ढोरपाटन। वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ । सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन् ।सिकार आरक्षले आर्थिक वर्ष २०७९÷८० मा २४ लाख ९२ हजार, २०८०÷८१ मा १२ लाख र २०८१÷०८२ मा रु एक लाख ७० हजार किसानलाई राहत उपलब्ध गराएको हो । चालु आवमा भने उपलब्ध नगराएको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । “सिकार आरक्ष क्षेत्र आसपासमा
राँझा (बाँके)। धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहनुभएको छ । उहाँले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाउनुभएको छैन, बरु समयलाई उत्पादक काममा लगाउनुभएको छ । त्यसबापत उहाँले राम्रो आम्दानीसमेत गरिरहनुभएको छ । खत्री विगत चार वर्षदेखि मौरीपालनमा रमाइरहनुभएको छ ।२५ घारबाट सुरु गरिएको उहाँको व्यावसायिक यात्राले हाल उहाँलाई अवकाशप्राप्त सेना होइन, एउटा सफल व्यवसायीक पहिचान दिएको छ । पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब
मुस्ताङ— हिमाली जिल्ला मुस्ताङको लोमानथाङ गाउँपालिका र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा २८ कृषकका जम्मा १०५ वटा पशुधन क्षति भएको छ ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमानथाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार क्षति भएका पशुधनमध्ये १६ वटा घोडा, २१ वटा भेडा र ५ वटा याक रहेका छन् ।यी पशुधनमा हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट क्षति पुगेको हो । पौडेलका अनुसार प्रभावित २८ घरधुरी कृषकलाई पशुधन क्षति बापत जम्मा १५ लाख रुपैयाँ राहत रकम सम्बन्धित व्यक्तिको खातामा दाखिला गरिएको छ ।
सर्लाही— सर्लाहीको गोडैता नगरपालिका – ४, रोहुवास्थित उखुबालीमा भएको भीषण आगलागीबाट पीडित किसानलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।आगलागीबाट ठूलो क्षति भएपछि सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा स्थानीय किसानले नेपाल सरकार र मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।काठमाडौंमा बसोबास गर्दै आएका सर्लाहीका सामाजिक अभियन्ता नितेश राउतले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै आगलागीबाट पीडित किसानलाई तुरुन्त राहत दिन माग गरेका हुन्।ज्ञापनपत्रमा पीडित किसानलाई आर्थिक सहायता उपलब्ध गराउनुपर्ने, बीउ, मल तथा कृषि उपकरणसहित आपतकालीन कृषि प्य
रौतहट— रौतहटमा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज (चिनी मिल) ले यस बर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।गत वर्ष पौने १३ लाख क्विन्टल उखु क्रसिङ गरेको यो मिलले यस वर्ष १८ देखि २० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य राखेको हो ।दैनिक २० हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेकोमा यस वर्ष त्यसलाई बढाएर २५ हजार क्विन्टल पु¥याइएकाले लक्ष्य अनुसार उखु क्रसिङ हुने मिल संचालक बैजु प्रसाद बाबराले बताए । उनका अनुसार डोंगाको पूजा गरिसकेकाले अबको एक हप्तापछि मिलबाट उखु क्रसिङ हुनेछ ।कटहरिया नगरपालिका–८ डुमरियामा सञ्चालित सो उद्योगमा रौतहट सहित छिमेकी जिल्लाका किसानले पनि उखु
सर्लाही— सर्लाहीको उखु खेतीमा भीषण आगलागी भएको छ । जिल्लाको गोडैता नगरपालिका – ४, रोहुवा सोमबार दिउँसो उखुबालीमा भीषण आगलागी भएको हो।आगलागीबाट करिव ५० बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको नगर प्रमुख देबेन्द्र यादवले बताए । प्रारम्भिक अनुमान अनुसार यस आगलागीबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागी विद्युतको तार सर्ट भएर भएको थियो। स्थानीय किसान मुना चौँधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली जलेर नष्ट भएको हो।आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। नगर प्रमु
काठमाडौं— नारायण चौरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा राखिएका परिकारमा महानगरबासीको रुचि देखियो ।३१ औँ महानगर दिवसको अवसर पारेर महानगरपालिकाले खाद्य सेवालाई गुणस्तरीयता बढाउन सहभागिता र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको मेलामा यस्तो अवस्था देखिएको हो । मेलामा ४९ वटा खानाका स्टल थिए ।मेलामा नेवारी परिकारहरु चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार, मस्यौरा छोयला जस्ता परिकारहरू राखिएका थिए । यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्यु
खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ । ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदामखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको यो नगरपालिकाले किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको हो ।न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “हाम्रो नगरपालिकामा यो वर्ष तीन हजार १२८ मुरी बदाम उत्पादन भएको छ । बदामखेतीलाई प्रवर्द्धन गर्न किसानलाई प्रोत्सा
भजनी (कैलाली)। परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आउनुभएका उहाँबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न हुनुभएको छ । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउनुहुन्छ । “सुरुमा सीमित व्यक्ति मौरीपालनमा थियौँ । अहिले दाङमा मात्र चार–पाँच सय जना पुगिसक्नुभए
भोजपुर। यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताउनुभयो । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आउनुभएका रा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.