खेलकुद

    Showing 871-880 of 1,313 items.
  • एसीसी महिला टी–२० च्याम्पियनसिपमा भुटान नेपालसँग ५० रनले पराजित

    झापा / एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको बांगीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभरमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले भुटानलाई ५० रनले हराएको हो ।  नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाएकी थिइन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन बनाइन् । अन्य ब्याट्सवुमेनले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।भुटानका लागि सोनामले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएकी थिइन् । त्यस्तै अन्जु गुरुङ र टासी चेकीले १/१ विकेट लिए ।९५ रनको लक्ष्य पाएको भुटान भने ४४ रनमै समेटियो । भुटान

    • प्रकाशित मितिः असार ३, २०७९
    • 152 पटक पढिएको
  • आइसिसी विश्वकप लिग–२ : अमेरिकासँग नेपाल ३९ रनले पराजित

    काठमाडौँ / आइसिसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो।अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन सक्यो।अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो।आइसिसी विश्वकप लिग –२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अंक जोडेको छ। नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 234 पटक पढिएको
  • कोस्टारिकाको जितसँगै विश्वकपमा सहभागि ३२ टोलीको नाम टुंगो लाग्यो

    एजेन्सी / यसै वर्ष कतारमा हुने विश्वकप फुटबल २०२२ खेल्ने सम्पूर्ण टोलीको टुंगो लागेको छ । न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका फिफा विश्वकप फुटबल –२०२२ मा छनोट भएपछि सबै देशको टुंगो लागेको हो ।अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति न्युजिल्यान्डलाई १–० गोल अन्तरमा हराउँदै कोस्टारिका छैठौं पटक विश्वकपमा छनोट भएको हो । कतारको दोहास्थित ऐमद बिन अली रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले निर्णायक गोल गरे । ६९ औं मिनेटमा कोस्टा बारबारौसेस रातो कार्ड पाउँदै बाहिरिएपछि न्युजिल्यान्ड १० खेलाडीमा समेटियो । त्यसपछि न्युजिल्यान्डको खेलमा फर्कन सकेन ।कोस्ट

    • प्रकाशित मितिः असार १, २०७९
    • 230 पटक पढिएको
  • आईसीसी विश्वकप लिग–२ : नेपाल ओमानसँग १३ रनले पराजित

    काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमनसँग पराजित भएको छ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।ओमानले दिएको २ सय १२ रनको लक्ष्य विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९८ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाए भने देव खनालले ३४, रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए ।  विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र नेपाली सिनियर टोलीका डेब्यु गरेका सुनिल धमलाले १२ तथा करण केसीले ८ रन जोडे ।  यस ह

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 119 पटक पढिएको
  • यू–१९ महिला टी–ट्वान्टी छनोटको अन्तिम खेलमा मलेसियामाथि नेपालको जीत

    काठमाडौँ / आईसीसी १९ वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसिया विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जीत हासिल गरेको छ । मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा बिहीवार भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो । नेपाल छनोटमा ६ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो ।  नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्सँग (यूएई) १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो भने चौथो खेलमा नेपाल थाइल्याण्डसँ

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 153 पटक पढिएको
  • एमबाप्पे बने विश्वकै सबैभन्दा मूल्यवान खेलाडी

    एजेन्सी / कायलियन एमबाप्पे, भिनिसियस जुनियर र अर्लिङ हालान्ड विश्वकै सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । अनुसन्धान समूह सीआईईएस फुटबल अब्जर्भेटरीका अनुसार एमबाप्पे, जुनियर र हालान्ड विश्वकै सबैभन्दा मूल्यवान खेलाडी हुन् । बीबीसीले जनाए अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका २३ वर्षीय खेलाडी एमबाप्पे भने सो सूचीको शीर्ष स्थानमा रहेका छन् । उनको ट्रान्सफर भ्यालु १७५.७ मिलियन पाउण्ड रहेको छ । यता रियल म्याड्रिडका ब्राजिलियन विंगर जुनियरको भ्यालु १५८.३ मिलियन पाउण्ड तथा नर्वेका स्ट्राइकर तथा म्यानचेस्टर सिटीमा आवद्ध हुन लागेका हालान्डको भ्यालु १३०.४ मिलियन पाउण्ड रहेको छ । 

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 123 पटक पढिएको
  • मानेले सेनेगलका लागि ३२ गोल गर्दै कीर्तिमान कायम गरे

    एजेन्सी / फरवार्ड सादियो माने सेनेगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । अफ्रिका कप अफ नेसन्सको छनोटअन्तर्गत बेनिनविरुद्ध ह्याट्रिक पूरा गर्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुन् ।२९ वर्षीय मानेले राष्ट्रका लागि ९० खेलमा ३२ गोल पूरा गर्दै यो कीर्तिमान कायम गरे । योसँगै उनले हेनरी कामराको नाममा रहेको २९ गोलको कीर्तिमान तोडेका हुन् ।इंग्लिस क्लब लिभरपुलबाट व्यावसायिक फुटबल खेल्दै आएका मानेले सन् २०१२ मा सेनेगलका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 122 पटक पढिएको
  • यू–१९ महिला विश्वकप छनोट : नेपालले युएईसँग खेल्दै

    काठमाडौँ / आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।मलेसियाको यूकेएम ओभलमा नेपालले दोस्रो खेलमा युएईको सामना गर्न लागेको हो । नेपाल र युएईबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 127 पटक पढिएको
  • यु–१९ महिला विश्वकप छनोटमा कतारलाई हराउँदै नेपालको विजयी सुरुवात

    काठमाडौँ  / आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अङ्क जोडेको हो ।नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो ।६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 122 पटक पढिएको
  • युइएफए नेसन्स कपमा पोल्यान्डको विजयी सुरुवात

    एजेन्सी  / युइएफए नेसन्स कपमा पोल्यान्डले वेल्सलाई २–१ अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । खेलमा ५२ औं मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता लिएको थियो । तर, ७२ औं मिनेटमा जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए ।यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा करोल स्विडरस्कीले निर्णायक गोल गर्दै पोल्यान्डको जित निश्चित गरे । जितसँगै तीन अंक जोडेको पोल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा पोल्यान्ड र वेल्ससँगै वेल्जियम र नेदरल्यान्ड्स छन् ।

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 119 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा