पत्रपत्रिका

    Showing १,२०१-१,२१० of १,२६७ items.
  • नेपालको अर्थतन्त्र पहिलोपटक मन्दीमा

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहने दाबी गरिरहेका बेला मुलुकको अर्थतन्त्रमा पहिलोपटक मन्दी देखिएको छ । अघिल्लो र चालू आर्थिक वर्ष९ आव०को २ त्रैमास निरन्तर ऋणात्मक देखिएकाले मुलुकमा आर्थिक मन्दी भएको हो ।अर्थशास्त्रीहरूका अनुसार लगातार २ त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक बन्यो भने त्यसलाई मन्दी मानिन्छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकले मुलुक मन्दीमा गएको पुष्टि हुन्छ । स्रोतले नेपालको इतिहासमा यस्तो पहिलोपटक भएको जानकारी दिएको छ ।गतवर्ष आवको चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १५ दशमल

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • १६३ पटक पढिएको
  • इन्धन मूल्य बढेपछि हवाई भाडा पनि बढ्यो

    बिर्तामोड ( कारोवार दैनिकबाट ) हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । संघले २० देखि २२० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएको हो ।बिहीबार संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले सोमबारदेखि हवाई इन्धनमा मूल्य बढाएपछि भाडामा पनि मूल्य समायोजन गर्ने निर्णय भएको जनाएको छ । सबैभन्दा बढी काठमाडौं–धनगढीमा र सबैभन्दा कम डोटी–साँफेबगरमा फ्युल सरचार्ज बढेको छ । नयाँ भाडादर शुक्रबारबाट लागू हुने संघले जनाएको छ ।संघले यसअघि फागुन ८ गते पनि १० देखि ९० रुपैयाँसम्म हवाई भाडा वृद्धि गरेको थियो ।

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • १५६ पटक पढिएको
  • हेभी ल्यान्डिङ गर्दा गियर बिग्रियो, नयाँ किन्न डेढ अर्ब लाग्ने

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) हेभी ल्यान्डिङ भएको विषय लुकाएर डेढ महिनासम्म ६० वटा उडान गर्दा नयाँ जहाजको ल्यान्डिङ गियरमै गम्भीर समस्या देखिएकाले प्रतिस्थापन गर्न जहाज निर्माता कम्पनी एयरबसले इमेलमार्फत जानकारी गराएको छ, अब डेढ अर्ब खर्च गर्नुपर्ने अवस्था आएको छ गत २४ पुस ९८ जनवरी०मा नेपाल एयरलाइन्सको जहाज ‘हेभी ल्यान्डिङ’ गराउँदा दुईवटा ल्यान्डिङ गियरमा गम्भीर समस्या आएको पत्र जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमलाई पठाएको छ । पत्रमा जहाजका मुख्य दुईवटा ल्यान्डिङ गियरमा समस्या देखिएकाले तत्काल मर्मत गर्न वा नयाँ परिवर्तन गर्न आग्रह गरिएको छ । ल्यान्डिङ गेयर जहाजको पांग्रादे

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • १६० पटक पढिएको
  • ग्रिन सिग्नलमा अल्झन

    बिर्तामोड ( नागरिक दैनिकबाट ) नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो। तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस दाहाल–नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर दाहाल–नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ।संसद् बैठक सुरु हुनु चार दिनअघि बुधबार दाहाल–नेपाल समूहले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो। सो समूहले बुधबार केन

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • १४७ पटक पढिएको
  • मुलुकको जिडिपी ४० खर्ब पुग्यो

    बिर्तामोड (नागरिक दैनिकबाट) विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको छ।राष्ट्रिय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार आव ०७६र७७ मा आर्थिक वृद्धिदर १।९९ प्रतिशतले ऋणात्मक भएको हो। करिब २० वर्षअघि माओवादी द्वन्द्वका बेलामा पनि एक वर्ष आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो।विभागका अनुसार गत आवमा तेस्रो त्रैमासिकसम्म आउँदा मुलुकको अर्थतन्त्र राम्रो थियो। त्यसपछि सुरु भएको कोभिड समस्याले अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेपछि आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो। कोभिड १९ का कारण सरकारले चैत ११ देखि तीन मह

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • १२९ पटक पढिएको
  • पूर्वी नाकाबाट बढ्यो निर्यात

