पत्रपत्रिका

    Showing ७३१-७४० of १,२६७ items.
  • कांग्रेस क्रियाशील सदस्यको अधिकार कटौती

     काठमाडौं (राजधानी दैनिकबाट)//। नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुनेगरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउनेगरी विधान संशोधन गरेको हो ।यसअघि भने कांग्रेस विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो । कांग्रेस नेता रमेश लेखकले कोरोना महामारीलाई ध्यान दिँदै अधिवेशनमा भीडभाड नहोस् भनेर यस्तो व्यवस्थासहितको विधान संशोधन गरिएको जानकारी दिए ।संशोधित विषय मंसिरक

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १८६ पटक पढिएको
  • काठमाडौं रेड जोनमा, निषेधाज्ञा कडा पार्ने तयारी

     काठमाडौं (राजधानी दैनिकबाट)//कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ ।स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’ मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई कोरोनाको रेड जोन मानेको र संक्रमितको संख्या बढ्दै जाँदा निषेधाज्ञाको मोडालिटीमासमेत थप कडाइ गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताए ।उनले आमसर्वसाधारणले महामारी

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १९१ पटक पढिएको
  • माओवादीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा

     काठमाडौं ( राजधानी दैनिक बाट )//नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ ।दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न गर्दै माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय विषयमा जानकारी दिँदै स्थायी कमिटी सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका विभिन्न तहका कमिटीमा महिला, दलितका लागि कोटा निर्धारण गरेको बताए ।बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्दै केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित रहनेगरी कोटा नि

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १८० पटक पढिएको
  • इलामको चियामा घातक विषादी प्रयोग

    इलाम (अन्नपूर्ण पोस्ट दैनिक बाट) //संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गरेको छ । कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने त्यससम्बन्धी सूचनामा जनाइएको छ । बगानको स्वामित्व लिएको चिया विकास निगमले तीन दिनपछि गल्ती स्वीकार गर्‍यो। व्यवस्थापक लोकनाथ दंगालले भने, ‘नयाँ कर्मचारी आएकोले भूलवश विषादी खरिद गरेको रहेछ। त्यो पनि १ लिटर जति मात्र रहेछ। त्यहाँ पनि भुलचुक भएको छ।’  जहाँ क्लोरोपाइरिफस, साइपर मेथिनलगायत भेटिएको थियो। यी विषादी छर्किएपछि २१ दिनसम्म कुनै पनि कृषिउपज प्रयोग गर्न मिल्दैन। तर, हातले टिपेको चिया (मेसिनले पनि टिप्

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • २९० पटक पढिएको
  • तरकारीको मूल्य २४० प्रतिशतसम्म घट्यो

     काठमाडौं (आर्थिक अभियान दैनिक बाट )//। हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो ।गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतले घटेर प्रतिकिलो ३५ रुपैयाँ पुगेको छ । ७५

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • १७८ पटक पढिएको
  • पार्टी विभाजनको सम्भावना रोक्न खनालको जोड

    काठमाडौं(नयाँ पत्रिका दैनिक बाट )//  उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग एमाले नेताहरुले भेटवार्ता गरेका छन्। दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट गरेका हुन्।आचार्यका अनुसार खनालले पार्टी विभाजनको खतरा रोकेर एमालेलाई एकतावद्द बनाउनुपर्नेमा जोड दिए। भेटमा खनालले टुट(फुटको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न उनले जोड दिएको उनले बताए।‘विभाजनको सम्भावना रोक्न र एकतावद्ध पार्टी बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो’ आचार्यले भने।मृगौला प्रत्यारोपण गरेका खनालको स्वास्थ्यमा क्रमशः सुधार भैरहेको र १५ भदौभित्र डिस्चार्ज भएर फर्किने सम्भावना रहेको

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • १७३ पटक पढिएको
  • निगमले मुलुककै पहिलो अत्याधुनिक पेट्रोल पम्प बनाउँदै

      काठमाडौं (नयाँ पत्रिका दैनिकबाट )// नेपाल आयल निगम लिमिटेडले बाँकेको नेपालगन्जमा मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प निर्माण अन्तिम चरणमा पुर्याएको छ । पूर्ण स्वचालित प्रविधिको पम्प मध्य असोजबाट सञ्चालनमा ल्याउने तयारी छ ।पेट्रोलपम्पको अन्डरग्राउन्डमा पनि हालसम्मकै धेरै एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा ट्यांकी राखिनेछ । निगमको नेपालगन्जस्थित इन्धन डिपो प्रमुख कमला न्यौपानेका अनुसार २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेलको अन्डरग्राउन्ड ट्यांक हुनेछ भने पेट्रोलको १६–१६ हजार लिटरको दुईवटा अन्डरट्यांक हुनेछ । अहिले पेट्रोल दुई र डिजेलको एउटा अन्डरट्यांक राखिसकिएको छ भने डिजेलको २५–२५ हज

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • १९८ पटक पढिएको
  • नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

    काठमाडौँ (राजधानी दैनिकबाट )  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ ।नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओलीपक्ष एकलौटी रूपमा अघि बढेपछि आफूहरूसँग नयाँ दल गठनको विकल्प नभएको बताए । आफूहरूको पहिलो प्राथमिकता पार्टी एकता नै रहेको स्पष्ट पार्दै उनले ओली पक्षले एकताका लागि ढोका न

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • २१४ पटक पढिएको
  • सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण

    काठमाडौँ ( गोरखापत्र दैनिकबाट )सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन ।कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरी

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • २३५ पटक पढिएको
  • राष्ट्रिय जनगणना–२०७८ यसै वर्ष सम्पन्न गर्ने तयारी

    काठमाडौँ (गोरखापत्र दैनिकबाट) सरकारले २०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने गरी आन्तरिक तयारी थालेको छ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि जनगणनाको सबै काम स्थगित गरेको थियो ।अहिले पनि कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यस वर्ष फागुनदेखि चैतभित्र जनगणनाको काम सम्पन्न गर्न सकिने अनौपचारिक छलफल भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले आगामी चैतसम्ममा सबै नेपालीले खोप लगाइसक्ने र

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • २२१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.