कृषि

    Showing ६१-७० of ६०६ items.
  • सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

    काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो ।कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १६ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । “सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • २६४ पटक पढिएको
  • गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

    कञ्चनपुर। वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो । यस्ता किसानहरूलाई थप उत्प्रेरित गर्न शुक्लाफाँटा नगरपालिकाले किसानलाई गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण गर्ने अभियान थालेको छ ।नगरपालिकाको ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था निड्स नेपालको सहकार्य तथा समन्वयमा हालै २५ जना किसानलाई तीनदिने सैद्धान्तिक र प्रयोगात्मक तालिम दिइएको छ । तालिममा गड्यौला मल उत्पादन प्रक्रिया, महत्त्व, व्या

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • २८७ पटक पढिएको
  • इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

    काठमाडौं । इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत वर्ष १ लाख ९१ हजार ३०२ मेट्रिक टन उखु प्रशोधन गरेको जनाएको छ । कम्पनीले अघिल्लो वर्ष सन २०२४ मा १ लाख ८५ हजार ५०४ मेट्रिक टन उखु प्रशोधन गरेको थियो । उखु प्रशोधनको मात्रा बढे पनि चिनी उत्पादनमा प्राप्त हुने ‘रिकभरी रेट’ घट्दा कम्पनीको नाफाम

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ३९५ पटक पढिएको
  • आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

    काठमाडौँ। दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेअनुरुप सन् २०१९ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवसको प्रवद्र्धन तथा समन

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २८२ पटक पढिएको
  • तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

    धरान। सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन् । उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ । बराहक्षेत्र नगरपालिका–७ का दिनेश राजवंशी विगत ६ वर्षदेखि करिब दुई बिघा जमिनमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । तीन वर्ष विदेश बसेर फर्

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ३३१ पटक पढिएको
  • खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

    गाईघाट। जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन् ।जिल्लाको त्रियुगा तथा चौदण्डी नगरपालिका क्षेत्रका किसानले रोपाइँ गर्न राखेको धानको ब्याड सुक्न थालेको छ । अति बढी तातो र खडेरीले धानको ब्याड चिरासमेत पर्न थालेको किसान बताउँछन् । ब्याडमा धानको बीउ उम्रन नसक्ने अवस्था आएकामा आफूहरू चिन्तित बनेको त्रियुगा नगरपालिका–१ जोगीदहका किसान मोहनदेव चौधरी बताउनुहुन्छ ।त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान प्रेमप्रसाद दाहाल भनुहुन्छ, “जेठ १ गते नै असार साउनमा रोपाइँका लागि धानको ब्याड

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २४४ पटक पढिएको
  • सडक किनारा, पार्क, नदी किनाराहरुमा समी, कपुर, फलफुलका विरुवा रोपिए

    काठमाडौं—  विश्व वातावरण दिवसको अवसरमा पारेको काठमाडौं महानगरपालिकाले ४४९ वटा विरुवा रोपेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नं. १७ र वडा नं. १९ का नदी किनारा, पशुपति क्षेत्र, कालीमाटी लगायत स्थानमा समी, कपुर, धुपी, फलफूल र फूलका विरुवा रोपेको हो ।लखतीर्थमा आयोजित कार्यक्रममा महानगरको वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वित्त समितिका संयोजक ईश्वरमान डंगोलसहित स्थानीय संघसंस्था तथा समुदायका अगुवाहरुले विरुवा रोपेका हुन् । लखतीर्थसँगै कंकेश्वरीमा भएको वृक्षारोपणमा वडाका जनप्रतिनिधि, नेपाल खड्गी सेवा समिति, नेपाल ग्रीस मैत्री तथा स

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • ६२३ पटक पढिएको
  • झाडी फाँडेर फलफूल बगैँचा

    म्याग्दी। बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गर्नुभएको छ । रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले पाखोबारीलाई सुन्तला, कागती, टिमुर, ओखर, किबी र अकबरे खुर्सानीखेती गरेर हराभरा बनाउनुभएको हो । “बालिविज्ञान विषयको पढाइ सकेर २०७५ सालमा स्थापना गरेको फार्ममा फलफूलका बिरुवा उत्पादन गर्दै आएको थिएँ”, उहाँले भन्नुभयो, “यसपालि उत्तिस र वनमाराले भरिएको दुई ठाउँमा ३० रोपनी बाँझो पाखोबारीमा झाडी फाडेर फलफूलखेती सुरु गरेको छु ।”पाँच सय सुन्तला, एक सय कागती, दुई सय टिमुर, ४० वटा ओखर र ३० बोट किबी लगाउनुभएका चोखालले

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ३२६ पटक पढिएको
  • पालिकाले किसानलाई अनुदानको मल बिक्री गर्दै

    काठमाडौं— कोशी प्रदेशमा किसानलाई अनुदानको मल बिक्री गर्न ‘रासायनिक मल अनुदान  निर्देशिका २०८२’ लागू गरिने भएको छ । पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृतसहितको समितिले निर्णय गरेर रासायनिक मल वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताए।  कोशी प्रदेशको १४ जिल्ला र मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दातका रुपमा रहेको डिएपी, युरिया, पोटास र कृषि चुन गरी कुल १५ हजार ९२१ मेट्रिक टन बिक्री  गर्न लागिएको हो । जसमा डिएपी एक हजार ८२९ मेट्रिक टन, युरिया १० हजार ८४२ मेट्रिक टन, पोटास तीन हजार ९१ मेट्रिक टन र कृषि चुन १५९ मेटिक

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ४५० पटक पढिएको
  • कृषि तथा पशुपालन गर्ने कृषकलाई ४० प्रतिशत प्रोत्सान दिने

    काठमाडौं— सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपालन गर्ने कृषकलाई प्रोत्सान गर्ने भएको छ । न्यूनतम २ करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो ।कृषिको सौलियत लोनलाई पनि वास्ताबीक कृषसम्म पुर्याने लक्ष्य राखेको छ । कृषि उत्पादनलाई प्रोत्सान गर्ने भएको छ भने पशुको डाक्टरलाई पनि कृषकसँग जोडिने भएको छ ।आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ३८२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.