पत्रपत्रिका

    Showing 911-920 of 1,254 items.
  • स्वास्थ्यमा वर्ष २०७७: अवसरमा रूपान्तरित चुनौती

    बिर्तामोड (नागरीक दैनिकबाट) नयाँ संविधानले स्वास्थ्यलाई आधारभूत अधिकारको रुपमा व्यवस्था गरेसँगै नेपाल स्वास्थ्य क्षेत्रमा क्रमिक सुधारको बाटोमा अघि बढिरहेको थियो। अघिल्लो वर्षको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय निकायमा ५ देखि १५ बेडको अस्पताल स्थापनाको कार्यक्रम समावेश गरिएको थियो। सर्ने तथा नसर्ने रोगको उपचार तथा रोकथामका कार्यक्रम, सातै प्रदेशमा विशिष्ट अस्पताल निर्माणलगायतका योजना लागु गर्ने प्रक्रिया सुरु भएको थियो।गत वर्षको अन्तिम समयमा विश्वभरि फैलिएको कोभिड १९ महामारीको प्रभाव नेपालमा पनि पर्‍यो। कोरोना महामारी व्यवस्थापन नेपालका लागि चुनौती बनेर देखियो। सुरुका दिनमा महामारी व्यवस्

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 99 पटक पढिएको
  • प्रधानमन्त्री–सभामुख अन्तरद्वन्द्व : एमसीसी सम्झौतासहित दर्जनौं विधेयक अघि बढेनन्

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) एकतर्फी रूपमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय लिएपछि प्रम केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापाकोटाबीच बिग्रँदै गएको सम्बन्ध अझै सुध्रन सकेको छैन । यही कारण एकातिर संसद् बिजेनशविहीन भएको छ भने अर्कातिर दर्जनौं विधेयक अघि बढ्न सकेका छैनन् ।गत चैत १५ मा प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरेपछि संसद्को कामकारबाही प्रभावकारी बनाउन भन्दै सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।दुईपक्षीय भेटपछि संसद् सहज रूपमा सञ्चालन हुने अपेक्षा थियो तर अहिलेसम्म सहज देखिँदैन । सरकारले २०७६ असार ३० गते संसद्मा दर्ता गराएको एमसीसी सम्झौता अहि

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 100 पटक पढिएको
  • ३२५ बढ्यो कृषि कर्जा

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाह हुने कर्जामा ३२ दशमलव ८९ प्रतिशतले थप वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महीनाको तुलनामा चाल आर्थिक वर्षको ८ महीनासम्ममा उक्त दरमा कृषिकर्जा प्रवाह बढेको हो ।लामो समय कोभिडका कारण समग्रमा कर्जा प्रवाहसमेत प्रभावित भए पनि अझै अपेक्षा गरेअनुसार कर्जा प्रवाह नभएको बैंकरहरू बताउँछन् । यद्यपि समग्रमा उक्त दरमा कृषिकर्जा विस्तार हुनु भनेको नेपाल राष्ट्र बैंकले तोकेको कुल कर्जा सीमालाई अहिले नै पूरा गर्न सकेको तथ्यांकले देखाउँछ ।वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको उक्त दरले एकमुष्ठ कर्जा बढ्दा रू। ६३

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 102 पटक पढिएको
  • ‘२०७७ मा उल्लेख्य विकास’

    बिर्तामोड (राजधानी दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा मुलुकको आर्थिक सामाजिक विकासका साथसाथै भौतिक विकास निर्माणका कार्यमा समेत सरकारले उल्लेख्य सफलता हासिल गरेको जनाएका छन् ।उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा ऐतिहासिक सफलता हासिल गरेर सो वर्षलाई निरर्थक हुन नदिएको दाबी गरेका छन् ।प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनर्निर्मित कार्यालयबाट देशका नाममा सम्बोधन गर्दै काठमाडौंवासीको दसकौंदेखिको सपना पूरा गरिएको र नयाँनयाँ विकासका काम पूरा गरिएको र त्यो क्रम जारी रहेको स्पष्ट पारे । उन

