काठमाडौं— आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी छनोट भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपको एसिया छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई छनोट गरेको हो । युवा महिला टोलीले दाङको लमही क्रिकेट मैदानमा तयारी गरिरहेको छ ।

OM Sai Pathibhara Hospital

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोट यूएईमा हुँदैछ । तालिकाअनुसार नेपालले पहिलो खेलमा कात्तिक २१ गते थाइल्यान्डसँग, कात्तिक २२ गते कुवेतसँग, कात्तिक २४ गते यूएईसँग, कात्तिक २५ गते फेरि थाइल्यान्डसँग, कात्तिक २७ गते कुवतेसँग र कात्तिक २८ गते यूएईसँग खेल्नेछ । 

४ वटा टोली सहभागी रहने छनोट प्रतियोगिताका शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन् ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।