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) पूर्वी नाकाबाट नेपाली वस्तुको निर्यात व्यापार उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म आठ महिनामा ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको नेपाली वस्तु निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।गत वर्ष सोही अवधिमा ६ अर्ब ५७ करोडको वस्तु निर्यात भएको थियो । ‘यो वर्ष १ अर्ब ३९ करोड बढीको सामान निर्यात भयो,’ प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भने, ‘यसलाई ठूलो उपलब्धि मानेका छौं ।’यस अवधिमा आयात भने स्वात्तै घटेको छ । चालु आर्थिक वर्षमा २४ अर्ब ११ करोडको वस्तु भारत, बंगलादेश, भुटान, चीन तथा तेस्रो मुलुकबाट आएको भन्सार कार्य

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • ११२ पटक पढिएको
  • मन्त्रीका आसेपासेलाई जोखिम भत्ता

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सचिवालयका सदस्यहरूलाई जोखिममा काम गरेसरह सबै दिनको भत्ता उपलब्ध गराइएको हो ।मन्त्रालय, यूएन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट तलब बुझ्ने गरी सचिवालयमा रहेका कर्मचारीलाई समेत कोरोना अवधिमा जोखिम मोलेर काम गरेको भन्दै भत्ता दिइएको छ ।मन्त्रालयले गत चैत ११ देखि कात्तिकसम्म २ सय ३० दिनको जोखिम भत्ता वितरण गरेको थियो । यसमा चैतदेखि असारसम्म १ सय १० द

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • १३२ पटक पढिएको
  • फलामे डण्डी (छड ) को मूल्य बढ्दो क्रममा

    बिर्तामोड ( अभियान दैनिक ) सिमेन्ट र छड उद्योगको उत्पादन क्षमता वृद्धि र खपत पनि सकारात्मक भएका बेला छडको मूल्य बढ्दो क्रममा रहेको छ । गत मङ्सिरमा प्रतिकेजी रू। १५ देखि रू। २० सम्म वृद्धि भएको फलामे छडको मूल्यमा हाल प्रतिकेजी रू।३ देखि रू। ४ सम्म बढेको हो । अर्को मुख्य निर्माण सामग्री सिमेन्टको मूल्य भने यथावत् नै रहेको छ ।विगत २ हप्तादेखि छडको मूल्यमा पुनः वृद्धि हुन थालेका छड उत्पादक तथा विक्रेताहरू बताउँछन् । छड उत्पादक कम्पनीहरूले मंगलवारमात्रै छडको औसत मूल्य भ्याटसहित प्रतिकेजी रू। ७४ मा विक्री गरेका छन् । यो मूल्य पुनः बढ्न सक्ने उनीहरूको भनाइ छ ।उपभोक्ताले किन्ने मूल्यमा भने ढुवानी खर्च

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • १५७ पटक पढिएको
  • नेकपा विवादः एकअर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह

    बिर्तामोड ( नागरिक दैनिकबाट ) संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन्। दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल वा संसद्मा ल्याउने, ओलीलाई हटाएर ओली समूहबाटै प्रधानमन्त्री बनाउने, कांग्रेसको नेतृत्वमा सरकार बनाउने रणनीति बनाएको छ।  दाहाल–नेपाल समूहले यस्तो रणनीति बनाएपछि ओली समूहले पनि काउन्टर रणनीति अघि सारेको छ। ओली समूहको रणनीतिमा दाहाल–नेपाल समूहलाई कमजोर बनाई संसद्मा वा संसदीय दलमा विश्वासको मत लिने, ह्विप

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • १४७ पटक पढिएको
  • विमानस्थलको जग्गामा यतीको आँखा

    बिर्तामोड ( नागरिक दैनिकबाट ) सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनाएर उक्त जग्गा होटल बनाउन यती समूहलाई दिने तयारी गरेको हो। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतीलाई जग्गा दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ। विगतमा यतीलाई जग्गा भाडामा दिने प्रयास पटकपटक असफल भएकोमा अहिले पर्यटनमन्त्रीमा भानुभक्त ढकाल आएपछि फेरि प्रयास सुरु भएको हो।यती समूहले एयरपोर्टको सिनामंगलस्थित ९२ रोपनीभन्दा बढी जग्गा

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • १६५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.