बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ । विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास निर्माण भइरहेका छन् ।त्यसैगरी ललितपुरको भैँसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालय निर्माण भइरहेको छ । ललितपुरकै गोदावरीमा तीन हजार व्यक्ति क्षमताको सभाहल निर्माण भइरहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्री तथा
बिर्तामोड ( गोरखापत्र दैनिकबाट) बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा-दुलही घाईते भएका छन् ।महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् । दुलाहा(दुलही सामान्य घाईते भएको स्थानीय सञ्चारकर्मी वसन्त
बिर्तामोड (राजधानी दैनिकबाट) प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ ।केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ । शनिबार मात्रै तीन महिनायताकै १४ संक्रमितको मृत्यु भएको छ ।संक्रमणदर बढ्दै गए भएका संरचना धान्न सक्ने अवस्था
बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट ) छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै गएको र अक्सिजनको अभाव हुने खतरा बढेपछि २० हजार थान अक्सिजन सिलिन्डर जोहो गर्न लागिएको हो । त्यस्ता सिलिन्डर निजी कम्पनीहरूलाई सहुलियतमा विदेशबाट किन्नका लागि सरकारले बाटो खुला गरिदिने भएको छ ।अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयले उक्त परिमाणको सिलिन्डर भित्र्याउन कर छूटको प्रस्ताव पठाएको छ । स्वास्थ्य मन्त्राल
बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) बारा र पर्साको भौगोलिक अवस्थितिले यो क्षेत्रलाई औद्योगिक कोरिडोरका रूपमा स्थापित गरेको हो । भारतीय रेलमार्गसँग जोडिएको नाका, समुद्री बन्दरगाहसँग निकट पहुँच र देशको मध्यभागमा हुनुका कारण सहज ढुवानीजस्ता कारणले बारा र पर्सामा उद्योग खुल्ने क्रम बढेको हो ।वीरगञ्ज नाकालाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने त्रिभुवन राजपथको करीब २६ किलोमीटर क्षेत्रमा करीब १ हजार उद्योग खुलिसकेका छन् । यो कोरिडोरमा अब नयाँ उद्योगका लागि जग्गाको प्राप्तिमात्र होइन, सञ्चालनमा रहेका उद्योग र मानव बस्तीबीच बढ्दै गएको द्वन्द्व पनि मुख्य चुनौती बन्दै गएको छ ।पछिल्लो समय उद्योगीहरूले बारा–पर्
बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक भएको छ । २०७७ साल असार २२ गतेदेखि साविकको आरम्भ लघुवित्त र चौतारी लघुवित्त मर्जरपछि एक भएर आरम्भ चौतारी लघुवित्तको नाममा कारोबार शुरु गरेका हुन् । मर्जरपछि कम्पनीको वित्तीय विवरण अझै मजबुत भएको देखिन्छ । यस वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले रू. ७ करोड ८३ लाख ३६ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिभन्दा २ दशमलव ९१ गुणा बढी हो । गत वर्ष कम्पनीले यो अवधिमा रू. २ करोड ६८ लाख ६८ हजार खुद नाफा गरेको थियो । यस वर्ष कम्पनील
बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ ।देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् । शुक्रबार धादिङको नेत्रावती गाउँपालिका–४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो भने १४ जनामध्ये १० जना विद्यार्थी रहेको वताइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैश
बिर्तामोड ( गोरखापत्र दैनिकबाट) भूकम्पले क्षतिग्रस्त बनाएका २० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट अति प्रभावित ३२ जिल्लामा एकीकृत बस्ती विकासका लागि ६४ बस्तीलाई स्वीकृति दिइएकोमध्ये हालसम्म २० बस्तीको निर्माण सम्पन्न भएको हो । बाँकी ४४ बस्ती निर्माणाधीन रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “हामीले एकीकृत बस्ती विकासका लागि प्रोत्साहन गरिरहेका छौँ, पीडित आफैँ मिलेर आएमा भौतिक पूर्वाधार विकासमा थप सहयोग दिन्छौँ ।” पुनर्निर्माण भएका एकीकृत बस्ती स
बिर्तामोड (नागरीक दैनिकबाट ) नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले सामाजिक तथा धार्मिक गतिविधिमा समेत कडाइ गरेको छ। बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी तथा अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो।कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए। ‘सामाजिक र धार्मिक गतिविधिमा पनि अब निगरानी गछौं,’ प्रजिअ अधिकारीले भने, ‘धार्
बिर्तामोड (नागरीक दैनिकबाट) प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारको रवैयाले विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए। कार्कीले केही प्राविधिक विषय मिलेपछि दलहरूबीच छलफल गरेर आवश्यक निर्णय गरिने बताए। ‘सरकारको रवैयाविरुद्ध प्रतिपक्षी दलहरू एक जुट भइसकेकाले केहि प्राविधिक विषय मिलेपछि जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव ल्याउन सकिन्छ,’ कार्कीले भने। यता नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्दबहादुर आङ्बोले संसदको विशेष अधिवेशन बोलाउने, अविश्वासको प्रस्ताव ल्याउनेलगायतका विभिन्न विकल्पबारे दलहरूबीच अनौपचारिक छलफल भइरहेक
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.