन्त्रालयले बुधवार प्राधिकरणलाई आफ्नो मुलुकको विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न स्वीकृति दिएको छ । त्यसपछि प्राधिकरणले भारतबाट खुल्ला रूपमा विद्युत् किन्न पाउने भएको हो ।नेपाल विद्युत् प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आवेदनको आधारमा सो मन्त्रालयले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो ।भारतले प्राधिकरणलाई विद्युत् विक्

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १४३ पटक पढिएको
  • कर राजस्व सङ्कलन सन्तोषजनक

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत अन्त्यसम्म सरकारको कर राजस्व सङ्कलन सन्तोषजनक देखिएको छ । यो अवधिमा सरकारले लक्ष्यको ७० प्रतिशत कर राजस्व सङ्कलन गर्न सफल भएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार चैतसम्म छ खर्ब ३६ अर्ब ६९ करोड रुपियाँ कर राजस्व सङ्कलन भएको छ । चालू आवका लागि सरकारले नौ खर्ब १३ अर्ब रुपियाँ कर राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।कुल राजस्व सङ्कलन भने छ खर्ब ८३ अर्ब ८७ करोड रुपियाँ पुगेको कार्यालयले जनाएको छ । यो लक्ष्यको ६७.५९ प्रतिशत हो । चालू आवमा सरकारले दस खर्ब ११ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने ल

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १५४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.