काठमाडौं— काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपको उपाधिको लागि आज नेपाल र उज्बेकिस्तान खेल्दैछन् । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र उज्बेकिस्तानको फाइनल खेल नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे शुरु हुँदैछ । हिजोको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।

तुर्कमेनिस्तानसँग समान अङ्क भए पनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो । उज्वेकिस्तान समूह चरणका सबै पाँच खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो । 

OM Sai Pathibhara Hospital

नेपाल प्रतियोगिताको लिग चरणमा उज्वेकिस्तान र कीर्गिस्तानसँग पराजित भएको थियो भने माल्दिभ्स, श्रीलङ्का र तुर्कमेनिस्तानलाई हराएको हो । 

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, कीर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी छ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरेका हुन् ।