पत्रपत्रिका

    Showing ३२१-३३० of १,२६७ items.
  • दाहालको अभिव्यक्तिपछि पुँजीबजारमा पहिरोका पहिरो

    बिर्तामोड (राजधानी दैनिकबाट) दैनिकजसो ओरालो लागेर आजित भएका लगानीकर्ता सोमबार पनि प्यानिक अवस्थामा नै रहे ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेपछि लगानीकर्ताहरू आतिँदै बचेको सेयर पनि डुब्ने हो कि भन्ने त्रासमा सस्तोमा बेच्न थाल्दा यो स्थिति आएको हो । जसका कारण सोमबार सेयर बजार खुलेको १० मिनेलगत्तै ६७ अंकको पहिरो गयो । १ बजेसम्ममा १ सय २ अंकसम्म घटेको सोमबारको सेयर बजार ७९ अंकले घटेर थामेको थियो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालको शनिबारको अभिव्यक्तिका कारण आइतबार पनि सेयर बजार ८८ अंकले ओरालो लागेको थियो । यद्यपि सोमबार दाहालले ए

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १९१ पटक पढिएको
  • कांग्रेस महाधिवेशनः परिणामबारे आम कौतुहलता, कसले मार्ला बाजी?

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम राति अबेर सकिएसँगै नतिजाबारे आम कौतुहलता बढेको छ ।सभापतिका पाँच दाबेदारमध्ये सबैभन्दा बलियो रहेका अनुमान गरिएका वर्तमान सभापति शेरवहादुर देउवाले पहिलो चरणमै बाजी मार्छन् कि रोकिन्छन् भन्ने प्रमुख चासो रहेको छ । अहिले सम्मको गणना अनुसार देउवा झण्डै ८० मतल अगाडी देखिएका छन् । उनलाई कोईरालाले पछ्याई रहेको अवस्था छ ।कांग्रेस विधानमा सभापतिका लागि दुईभन्दा बढी उम्मेदवार भएमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५०

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • २०४ पटक पढिएको
  • निफ्राबाट प्रवाहित कर्जा पुनर्तालिकीकरण गर्न पाइने

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट)  अब पूर्वाधार विकास बैंक अर्थात् नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)आफ्नो कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने भएको छ । यसअघि पूर्वाधार विकास बैंकबाट प्रवाहित कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाइने थिएन । तर, राष्ट्र बैंकले सोमवार पूर्वाधार विकास बैंकको नाममा एक निर्देशन जारी गर्दै यसका लागि बाटो खुला गरिदिएको हो ।हाल नेपालमा निफ्रा मात्र पूर्वाधार विकास बैंकको रूपमा सञ्चालनमा छ । यस्तै, राष्ट्र बैंकले सीमित क्षेत्रका कर्जाको ब्याजदलाई पूँजीकरण गर्न पाइने व्यवस्था पनि गरिदिएको छ । ऋणीले पेश गरेको लिखित कार्य योजनामा आधारमा बैंक कर्जा अस

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १९५ पटक पढिएको
  • आफ्नालाई काखा र अरूलाई पाखा

    बिर्तामोड (आजको नागरिक दैनिकबाट) नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ।कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई साथ दिनेलाई काखी च्यापेका हुन्।पार्टीमा शक्तिशाली अध्यक्षको हैसियतबाट केन्द्रीय कमिटीको बैठकमा पेस गरेका नामहरूले ओलीले विगतमा आफूलाई साथ दिने नेताहरूलाई च्यापेको पुष्टि भएको छ। उनले केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी गठन र पोलिटब्युरो गठनमा विगतको जिम्मेवारीलाई समेत ध्यान नदिई नेताहरूलाई जिम्मेवारी दिइएको

