कृषि

    Showing ५४१-५५० of ६०६ items.
  • सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव

    डुम्रे (तनहुँ) । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विक बताउँछन् ।उनले भने, ‘दुई÷तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के भयोभयो, फल नै लाग्दैन, सुन्तलाको बोटमा विभिन्न रोग देखापर्ने समस्या आएको छ ।’ आम्दानीको स्रोत यही भएका हामीजस्ता किसान मारमा परेका उनले उल्लेख गरे ।‘पहिले समयमा आकाशे पानी पथ्र्यो, अहिले सुन्तलाले फूल खेल्ने बेलासम्म पनि

    • प्रकाशित मितिः माघ १५, २०८१
    • २४१ पटक पढिएको
  • कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ

    बनियानी (झापा) । जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।बीउ वितरक फार्म (एग्रो)का प्रमुख मानप्रकाश सङ्ग्रौलाले दुई हजार चार सय किलो धानको बीउ छुटमा वितरण गरिएको बताए । हल्दिनाथ–१ धानको बीउ स्थानीय मौसम र माटोको अनुकूल भएकाले कृषकले उत्पादन वृद्धि गर्नसक्ने उनको भनाइ छ । ‘उन्नत जातको बीउ उपलब्ध गराएर कृषकलाई उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्दै आएका छौँ’, उनले भने, ‘यसबाट कृषकले राहत पाउनुका साथै कृषि कर्ममा लाग्न सहयोग पुग्ने

    • प्रकाशित मितिः माघ १५, २०८१
    • २२६ पटक पढिएको
  • बाँदरले बाली सखाप गर्न थालेपछि किसान चिन्तित

    कञ्चनपुर । बाँदरले खेतबारीमा लगाएको तरकारी बाली खान थालेपछि शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान चिन्तित भएका छन् । बाँदर धपाउन स्थानीय किसानले दिनभर खेतबारीमा पहरा दिएपनि रातिको समयमा बाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका हुन् ।बेलडाँडी क्षेत्रका अधिकांश किसानले तरकारीखेती गर्दै आएका छन् । ‘दिनमा खेतबारीमा बसेर बाँदर धपाउँदै आएका छौँ’, स्थानीय वीरबहादुर चौधरीले भने, ‘दिउँसो बारीमा पस्न नपाएका बाँदर राति लगाइएको सबै तरकारी बाली खाएर सखाप पार्न थालेका छन् ।’बाँदरले मूला, आलु, सिमी, काउली, गोलभेँडा, मटरलगायत तरकारीमा बढी क्षति पु¥याएको उनले बताए । दुई कट्ठा जग्गाको तरकारी बाँदरले खाएको उ

    • प्रकाशित मितिः माघ १५, २०८१
    • २९५ पटक पढिएको
  • बेनीका किसानलाई उत्पादनमा आधारित अनुदान

    म्याग्दी । जिल्लाको बेनी नगरपालिकाले पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान दिन थालेको छ । सुरुमा अनुदान दिँदा कृषकहरू व्यावसायिक बन्न नसकेपछि उत्पादन गरेपछि प्रोत्साहन पाउने नीति लिएको हो । गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रमलाई नगरपालिकाले चालु आवमा पनि निरन्तरता दिएको छ । कृषकहरूलाई मासु र दूधमा आत्मनिर्भर बनाउन सञ्चालित उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई चालु आवमा पनि निरन्तरता दिइएको नगरप्रमुख सुरत केसीले बताए ।उनका अनुसार चालु आवमा न्यूनतम १० वटा माउ बाख्रापालक कृषकलाई प्रोत्साहनका लागि रु सात लाख ५० हजार, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु पाँच लाख ५०

    • प्रकाशित मितिः माघ १५, २०८१
    • १७८ पटक पढिएको
  • बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद

