बाजुरा— बाजुराका उच्च हिमाली तथा लेकाली भू–भागमा अत्याधिक चिसो बढ्न थालेपछि यहाँका भेडीगोठ बेँसीतिर (औल) झार्न थालिएको छ ।यहाँका नौं वटै स्थानीय तहका उच्च क्षेत्रमा बसोबास गर्दै आएका भेडीगोठ हिमपात संगै चिसो बढ्न थालेपछि बेँसितिर झार्न थालिएको हो। गत जेठमा लेक चढेका भेडीगोठ चिसो बढेपछि धमाधम बेसी झर्न थालेका हुन् ।लेकबाट बेँसितिर भेडा झर्न थालेपछि विभिन्न ठाउँ भेडाबाख्राका बथानले भरिएका छन् । बाजुरामा कात्तिकको पहिलो सातादेखि अत्याधिक चिसोसंगै उच्च हिमाली क्षेत्रमा हिमपात भएर यहाँका चिसो बढिपछि भेडीगोठलाई कठिनाई भएको हो ।चिसोका कारण भेडाबाख्राको चरनको लागि कठिनाइ भएकाले बेँसीतिर भेडीगोठ सार्न
काठमाडौं— कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात बढाउने उद्देश्यसहित ‘राँगा वा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’ तयार पारेको छ ।मन्त्रालयले नेपालबाट मासु तथा मासुजन्य वस्तुको निर्यात सम्भावना बढ्दै गएपछि व्यवस्थित उत्पादन, गुणस्तर सुनिश्चितता तथा पशु स्रोत व्यवस्थापनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यविधि ल्याएको हो ।मन्त्रालयको भनाइअनुसार यस कार्यविधिले गुणस्तरीय र स्वास्थ्य मापदण्ड पूरा गर्ने राँगा तथा भैंसीको उत्पादन, प्रशोधन तथा निर्यातलाई समर्थन गर्नेछ । साथै, किसानलाई उच्च उत्पादकता भएका जातको प्रवद्र्धन, वैज्ञानिक व्यवस्थापन, भन्सार तथा स्वास्थ्य प
रौतहट— रौतहटको चन्द्रपुर नगरपालिका वडा न. ६ बेल्डिका किसानलाई दाना तथा घाँसको बिउ वितरण गरिएको छ । गुप्तेश्वर सहकारी संस्थामा आवद्ध शेयर धनी गाई भैंसी पालक किसानहरूलाई उत्पादनको लागि प्रोत्साहित गर्न दाना तथा घाँसको बिउ वितरण गरिएको हो । चन्द्रपुर नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सहदेव केसीले कृषकलाई दाना तथा घाँसको बिउ वितरण गर्दै दुध उत्पादनमा जोड दिन आग्रह गरे । पशुपालक कृषकको संख्या बढदै गएको भन्दै उनले वडा तथा पालिकाले समेत आवश्यक सहयोग गर्ने बताए ।पशुमा देखिने विभिन्न रोगको खोप पालिकाको पशु शाखाको समन्वयमा वडा कार्यलयले समय समयमा दिँदै आएको उनको जिकिर छ । उत्पादित दुधको बजारीकरणमा
मकवानपुर— मकवानपुर जिल्लाका विभिन्न बिकट क्षेत्रमा अबैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेटौंडाबाट खटिएको संयुक्त १०२ जनाको टोलीले चार दिनसम्म सञ्चालन गरिएको विशेष अभियानमार्फत ठूलो परिमाणमा गाँजा खेती नष्ट गरेको हो ।प्रहरीका अनुसार राक्सीराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, जोईटी तथा भिमफेदी गाउँपालिकाका भदौरे र ज्यार्बु क्षेत्रका विभिन्न वडामा फडानी कार्य गरिएको हो।उक्त अभियानका क्रममा करिब ३० बिगाहा १० कठ्ठा जमिनमा लगाइएका गाँजाका बोट तथा
मलंगवा— सर्लाहीको धनकौल गाउँपालिकाका किसानहरूले अन्नपूर्ण सुगर मिल्सविरुद्ध रकम नदिएको आरोप लगाउँदै बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।किसानहरूले पटक–पटक माग गर्दा पनि र बिभिन्न समयमा जिल्ला प्रशासन कार्यालयमै बाँकी रकम भुक्तानी गर्ने भन्ने सहमति भएपनि हालसम्म रकम भुक्तानी नभएपछि अब आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।ज्ञापनपत्रमा उल्लेख भए अनुसार धनकौल – २ स्थित अन्नपूर्ण सुगर मिल्सले गाउँपालिका स्थापना भएदेखि नै किसानहरूको उखु खरिद गर्दै आएको थियो। क्रसिंङ् सिजन २०७०/०७१ देखि २०८१/८२ सालसम्म किसानहरूले बिक्री गरेको उखुको रकम अझै नदिएको उल्लेख छ।यस अघि २०८०
जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो ।कृषि बिकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । एक लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिकटन धान उत्पादन भएको छ । बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो । जसबाट १४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको उहाँले बताउनुभयो ।गत वर्ष जिल्लामा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो । जि
राँझा। नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपर्नुभएको छ । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्याउनु ठूलो चुनौती थियो । प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ ।कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो, तर पनि उहाँले कर्णालीको उत्पादनलाई बजारसम्म पुर्याउने आफ्नो प्रयास जारी राख्नुभयो । “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाईजहाजबाट ल्याउँदा
काठमाडौं— राष्ट्रिय किसान सञ्जालले वर्तमान अन्तरिम सरकारले कृषिक्षेत्रमा सुधार र किसानका समस्या सम्बोधन गर्न कुनै ठोस कदम नउठाएको आरोप लगाएका छन् । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले कार्तिक १६ गते राष्ट्रिय किसान सञ्जालको तर्फबाट कृषि तथा पशुपछि विकास मन्त्रीलाई मन्त्रालयमा भेट गरी किसान र कृषिक्षेत्रका तपसीलका समस्या तत्काल सम्बोधन गर्न नेपाल सरकार र सम्बधित निकायहरूको ध्यानाकर्षण गराउदा पनि सरकारले समस्या समाधानका लागि अग्रसरता नदेखाएको उल्लेख गरेका छन् । उनीहरुका अनुसार, ‘ कार्तिक १६ गते राष्ट्रिय किसान सञ्जालको तर्फबाट एक प्रतिनिधि मण्डलले माननीय कृषि तथा पशुपछि व
काठमाडौं— संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)को पहलमा ‘युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस’ आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।सन् २००१ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन सुरु गरिएको यस दिवसले युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने नकारात्मक असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्य मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षालाई अनिवार्य अङ्गका रूपमा नीति तथा रणनीतिमा समेट्दै आएको छ । विश्व संस्थाका अनुसार, जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्
काठमाडौँ। करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्।उनले विसं २०७४ मा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए। घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहेका छन्। गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती सुरु गरिएको थियो। सुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.