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १९२ पटक पढिएको
  • कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । कांग्रेसको २४ मंसिरबाट काठमाडौंमा सुरु महाधिवेशनमा अब ४ सय ८९ जना उम्मेदवार नेतृत्व लिन अघि बढेका छन् । यीमध्ये अब १ सय ३२ जना जारी महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रियामार्फत चुनिँदै छन् । प्रदेश २ तर्फबाट रमेश रिजाल र आनन्द ढुंगाना भने निर्विरोध निर्वाचित बनेका हुन् ।कांग्र

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १८९ पटक पढिएको
  • दैनिक पिउने दूधमै जीवाणु

    बिर्तामोड (राजधानी दैनिकबाट)चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह दिने गर्छन । तर, हामीले स्वस्थ हुन भन्दै दैनिक सेवन गर्ने दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटिने गरेको छ ।कोलिफर्म भनेको एउटा सूक्ष्म जीवाणु हो, जसले मानिसको स्वास्थ्यमा असर पार्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वयंले अनुगमनका क्रममा दही र दूधमा ‘कोलिफर्म’ भेटिएको जनाएको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा गरिएको खाद्

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • २१५ पटक पढिएको
  • यस्तो छ सुविधा सम्पन्न प्रधानमन्त्री निवास, आज वास्तु पूजा गरी गृह प्रवेशको तयारी

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासको निर्माण कार्य सम्पन्न भएको छ । अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बङ्करसमेत निर्माण गरिएको छ । सोमबार विशेष वास्तु पूजा गरी प्रधानमन्त्रीको निजी निवास नवनिर्मित भवनमा स्थानान्तरण हुँदैछ ।बालुवाटारमा रहेको पुरानो संरचनालाई भत्काएर दुईवटा भवन निर्माण गरिएका छन् । एउटा भवन प्रधानमन्त्रीको निजी निवासका लागि र अर्को सार्वजनिक भवनका रूपमा निर्माण गरिएको हो । निजी निवास भवन निर्माण सम्पन्न भइसकेको छ भने सार्वजनिक भवन निर्माण अन्तिम चरणमा पुगेको सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजन

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • २१६ पटक पढिएको
  • अझै अस्तव्यस्त घरजग्गा कारोबार

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)घरजग्गा कारोबार अझै अस्तव्यस्त देखिएको छ । त्यस्तो कारोबारलाई डिजिटल गराई कडा रूपमा नियमन गर्न नसक्दा सरकारले ठूलो राजस्व पनि गुमाइरहेको छ ।सरकारी निकायबाट विभिन्न समयमा गरिएका अध्ययन÷प्रतिवेदनहरूले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न नसक्दा राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको देखाएको थियो । राजस्व बोर्ड, महालेखा परीक्षकको पछिल्ला प्रतिवेदनहरूले त्यस्तो कारोबार कम्पनी मोडलबाट हुनुपर्ने र सबै कारोबारको विवरण डिजिटल राखिनुपर्ने बताएका थिए । तर, अहिलेसम्म सरकारी तवरबाट त्यससम्बन्धमा परिणाममुखी कुनै कामै भएको छैन ।नेपाल राजस्व परामर्श समितिको हालैको प्रतिवेदनअनु

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १९२ पटक पढिएको
  • देउवा–सिटौला एक ठाउँ उभिँदै

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ ।महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि दुवै समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन् । तर, सहमतिको अन्तिम मोडालिटी भने तय हुन बाँकी छ । सिटौलानिकट नेता भीमसेनदास प्रधानका अनुसार युवा नेता प्रदीप पौडेललाई सिटौलाले देउवा समूहबाट महामन्त्रीमा उठाउने सहमति बनेको हो ।यसैगरी, थारू क्लस्टरबाट सहमहामन्त्रीमा नेता उमाकान्त चौधरीलाई अघि सार्ने दुई नेताबीच सहमति बनेको छ । यो सहमतिका विष

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १९९ पटक पढिएको
  • १३४ पदमा उम्मेदवारी दर्ता आज

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ ।उनका अनुसार निर्वाचनको प्रक्रिया शनिबार बिहान सुरु हुनेछ । उनले भने “कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।” मनोनयनमाथिको दाबीविरोध र नाम

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १८२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.