    वीरगञ्ज (पर्सा) । वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ । कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो । कम्पनीले यो हिउँदमा ३२ हजार क्वीन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ । हालसम्ममा जिरामसिनो धान भने कृषकले बिक्रीका लागि ल्याएका छैनन् । कम्पनीका सूचना अधिकारी समीर दाहालले अपेक्षाकृत रुपमा किसानहरु धान बिक्री गर्न नआएको बताए । ‘‘किसानले अपेक्षा गरेभन्दा कम धान बिक्रीमा ल्याउनुभएको छ’, उनले भने, ‘उहाँहरुले फाट्टाफुट दुई–तीन दिनमा एक गाडी धान लिएर आइरह

    • प्रकाशित मितिः माघ १४, २०८१
    • २५७ पटक पढिएको
  • सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

    म्याग्दी (बेनी) । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहेका छन् । उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन् ।बाह्र वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोप्नुभएका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए । ‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ, तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ’, मगरले भने ।केही वर्ष अघिसम्म दोसल्लेका

    • प्रकाशित मितिः माघ १४, २०८१
    • २३८ पटक पढिएको
  • सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा

    झापा । शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र मातहतको उक्त फार्मले अतिक्रमण हटाउन बर्सेनि विभिन्न सरोकारवाला निकाय गुहार्दै आएको जनाएको छ ।फार्मका कार्यालय प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत विनोदकुमार मण्डलका अनुसार सङ्घीय सरकार मातहत रहेर खाद्यान्न, दलहन तथा तेलहन बालीको स्रोत बीउ उत्पादन गर्दै आएको फार्मको ५२ हेक्टर (८४ बिघा) जग्गा रहेको विसं २०५

    • प्रकाशित मितिः माघ १४, २०८१
    • २६० पटक पढिएको
  • ग्रामीण कृषिः लिफ्ट सिँचाइले फेरियो मेटेराको मुहार

    दाङ । तुलसीपुर उपमहानगरपालिका– १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन् । उनले तोरी, चना, केराउ खेतीबाट प्रशस्त आम्दानी गरेका छन् । लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन् ।‘पहिले नौ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो’, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उनले भने ।उनले पाँच बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चनाखेती गर्नु भएको छ । उहाँ बेमौसमी सागसब्जी लगाउने योजनामा छन् । कृषि उपज बेचेर बितेको याममा आफूले रु पाँच लाख बचत गरेको उनले बताए । उनी क

    • प्रकाशित मितिः माघ १४, २०८१
    • २९६ पटक पढिएको
  • जैमिनी नगरपालिकाले सञ्चालन गर्‍याे निःशुल्क किसान फोन सेवा

    ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको छ । व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो । माघ पहिलो सातादेखि यो सेवा सुरु गरेपछि किसान लाभान्वित हुँदै गएको नगरपालिकाका पशु शाखा प्रमुख डा अच्युत आचार्यले जानकारी दिए । किसानले बालीनाली र पशुचौपायामा समस्या देखिए तत्काल फोन गरेर प्राविधिक सेवा लिन सकिने उनको भनाइ छ । किसानले पशु तथा कृषिसम्बन्धी जानकारी लिनुपरे पैसा नलाग्ने नम्बर १८१०–५०००–११६ मा फोन गर्न सक्नेछन् ।आचार्यले भ

    • प्रकाशित मितिः माघ १३, २०८१
    • २६१ पटक पढिएको
  • यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

    काठमाडौँ । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आइतबारकोे लागि तरकारी र फलफूलको भाउतोकेको छ ।आइतबार गोलभेँडाठूलो न्यूनतममूल्य ६० रुपैयाँप्रतिकिलोमा बिक्रीभइरहेको छ ।यसैगरी सानो गोलभँेडालोकल २०, रातो आलु ३६,सुकेको प्याज ६८, गाजर २०, बन्दालोकल १०, बन्दा तराई १०, बन्दानरिवल १०, स्थानीयकाउली १०, स्थानीयकाउलीज्यापु १५, तराई काउली १०, सेतो मुला १०, लाम्चो भान्टा ३०, डल्लो भान्टा ४०, मटरकोशा ४०, घिउसिमी ५०, टाटे सिमी ४०, तिते करेला ९०, लौका ५० र परवर ९० रुपैयाँप्रतिकिलो बिक्रीभएको छ ।यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०

    • प्रकाशित मितिः माघ १३, २०८१
    • २४० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.