खेलकुद

    Showing 781-790 of 1,464 items.
  • पानीले प्रभावित खेलमा दक्षिण अफ्रिका विजयी

    काठमाडौं— वर्षाले प्रभावित खेलमा डकवर्थ लुइसका आधारमा वेष्ट इन्डिजलाई पछि पार्दौ दक्षिण अफ्रिका आइसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।सुपर एटको अन्तिम खेलमा वेष्ट इन्डिजलाई तीन विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरेको हो।टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो।मध्यम लक्ष्य पछ्याउने क्रममा वर्षाले केहीबेर खेल प्रभावित भएपछि दक्षिण अफ्रिकाले १७ ओभरमा एक सय २३ रनको नयाँ लक्ष्य पाएको थियो। सो लक्ष्य दक्षिण अफ्रिकाले पाँच बल बाँकी छँदै पूरा गर्‍यो। दक्ष

    • प्रकाशित मितिः असार १०, २०८१
    • 369 पटक पढिएको
  • के अस्ट्रेलिया टी-२० विश्वकपबाट बाहिरिन लागेको हो?

    काठमाडौं- आईसीसी टी-२० को सुपर ८ को खेलमा अफगानिस्तानसँग अस्ट्रेलिया पराजित बनेसँगै अनेक टिप्पणी भइरहेका छन्। उपाधि दाबेदार मानिएको अस्ट्रेलिया कमजोर मानिने अफगानिस्तानसँग फराकिलो रनले पराजित बन्यो। हारसँगै अस्ट्रेलिया अब टी २० विश्वकपबाट बाहिरिन्छ भन्ने प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।हालसम्मका कुनै प्रतियोगितामा (टी-२० र एक दिवसीय) अस्ट्रेलिया अफगानिस्तानसँग पराजित बनेको थिएन। यस्तै टी २० विश्वकप २०२४ को समेत समूह चरणदेखि हालसम्म अस्ट्रेलिया अपराजित टिम थियो। यो हारसँगै अस्ट्रेलियाको अपराजित यात्रामा ब्रेक लागेको छ। तर अफगानिस्तानसँगको हारले भने अस्ट्रेलियालाई दबाब बढाएको छ। अस्ट

    • प्रकाशित मितिः असार ९, २०८१
    • 465 पटक पढिएको
  • नेपालका तीन खेलाडीले क्यानाडाको टी-२० लिग खेल्ने

    काठमाडौं  ।  तीन नेपाली क्रिकेटरले क्यानाडाको टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानाडा क्रिकेट लिग खेल्ने भएका हुन् ।ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् । नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानाडामा लिग खेलिसकेका छन् । ऐरी यूएईको आईएल टी-२० लिगमा पनि रिटेन भएका छन् ।

    • प्रकाशित मितिः असार ८, २०८१
    • 610 पटक पढिएको
  • अमेरिका वेष्ट इन्डिजसँग ९ विकेटले पराजित

    काठमाडौं  ।   टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।अमेरिकाले दिएको १२९ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले एक विकेटको क्षतिमा १०.५ ओभरमै पूरा गरेको हो ।सहज जित निकाल्ने क्रममा वेस्ट इन्डिजका ओपनर शाही होपले ३९ बलमा ८ छक्का र ४ चौका मद्दतमा ८२ रनको अविजित इनिङ खेले ।अर्का ओपनर जोनसन चार्ल्स १५ रनमा आउट हुँदा निकोलस पुनर घ छक्का र एक चौकासहित २७ रनमा अविजित रहे ।अमेरिकाका हरमीत सिंहले एक विकेट लिए । यसअघि ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा १२८ रनमा अलआउट भएको थयो । अमेरिकाका एन्ड्रिस

    • प्रकाशित मितिः असार ८, २०८१
    • 381 पटक पढिएको
  • नेपाल बंगलादेशसंग पराजय, गुमायो ऐतिहासिक मौका

    काठमाण्डौ । टी–२० विश्वकपमा समुह डी को अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ ।यससँगै बंगलादेश सुपर आठमा पुगेको छ ।बंगलादेश सामु नेपालले हार बेहोरेको हो ।बंगलादेशले दिएको १०७ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन । बलिङ राम्रो गरेको नेपाल ब्याटिङमा भने चम्कन नसक्दा बंगलादेशसामु २१ रनले हारेको हो। १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका

    • प्रकाशित मितिः असार ३, २०८१
    • 439 पटक पढिएको
  • टी–२० विश्वकप : बंगलादेश १०६ रनमा अलआउट, सन्दीपको १०० विकेट, बन्यो कीर्तिमान

    काठमाण्डौ । बंगलादेश १०६ रनमा अलआउट भएको छ। बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ। जारी टी-२० विश्वकपको समूह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो।बंगलादेशका लागि शकिब अल हसनले सर्बाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए। त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए।त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए। बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए।सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छ

    • प्रकाशित मितिः असार ३, २०८१
    • 581 पटक पढिएको
  • टी-२० विश्वकप : नेपालले बंगलादेशसँग खेल्दै

    काठमाण्डौ  ।  नेपालले जारी आसीसी टी-२० विश्वकप अन्तर्गत अन्तिम खेल आज बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।

    • प्रकाशित मितिः असार २, २०८१
    • 422 पटक पढिएको
  • टि-२० विश्वकप खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

    काठमाण्डौ । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले इतिहास रच्नबाट चुक्दै स्तब्ध बनेको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थिय

    • प्रकाशित मितिः असार १, २०८१
    • 740 पटक पढिएको
  • दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, रोकियो ११५ रनमा साउथ अफ्रिका

    काठमाण्डौ  ।  आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष पाएको छ। शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाउन सक्यो।दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। यसक्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे। कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे। क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हाने।नेपालका लागि कुशल भुर्तेलले पनि ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सन्दीप लामिछ

    • प्रकाशित मितिः असार १, २०८१
    • 692 पटक पढिएको
  • आइसिसी टी-२० विश्वकप वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

    काठमाण्डौ। आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्।लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै रहेको छ। अब बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा पुगेका हजारौं दर्शक मौसमले खेल रद्द हुँदा खिन्न बनेर फर्किन बाध्य बनेका छन्। केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला आइपुगेका थिए।

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • 398 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.