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 99 पटक पढिएको
  • मतदाता दर्ता देशभर

    बिर्तामोड (राजधानी दैनिकबाट) निर्वाचन आयोगले फोटोसहितको मतदाता दर्ताका लागि ७७ वटै जिल्ला निर्वाचन कार्यालय सक्रिय बनाएको छ । केही समयअघि निर्वाचन घोषणापछि स्थगित नामावली संकलन फेरि थालिएको हो । निर्वाचन आयोग प्रमुख आयुक्त दिनेश थपलियाले स्थगित भएकै समयदेखि बाँकी र योग्यता पुगेका नेपाली नागरिकको नाम दर्ता सुचारु गरिएको जानकारी दिए ।‘निर्वाचन मिति तोकिँदा केही समय नामावली संकलन स्थगित गरिएको थियो, स्थगित भएदेखि पुनः नाम दर्ता सुचारु भइसकेको छ,’ उनले भने, ‘योग्यता पुगेका नेपाली नागरिकले आफ्नो जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् ।’आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नामावली

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 97 पटक पढिएको
  • समुदायमा फैलिँदै यूके भेरियन्ट

    बिर्तामोड ( राजधानी दैनिकबाट) नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ ।बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा। आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पतालमा तीन संक्रमित बालबालिका भर्ना भएका छन् ।कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठ

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 114 पटक पढिएको
  • विद्यालय आउने अभिभावकलाई पुरस्कार !

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाई सिकाइ अभिवृद्धि गर्ने उद्देश्यले अभिभावकलाई विद्यालय आउन प्रेरित गर्ने तथा पुरस्कृत गर्ने अभियान सुरु गरिएको छ ।स्थानीय अभिभावकको क्रियाशीलता बढाउन सके विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने, विद्यालयको व्यवस्थापनमा सहज हुने तथा विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षा कोठामा ल्याउने सरकारी अभियान सफल बनाउन सहज हुने भएपछि अभिभावकलाई पुरस्कृत गर्ने कार्यको थालनी गरिएको हो ।जिल्लाको खानीखोला गाउँपालिकाका विद्यालयहरूले यस वर्षबाट पाँच जना क्रियाशील अभिभावक चयन गरेर पुरस्कृत गर्ने अभियान थालेका हुन् । गाउँपालिकाको महेन्द्र प्र

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 114 पटक पढिएको
  • वायु प्रदूषण कायमै

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भन्नुभयो, “पहिलेभन्दा थोरै सुधार भएको छ तर स्वस्थकर वायुमा श्वास लिने अवस्थामा अझै पुगिएको छैन ।”मङ्गलबार सबैभन्दा बढी वायु प्रदूषण धनगढीमा देखिएको छ । त्यसपछि काठमाडौँ, पोखरा, सौराहा, सिमरालगायतका सहरका आकाश प्रदूषणले ढाकिएको छ ।विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाए

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 189 पटक पढिएको
  • माओवादीलाई संसद्कै चिन्ता

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले चुनौती नै दिए पनि नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तयार नहुँदा माओवादीले भने समर्थन फिर्ता लिन सकेको छैन ।माओवादी केन्द्रले समर्थन फिर्ता लिने घोषणा गरे पनि औपचारिकरूपमा फिर्ता लिन सकेको छैन । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । संसद्मा ठूलो दलको हैसियतमा रहनुभएका प्रधानमन्त्री ओलील

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 107 पटक पढिएको
  • एमालेमा एकता ‘असम्भव’

    बिर्तामोड ( नागरीक दैनिकबाट) एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ। पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहले निकालेको छ।‘माधव नेपालले पछिल्लो समयमा जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले पार्टी एकता कायम रहन्छ भन्ने सोच्न पनि सकिन्न, उहाँकै कारण हजारौं नेता कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा पर्दैछ’, ओली पक्षका एक प्रभावशाली नेताले भने। उनका अ

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 126 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा