खेलकुद

    Showing 871-880 of 1,599 items.
  • एसिया कपमा आज नेपाल पाकिस्तानसँग खेल्ने

    काठमाडौं–एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज  नेपाल र पाकिस्तान खेल्ने भएका छन् । श्रीलङ्काको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७:१५ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान भने यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको हो । पनि पाकिस्तान पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्दैछ भने नेपाल लगातार दोश्रो जित निकाल्ने दाउमा छ । सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो, जुन खेल पाकिस्तानले जितेको थियो । 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 396 पटक पढिएको
  • महिला एसिया कप : सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालको विजयी सुरुवात

    काठमाडौँ- सम्झना खड्काको सानदार ब्याटिङसँगै उत्कृष्ट फिनिसिङले नेपालले महिला एसिया कपमा विजयी सुरुवात गरेको छ। ओपनर खड्काले ४५ बलमा ११ चौकाको मद्दतमा ७२ जोडेसँगै यूएईमाथि नेपालले विजयी गरेको हो। श्रीलंकामा भएको उद्घाटन खेलमा टस हारेर सुरुवाती ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। नेपालले सोही लक्ष्य १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो। नेपालका लागि अन्य ब्याटरले भने खास खुलेर खेल्न सकेनन्।  पूर्वकप्तान रुबिना क्षेत्री १० रनमा आउट हुँदा ओपनर सीता राना मगर ७, कप्तान इन्दु बर्मा ६ बनाउँदा पूजा महतो ७ रनमा अविजित रहेर खड्कालाई साथ दिएकी थिइन्। यूएईका लागि क

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 341 पटक पढिएको
  • इन्दुको घातक बलिङले ११५ रनमा समेटियो यूएई

    काठमाडौँ- नेपाली महिला टिमकी कप्तान इन्दु बर्माले घातक बलिङ गर्दा महिला एसिया कपको उद्घाटन खेलमा यूएई सस्तैमा समेटिएको छ। बर्माले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिँदा यूएईले ८ विकेट गुमाएर ११६ रन लक्ष्य प्रस्तुत गरेको हो। श्रीलंकामा सुरु भएको महिला एसिया कपको उद्घाटन खेलमा टस जितेर नेपालले यूएईविरुद्ध सुरुवाती बलिङ गरेको थियो। बर्माका अतिरिक्त नेपालका लागि सब्नम राई र क्रितिका मरासइनीले समान १-१ विकेट लिएका थिए। युएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भए। खेलको दोस्रो इनिङस केही बेरमा हुँदैछ।

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 408 पटक पढिएको
  • काभा २० वर्षमुनिको महिला भलिबलमा आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं— काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।नेपाली महिला उमेर समूहको टिमले पहिलो पटक काभाको उमेर समूहको प्रतियोगिता खेल्न लागेको हो । जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले बुधबार सामान्य प्रशिक्षण गरेको थियो ।कप्तान जेनिशाले पहिलो खेल खेल्न उत्साहित रहेको बताइन् । ‘हामी प्रतियोगिताको लागि तयार छौं । श्रीलंकासँगको पहिलो खेलमा राम्रो नतिजासिपत प्रतियोगिता सुरु गर्न चाहन्छौं’, उनले भनिन् ।यस्तै मुख्य प्रशिक्षक कुमार राई पहिलो खेल महत्वपूर्ण हुने भएकोले त्यसमा केन्द्रित हुने बताए ।

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 404 पटक पढिएको
  • ९ नम्बर जर्सीमा रियलमा देखिनेछन् एम्बाप्पे

    काठमाडौँ- स्पेनिस क्लव रियल मड्रिडले स्टार खेलाडी केलियन एम्बाप्पेलाई सार्वजनिक गरेको छ।  मंगलबार सान्टियागो बर्नबाउमा आयोजित विशेष कार्यक्रममा उपस्थित हजारौँ क्लबका समर्थकमाझ रियल मड्रिडले एम्बाप्पेलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। एम्बाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फ्रि ट्रान्सफरमा रियल मड्रिडमा अनुबन्ध भएका हुन्। रियल मड्रिड र एम्बाप्पेबीच पाँच वर्षको सम्झौता भएको छ । सम्झौताअनुसार एम्बाप्पे सन् २०३० सम्म रियल मड्रिडमा रहनेछन्। रियल मड्रिडमा एम्बाप्पेले ९ नम्बरको जर्सी लगाउनेछन्। यसअघि ९ नम्बर जर्सी क्लबमा सुरुमा भित्रिँदा क्रिस्टियानो रोनाल्डीले पन

    • प्रकाशित मितिः साउन १, २०८१
    • 347 पटक पढिएको
  • फाइनलमा होरेपछि इङल्याण्डको कप्तानले दिए राजीनामा

    काठमाडौं–  इङल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । हालै सम्पन्न युरोकपमा फाइनलमा पुगेर पराजित भएपछि साउथगेटले राजीनामा दिएका हुन्। उनको नेतृत्वमा इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेर पराजित भएको थियो । २०१६ को सेप्टेम्बर २७ देखि इङल्याण्डको प्रशिक्षक बनेका साउथगेटको नेतृत्वमा इङल्याण्डले कुल १०२ खेल खेलेको थियो । जसमा ६१ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको थियो । त्यस्तै १७ खेलमा हार बेहोरेको थियो। ५३ बर्षिय साउथगेटको इङल्याण्डको प्रशिक्षकको रुपमा आगामी डिसेम्बरसम्म सम्झौता रहेको थियो । तर युरोकपको फाइनलमा हारपछि उ

    • प्रकाशित मितिः साउन १, २०८१
    • 361 पटक पढिएको
  • कोपा अमेरिका: संघर्षपूर्ण खेलमा अर्जेन्टिनाको जित

    काठमाडौं— कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले उचालेको छ । फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो ।निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन्।अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए ।अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो ।अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरि

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 454 पटक पढिएको
  • फाइनल खेलमा घाइते भएर बाहिरिए मेस्सी

    काठमाडौं— कोपा अमेरिको फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी खेलको ६५ मिनेटमा मैदानबाट बाहिरिएका छन्। पहिलो हाफमा घाइते भए पनि मैदानमै रहेका मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका हुन्।कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्। खेलको ६५ मिनेटसम्म खेल गोलरहित बराबरीमा जारी छ।अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो।अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। पहिलो पटक

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 651 पटक पढिएको
  • कोपा अमेरिकाको फाइनल खेलमा तनाव, खेल केहीबेरलाई पछि सारियो

    काठमाडौं— कोपा अमेरिकाको फाइनल खेल निर्धारित समयमा सुरु हुन सकेको छैन । खेल समर्थकको अत्याधिक भिड लागेपछि आयोजकले खेल समय केही सारेका छन्। आयोजकका अनुसार टिकट नै नलिएका दर्शकको भिड रंगशालामा बढेपछि व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।हेर्नुहोस् तस्बिर

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 557 पटक पढिएको
  • स्पेन युरोकपको च्याम्पियन, इंग्ल्याण्ड २-१ ले पराजित

    काठमाडौं— इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ ।स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । उता इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो । तर अघिल्लो संस्करणमा इटालीले स्तब्ध बनाएको इङ्लिस टोलीलाई यस यसपटक स्पेनले रूवायो।स्पेनले पाँचौँपटक फाइनल खेल्दा चौथोपटक उपाधि उचाल्यो। इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पराजित भयो ।स्पेनलाई जिताउन खेलको ४७ मिनेटमा निको वि

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 447 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.